Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ८, २०७९

काठमाडौ । उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई रु दुई लाख जरिवाना गरेकाे छ।

विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो ।

विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक खाद्य वस्तु बिक्रेतालाई २ लाख जरिवाना गरेकाे हाे।

टोलीले मूल्यसूची, फर्म दर्ता प्रमाणपत्र बिक्री स्थलमा नराखेको भन्दै ललितपुरकै लगनखेलस्थित एक औषधि पसललाई रु ५० हजार जरिवाना गरेको छ ।

चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो एक सातामा मात्रै विभागले २ सय ७२ फर्ममाथि अनुगमन गरेको छ ।

गत साउनदेखि हालसम्म ८ सय ४४ फर्मको अनुगमन गरी १ सय ७५ वटा फर्मलाई जरिवाना गरिएको छ ।जरिवानाबाट ३५ लाख ३१ हजार राजश्व उठेको छ । सो अवधिमा २३ लाख ९९ हजार मूल्य बराबरको म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेका अधिकांश फर्मलाई विभागले रु ५ हजार जरिवाना गरेको छ ।

अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल लिइ विभागमा उपस्थित हुन, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ ।

विभागले खाद्य वस्तु, तरकारी फलफूल, मिनि मार्ट, फार्मेसी, माछामासु, सूर्तीजन्य एवं मदिरा, डेरी प्रोडक्ट, तयारी तथा थान कपडा पसल, कस्मेटिक तथा मिठाइ पसलमा अनुगमन गरेको थियो ।

विभागका निर्देशक हरि पङ्गेनी चाडबाड नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ्ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुमगनलाई तीव्र पारिएको बताउछन् ।

बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उनको भनाइ छ। विभागले १० वटा अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ ।

अनुमगनका क्रममा व्यापारीले बिलबिजक देखाउन नसक्ने, खरिद र बिक्री बिल नभएको, सरसफाइमा ध्यान नदिएकोलगायतका अवस्था भेटिएको थियो । विभागले क्षेत्रगत विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको छ ।

सार्वजनिक बिदाका दिन पनि अनुमगनका लागि विभिन्न स्थानमा टोली खटिइएको निर्देशक पङ्गेनीले जानकारी दिए। बजारलाई व्यवस्थित बनाउन केही दिनअघि विभागले काठमाडौँ महानगरसँग पनि छलफल गरेको छ ।स्थानीय तहका उपप्रमुख बजार अनुमगन समितिको अध्यक्ष हुने व्यवस्था छ ।

सरकारले स्वच्छ बजार कायम गर्न प्रभावकारी अनुगमन गर्न नसकेको उपभोक्ता अधिकारवादी सङ्घसंस्थाको भनाइ छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष एवं उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना सरकार जिम्मेवार नहुनु, व्यवसायी इमान्दार नहुनु र उपभोक्ता आफ्नो अधिकारका लागि खबरदारी गर्ने अवस्थामा नआउँदा बजार अराजकतामा गएको बताउछन्।

दसैँ तिहार तथा छठको पूर्वसन्ध्यामा बजार अनुगमन, नियमन, आपूर्ति व्यवस्था, कार्टेलिङ र जम्माखोरी अन्त्यगरी उपभोक्ताको अधिकारलाई संरक्षण र प्रवद्र्धन गर्नका निमित्त सरकारी संयन्त्रले प्रभावकारी काम नगरेको उनको भनाई छ।

“बजारमा विभिन्न बहानामा उपभोक्तामाथि ठगी गर्नेक्रम बढिरहेको छ”, उनले भने, “विभिन्न बहानाबाजीमा उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य कायम भइरहेको छ ।”

सरकारसँग दैनिक उपभोग्य वस्तुको आपूर्ति, खपतको स्पष्ट तथ्याङ्क नहुँदा खाद्यवस्तुको मूल्य निर्धारण व्यापारीको हातमा पुगेको अधिकारकर्मीको भनाइ छ ।

“उपभोक्ताको हकअधिकार संरक्षण सरकारको प्राथमिकतामा परेन”, अधिकारकर्मी तिमिल्सिनाले भने, “उपभोक्ताको अधिकार संरक्षण गर्न स्थापना भएको विभागसँग स्रोतसाधन र जनशक्ति छैन, अहिले उत्साहप्रद बजार छैन।”

संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । तर कुनै स्थानीय सरकारले प्रभावकारीरुपमा बजार अनुमगन र नियमन गरेका छैनन्।

स्थानीय बजार व्यवस्थापन तथा अनुमगन ऐन जारी भए पनि सो ऐन कार्यान्वयन गर्न सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरपालिका मौन रहेको उनको भनाइ छ ।

बजारलाई व्यवस्थित बनाउन स्थानीय सरकार र प्रदेश सरकारबीच पनि उचित समन्वयको अभाव रहेको तिमिल्सिनाको भनाइ छ ।

 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १२:४१
##Marketmonitoring
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आइतबार, चैत ८, २०८२
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक 
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक  बुधबार, चैत ४, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू सोमबार, चैत २, २०८२
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ राजनीतिक नियुक्तिमा विगतको ‘भागबण्डा मोडेल’ विरुद्ध रास्वपा
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
  • नंः ५ पार्टी सभापति रवि लामिछानेको कडा निर्देशन
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्