Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • शङ्खरापुरमा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा
शङ्खरापुरमा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ८, २०७९
RPP Mayor Ramesh Napit

काठमाडौ । शङ्खरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ ।

नगरप्रमुख रमेश नापितले वडा नम्बर १ छाप भञ्ज्याङमा उक्त कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको सिन्धुपाल्चोक जिल्लासँग सीमा यस स्थानको घरदैलोमै आएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएकोे जानकारी गराएको हो ।

उनले भने, “बृद्ध हुनुभएका बुबाआमा जसलाई उपचारका लागि समस्या परिरहेको छ, उहाँहरुका लागि आज हामीले निःशुल्क उपचार सुरु गरेका छौँ, उहाँहरुको स्वास्थ्यमा यहाँ उपचार नहुने समस्या देखिएमा शङ्खरापुर नगर अस्पताल वा सुष्मा कोइराला मेमोरियल अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ, नगरवासीमा रोग नै नलागोस् र लागेको छ भने त्यसको उपचारका लागि घरदैलो सेवा सुरु गरेका हौँ, निःशुल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना पनि हो, हामी निर्वाचित भएर आइसकेपछि निःशुल्क स्वास्थ्य सेवा दिने काम सुरु गरेका छौँ।”

आर्थिकरुपमा नगरपालिका कमजोर रहे पनि मन बलियो बनाएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको र  नगरवासीलाई स्वास्थ्य जस्तै शिक्षा क्षेत्र, भौतिक पूर्वाधार विकास र स्वस्छ खानेपानी दिनका लागि प्रयत्नशील भएर लागिपरेको नगरप्रमुख नापितले जानकारी दिए।

नगर उपप्रमुख समिता श्रेष्ठले जनताको स्वास्थ्य अवस्था सुधार गर्नका लागि कार्यपालिका बैठकबाट नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अघि बढाइएको उल्लेख गरे।

यस कार्यक्रमबाट जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्छ भनेर सुरु गरेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरी पूर्णरुपमा शङ्खरापुर नगरपालिकाको विकास गर्न नसकिने उल्लेख गरे। उप प्रमुख श्रेष्ठले सुष्मा कोइराला अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिनेगरी सम्झौता भएको जानकारी गराए।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले यो कार्यक्रम शङ्खरापुर नगरवासीका लागि अत्यन्तै खुसीको विषय भएको बताए।

शङ्खरापुरबासीलाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा दिन सुष्मा कोइराला अस्पतालसँग नगरपालिकाले सम्झौता गरेर ७ प्रकारका सेवा निःशुल्क र ११ वटा स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जनताका लागि भौतिक पूर्वाधारको विकासका साथै मानव विकासको महत्वपूर्ण आयामलाई सँगसँगै लिएर जानुपर्ने बताए।

निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममा दुई चिकित्सक, एक जना नर्स, एकजना ल्याव टेक्निसियन, एक जना फर्मासिष्ट र महिला स्वास्थ्य स्वयंसेविकाले पहिलो दिन ६३ महिला र ३९ पुरुष गरी एक सय एकजनको उपचार गरिएको थियो।

यो कार्यक्रम क्रमिकरुपमा नगरपालिकाका सबै वडामा सञ्चालन गरिने भएको छ  ।
 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ११:५८
##rameshnapit
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्