काठमाडौ । सहरी विकास मन्त्री विक्रम पाण्डेले आफू स्वार्थ बाझिने मन्त्रालयमा नरहेको बताएको छ ।
भरतपुरमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएको हो ।
‘मैले यसअघि नै हरेक कम्पनीबाट राजिनामा दिएको अवस्था हो । राजनीतिक रुपमा समाजसेवामा होमिएको व्यक्ति हुँ।’ उनले भने, ‘स्वार्थ बाझिने कुरा भनेको मेरो मन्त्रालयमा मेरो परिवारले गरेको कुनै पनि व्यवसायमा म मन्त्री भएपछि गरिने कामहरु भए स्वार्थ बाझिने हुन्छ । हरेक पटक स्वार्थ बाझिने मन्त्रालय पायो भनेर बोल्दै हुनुहुन्छ । मलाई आश्चर्य लागेको छ।’
पार्टी अध्यक्षले काम गर्न सक्ने विश्वासका साथ सहरी मन्त्रालय रोजेर दिएको बताउँदै सहरी विकास मन्त्रालयमा रहेर ७७ जिल्लामै देखिने गरि काम गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १८:४२