Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सहरबाट गाउँ जानेको ताँती
सहरबाट गाउँ जानेको ताँती
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज १५, २०७९

‘ती पल्ला घरे लाहुरे दाइले
को कोसेली बाँड्दैछन्
लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै
भित्र र बाहिर गर्दैछिन् !!!’

काठमाडौ । चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दशै‌मा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दशै‌मा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशै‌ ।

अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दशैं घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो। अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दशैं घर फर्किने चाडका रुपमा स्थापित भयो ।

दशैं नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलानबाट लाहुरे दशैंमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ।

दशैं गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दशै‌लाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दशैंमा घर फर्किन्छन् ।

रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दसैँमा गाउँघर भरिभराउ हुन्छन् । यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दशैं स्थापित भएको छ । यस वर्षको दशैं सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दशैंको रौनकता पनि सुरु भइसकेको छ ।

हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दशैंमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर, श्रमिक दशैंमा घर फर्किन्छन् नै । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दशैंलाई नेपालीको प्रमुख चाड पनि हो ।

नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दसैँराष्ट्रिय चाडकैरुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ । यसैले पनि दशैंमा गाउँ फर्किने सङ्ख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दशैंमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन ।

जुम्लाको तिला गाउँपालिका-८ का खगेन्द्र नेपालीले भने, “मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दसैँको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दशैंको बेला रौनक छाउँछ ।”

मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका-८ का नेपालीले आफू दशैं मान्नकै लागि भारतबाट फर्किएको बताए। उनलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उनको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उहाँ मात्रै गाउँ फर्किएको छ ।

बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दशैं मान्न एक्लै घर फर्किएको बताउँदै उनले बताए, “वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ”, उनले भने, “सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।” 

कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउँछन्। उनले दशैंलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भने, “अर्को वर्ष दशैंमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दशैंमा घर फर्किनैपर्छ ।”

रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेसिएकाहरू एकैपटक दसैमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ ।

सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दशैं लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दशैं, तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । 

यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन्। गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दशैं मान्न छर फर्किरहेका छन् । परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।

दशैंमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दशैंमनाएर भारत फर्किहाल्ने बताउँछन्। जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किए ।

उनले गाउँकै चार जना साथीहरू दसैँ मनाउन भारतबाट आएको बताए । “दशैं मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्”, उनले भने, “आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।” दशैं तिहार नजिकिएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ।

परदेशिएका गाउँका युवासँगै पढाइ तथा रोजगारीको लागि घर बाहिर रहेका पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताए । घर बाहिर रहेका गाउँघरमा फर्किएसँगै स्थानीय बजारमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताए।

दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत गएको थियो । उनी पनि अहिले गाउँ फर्किएको छ। चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उनी भारत गएको थियो । “यसपाली खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए”, खत्रीले भने ।

रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दशैं मान्न घर फर्किएको छ। परदेश गएका मात्रै होइन दशैंका लागि तराईबाट पहाड आउने उक्लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ। अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् ।

रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उनले बताए । दशैंका लागि घर फर्कनेहरु लर्को लागेको बताउँछन्, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा । “अहिले अग्रिम टिकट काट्नुपर्ने बाध्यता छ”, उनले भने ।

अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडी सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले भने, “चाडपर्वका समयमा यात्रुहरुको चाप उच्च हुने भएकाले सीट मिलाउनै समस्या छ । जसले गर्दा यात्रुलाई एकदिन अगाडि नै टिकट लिन भनेका छौँ ।”

यतिबेला गाउँ जानेको चापले गाडीको टिकट पाउनै मुस्किल छ । मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा टिकटका लागि पुगेका जुम्लाका शेरबहादुर शाहीले टिकट नै नपाएको गुनासो गरे । दैलेखको डुङ्गेश्वरका डम्मर भण्डारी पनि टिकट नपाएर बसपार्कमा निराश अवस्थामा देखिन्थे ।

यातायात व्यवसायीका अनुसार यात्रुको चाप बढेकाले टिकटमा केही समस्या छ । सुर्खेतबाट कर्णालीका अन्य जिल्लाका लागि छुट्ने गाडीहरूमा एकदिनअगावै टिकट काट्ने गरिएको छ । मध्यपश्चिमाञ्चल यातायात सेवा सुर्खेत प्रालि सचिव नारायण चपाईले जानकारी दिए।

मीठो मसिनो खाने, कमेरोले घर सिंगार्ने (रङ्ग्याउने), शुभकामना आदानप्रदान गर्ने, चङ्गा उडाउने, पिङ खेल्ने, दुर्गा भक्तिपूजा गर्ने, मान्यजनसँग आर्शीवादको टीका थाप्ने आदि दशैंका विशेषता हुन् । तर दशैं विस्तारै फेरिँदै गएको छ। भकारीमा अन्नबाली भित्र्याएसँगै भित्रिने दशैंअहिले तयारी सामान भित्र्याएर शुरु हुन्छ ।

लोप हुँदै गएको दशैंको संस्कृतिसँगै दशैंका बेला आकाशमा चङ्गा उड्न छाडेका छन्, गाउँघरमा रोटे र लिङ्गे पिङ पनि लोप हुँदै जानुलाई सांस्कृतिक विचलनको नाम दिन्छन्, सङ्गीत तथा संस्कृतिकर्मी कुलमान नेपाली । समय परिवर्तनसँगै संरक्षण गर्नुपर्ने संस्कृति भने विस्तारै लोप हुँदै गएको उनको भनाई छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ निवासी नेपाली भन्छन्, “हाम्रो संस्कृतिसँगै दसैको इतिहास नै खतराउन्मुख रहेको छ । हामी यसतर्फ सचेत बनेका छैनौँ । दशैं तथा अन्य नेपाली चाडपर्वका संस्कृतिलाई जोगाउन पुराना परम्परा र चलनहरुको निरन्तरता जरुरी छ ।”

शक्ति र हतियारको पूजा गरी मनाइने दसैँनेपालीहरूको मौलिक चाड भएको उनी बताउँछन् । “दशैं हाम्रो सांस्कृतिक विरासत बोकेको चाड हो”, नेपाली भन्छन्, “हरेक स्थानमा हरेक क्षेत्रमा केही न केही विकृति हुन्छन्, दशैंमा पनि केही विकृतिहरु बढ्दै गएका छन्, यसतर्फ हामी सचेत हुनुपर्छ ।”
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १३:२९
##Dashain
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः   भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः   भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक 
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक  शनिबार, असोज १७, २०८३
रूम नं १९४
रूम नं १९४ शुक्रबार, असोज १६, २०८३
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला शुक्रबार, असोज १६, २०८३
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
  • नंः ५ पासपोर्टमा सरकारको लापरबाही किन ?
विचार
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्