Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper बुधबार, चैत १५, २०७९
Nami News
Nepal Investment Mega Bank Ltd. Nepal Investment Mega Bank Ltd.
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान
मुसर्रफ, मृत्युदण्ड र पाकिस्तान
Nami News
Nami News बुधबार, फागुन १०, २०७९
Nepal Oil Corporation Nepal Oil Corporation

पाकिस्तान राजनीतिक अस्थिरता र आतङ्कवादी हिंसाका कारण बारम्बार चर्चामा आइरहन्छ । त्यहाँको लोकतन्त्र बलियो छैन । राजनीतिक अस्थिरले निर्वाचित लोकतान्त्रिक सरकार कमजोर बन्दा सेनाको मनोबल बढ्छ र सैन्य नेतृत्वले सत्ता लिने गर्छ । लोकतान्त्रिक सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिने त्यस्तै एकजना पूर्वशासक थिए–परवेज मुसर्रफ ।

तर सत्ता हातमा लिएपछि यो कदम उनका लागि अभिशाप बन्यो । उनलाई पटक पटक मार्ने षडयन्त्र भयो । त्यसबाट बचेका उनलाई अदालतले देशद्रोही ठहर्याएर मृत्युदण्डको सजाय सुनायो । मृत्युदण्डको सजायबाट बच्न उनी निर्वासनमा गए । अन्ततः निर्वासनमै उनको मृत्यु भयो । 

प्रवासमा उनी लामो समयदेखि बिरामी परे । गत वर्ष सामाजिक सञ्जालमा उनको मृत्यु भएको अफवाह फैलियो । त्यसलाई खण्डन गर्दै मुसर्रफको स्वास्थ्यबारे उनको परिवारले जानकारी दिएको थियो । गत वर्षदेखि नै उनको स्वास्थ्य अवस्था थप गम्भीर थियो ।

शरीरका विभिन्न अङ्गले काम गर्न छाडेकाले उनको स्वास्थ्यमा सुधार आउन गाह्रो भएको थियो । उनले संयुक्त अरब इमिरेट्सको दुबईमा उपचार गराइरहेका थिए । उनलाई एमाइलोइडोसिस नामक जटिल रोग लागेको थियो जसका कारण मानव शरीरका अङ्गहरू निष्क्रिय भई काम गर्न छाड्छन् ।

मुसर्रफ सन् २०१६ देखि गम्भीर बिरामी भए । उनले दुबईमा बसी उपचार गराउँदै आएका थिए । उनको जीवनको अन्तिम दुई दशक सहज भएन, उतार–चढावमै बित्यो ।

मुसर्रफ सेना प्रमुख हुँदा सन् १९९९ मा निर्वाचित सरकारलाई अपदस्थ गरी  सत्तामा आएका हुन् । त्यतिबेला पाकिस्तान पश्चिमी देश र इस्लामिक अतिवादीबीचको द्वन्द्वमा फसेको थियो ।

त्यही भएर उनलाई सत्ता चलाउन गाह्रो भयो । उनले सैनिक सत्तालाई नागरिक सत्तामा रुपान्तरण गर्न भनी पार्टी खोले। उनको पार्टीले सन् २००८ को चुनाव जित्न सकेन । चुनाव हारेपछि उनीमाथि कारबाहीको दबाब बढ्यो । उनलाई गैरकानुनी रूपमा देशको संविधान निलम्बन गरेको र सङ्कटकाल लगाएको आरोप लगाइयो ।  उनीविरुद्धको मुद्दामा लामो समयपछि अदालतले कठोर फैसला सुनायो । उनलाई देशद्रोही भन्दै मृत्युदण्ड दिने फैसला गरेपछि उनी निकै तनाबमा परे । उनी स्वदेश फर्कने अवस्था रहेन । 

मुसर्रफको जन्म सन् १९४३ को अगस्ट ११ मा दिल्लीको एक उर्दू भाषी परिवारमा भएको थियो । सन् १९४७ मा भारतको विभाजन भएपछि उनका अभिभावकहरू पाकिस्तानमा बसाई सरेका थिए । उनी सन् १९६१ मा सैनिक सेवामा प्रवेश गरेका थिए ।

मुसर्रफ सन् १९९८ मा नवाज सरिफको सरकारमा सेना प्रमुख बने । सेना प्रमुख बनेपछि उनी सत्तामोहमा लोभिए । अर्को वर्ष उनले सरिफको निर्वाचित सरकारलाई ‘कु’ गरी चलाखीपूर्वक शासन सत्ता हातमा लिए । पाकिस्तानको बिग्रँदै गएको आर्थिक अवस्था तथा भारतसँगको द्वन्द्वले सरिफ सरकार अलोकप्रिय बनेका बेला आफू सफल हुने उनको विश्वास थियो ।

