Top Navigation
Main Navigation
बिहीबार, भदौ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राणा र सिलवालबीच ललितपुरमा कडा प्रतिस्पर्धा
राणा र सिलवालबीच ललितपुरमा कडा प्रतिस्पर्धा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, कात्तिक २८, २०७९

ललितपुर । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

विभिन्न दलबाट ११ र १० जना स्वतन्त्र उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राणा र नेकपा एमालेका उम्मेदवार सिलवालबीच नै हुने देखिन्छ ।

राणा र सिलवालबाहेक ललितपुर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा सचिन घिमिरेले उम्मेदवारी दिएको छ ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट विष्णु लामा, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेसनलिष्ट पिपल्स पार्टीबाट सुभद्रा महर्जन, मङ्गोल नेसनल अगर्ननाइजेसनबाट सूर्य तामाङ बल, लोकतान्त्रिक समाजवादीबाट मनिषबहादुर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका तर्फबाट कवीन्द्र डङ्गोल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्दीप आचार्य र जनता समाजवादी पार्टी नेपालबाट गोपालराज राईले उम्मेदवारी दिएको छ ।

Nepal Oil Corporation

राजनीतिक दलबाहेक कृष्णकाजी महर्जन, शैलेन्द्र बिष्ट, गोकुल तिमल्सिना, भूपेन्द्र सिलवाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया गोले, राजकुमार तिमिल्सिना, सुमन भुम्जन र गोविन्द घिमिरे केसीले स्वतन्त्र उम्मेदवारी दिएको छ।

गोदावरी नगरपालिकाको १ देखि ११ सम्म र वडा नं १३ गरी १२ वटा वडा, बागमती, महाङ्काल, कोन्ज्योसोम गाउँपालिकाको पूरै भेगका १८ वडासमेत गरी ३० वटा वडा रहेको यो क्षेत्रमा ७४ हजार तीन सय ९७ मतदाता रहेका छन् ।

जसअनुसार ३७ हजार २ सय २७ पुरुष, ३७ हजार १ सय ६९ महिला र अन्य १ जना रहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

पुरानै प्रतिस्पर्धी राणा र सिलवाल दुवैले सांसदका रूपमा एक कार्यकालको अनुभव बटुलिसकेको छ । विसं २०७० मा संविधानसभा सदस्यमा यसै क्षेत्रबाट निर्वाचित भएका राणालाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिलवालले पराजित गरेको थियो।

विसं २०७० मा राणाले १८ हजार ५ सय ६० मत ल्याएर जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मधुसूदन पौडेलले १० हजार ६ सय ८२ मतमात्र प्राप्त गरेको थियो ।

नेपाल प्रहरीको आइजिपीको प्रतिस्पर्धामा असफल भएपछि सोही असोजमा डिआइजीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरी राजनीतिमा होमिएका सिलवाल पहिलो प्रयासमै सांसद बन्न सफल भएको थियो । राणा त्यसबेला अर्थ राज्यमन्त्री थिए।

दोस्रो पटक चुनावी प्रतिस्पर्धामा रहेका राणा र सिलवालबीच गत निर्वाचन र अहिलेमा समीकरणमा नै अदलबदल भएको छ । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार सिलवाललाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र) ले यस पटक नेपाली कांग्रेससँग गठबन्धन गरेको छ।

गत निर्वाचनमा सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार राणाले २० हजार ७ सय २९ मत पाएको थियो । विसं २०६५ देखि यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राणा चौथो पटक चुनावी मैदानमा उत्रिएका हुन् भने सिलवाल दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन् ।

विसं २०६५ मा माओवादीका उम्मेदवार वर्षमान पुनसँग पराजित भएका राणाले २०७० को निर्वाचनमा एमालेका उम्मेदवार पौडेललाई पराजित गर्दै संविधानसभाको सदस्य हुने अवसर पाएको थियो ।

उदय शम्शेरभन्दा पहिला उनका पिता सागरशमशेर राणा नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रबाट उम्मेदवार बन्दै आएको थियो । आफूले कहिल्यै जीत हासिल गर्न नसकेपछि छोरोलाई राजनीतिमा स्थापित गरेर उनले राजनीतिबाट आराम लिएका हुन् ।

बहुदलीय व्यवस्था आएपछि २०४८ र २०५१ मा एमालेका उम्मेदवार मिठाराम शर्मा बजगाइँसँग पराजित भएका उनले २०५६ सालको आम चुनावमा पनि एमालकै उम्म्मेदवार सुशीला नेपालसँग हार बेहोर्नु पर्याे ।

राणाले आफू राज्यमन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जीतको बलियो आधार मानेको छ । “म आफू सांसद हुँदा र नहुँदा पनि यस क्षेत्रको विकासमा निरन्तर क्रियाशील भएर काम गरेको छु । यही आधारमा पनि यहाँका मतदाताले मलाई विश्वास गरेर मत दिन्छन्”, राणा भन्छन् ।

उता सिलवालले पनि गत निर्वाचनमा आफू सांसद भएपछि गरेका कामहरू नै आफ्नो जीतको आधार भएको दाबी गरिरहेएको छ । “मैले सांसद भएर अघिल्लो कार्यकालमा धेरै काम गरेको छु, यहाँका जनताको सुखदुःखमा साथ दिएको छु । त्यसकारण पनि जनताले मलाई विश्वास गरेर मत दिनेछन् ।”

गत स्थानीय चुनावमा कूल ३० वटा वडामध्ये २२ वटा वडामा कांग्रेसले, पाँच वटा वडामा माओवादी केन्द्रले र तीन वटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जीत हासिल गरेको छ ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २३ हजार ८ सय ५४, एमालेले १८ हजार ९ सय ९३, माओवादीले ६ हजार १ सय ३३ र राप्रपाले १ हजार ७५ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०८:३९
##udayashumsherrana #nawarajsilwal #lalitpur
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपालकाे सुरक्षा व्यवस्था सेनाकाे काँधमा
नेपालकाे सुरक्षा व्यवस्था सेनाकाे काँधमा बुधबार, भदौ २५, २०८२
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश मंगलबार, भदौ २४, २०८२
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ? सोमबार, भदौ २३, २०८२
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो आइतबार, भदौ २२, २०८२
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली शुक्रबार, भदौ २०, २०८२
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक बिहीबार, साउन ३०, २०८२
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ?
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ? बुधबार, साउन २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ३ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्