उनलाई सत्ता टिकाउन छिमेकी तथा मित्र राष्ट्रहरुको सहयोग अपरिहार्य थियो । उनी बाह्य सहयोग जुटाउन असफल भए भने आतङ्वादी समस्या बढेर गयो । अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा अकल्पनीय आतङ्कवादी आक्रमण भयो । अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन अलकायदाका प्रमुख ओसमा विन लादेनले आक्रमणको जिम्मा लिए ।

अफगानिस्तानमा सत्ता हातमा लिएको तालिवान विद्रोहीले अल कायदालाई संरक्षण दिएकोले दुवैविरुद्ध अमेरिका रुष्ट थियो । अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले ‘आतङ्कवादविरुद्धको युद्ध’ घोषणा गरे । उनले यस युद्धमा पाकिस्तानसँग सहयोग मागे । पाकिस्तानी सेनाको सम्बन्ध तालिबान र अलकायदासँग रहेको आरोप लाग्दै आएको थियो ।

यस्तो अवस्थामा आतङ्कवादविरुद्धको युद्धमा अमेरिकालाई सहयोग गर्नु भनेको पाकिस्तानी सैनिक सत्ता अलकायदा र तालिबानविरुद्ध लड्नु थियो । मुसर्रफ तालिबान र अलकायदाविरुद्ध जाइलाग्न पनि सकेनन् र अमेरिकासितको सम्बन्धमा सन्तुलन मिलाउन साथै पाकिस्तानमा अमेरिकाविरोधी गतिविधि अन्त्य गर्न पनि असफल रहे ।

अमेरिकाले सुरु गरेको आतङ्वादविरुद्धको युद्धमा अफगानिस्तानको तालिबान सत्ता पहिलो निशाना बन्यो । तालिबानको सत्ता पतन हुनुले मुसर्रफमाथि दबाब बढ्यो । सन् २०११ मा पाकिस्तानी सैन्य एकेडेमी नजिक बस्दै आएका अलकायदा प्रमुख लादेनलाई फेला पारी अमेरिकाले मारेपछि त उनीमाथि थप औँला ठडियो । मुसर्रफले लादेनका बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए। 

मुसर्रफका लागि अन्तर्राष्ट्रिय अवस्था पनि आफू अनुकूल भएन भने देशको आन्तरिक सन्तुलन पनि मिलेन । सत्ता हातमा लिएको दुई वर्षपछि राष्ट्रपतिमा आसिन उनले मुलुकलाई सही गति दिन सकेनन् । सन् २००७ मा आतङ्वादी आक्रमण गरी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भयो । भुट्टोलाई पर्याप्त सुरक्षा दिन नसकेको आरोप उनीमाथि लाग्यो ।

सोही वर्ष उनले प्रधानन्यायाधीश इफ्तिकार मोहम्मद चौधरीलाई बर्खास्त गरे । सो कदमको देशव्यापीरुपमा हिंसात्मक विरोध प्रदर्शन भयो । यस घटनामा एक सयभन्दा बढीको ज्यान गयो । त्यस्तै लाल मस्जिद काण्डले उनलाई थप सङ्कटमा पार्यो । यी विविध कारणले उनको पार्टी सन् २००८ को चुनावमा पराजित भयो । 

चुनाव हारेपछि उनीमाथि कारबाहीको दबाब बढ्यो । उनले राजीनामा दिई निर्वासनमा गए । उनी पुनः शक्तिमा फर्कन प्रयास गरे । सन् २०१३ को मार्चमा उनी चुनाव लड्न भन्दै नाटकीय रूपमा पाकिस्तान फर्किए तर त्यसबेला उनी पक्राउ परे।

उनीमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लाग्यो । उनको दल अल पाकिस्तान मुस्लिम लिगले पुनः पराजित भयो । त्यसलगत्तै उनीविरुद्ध देशद्रोहलगायतका विभिन्न मुद्दा लगाइयो । उनीविरुद्धका मुद्दा हेर्न सरकारले विशेष अदालत गठन गर्यो । मुद्दा पाँच वर्ष चल्यो र अन्ततः तीन जना न्यायाधीशहरूले एउटा फैसलामा उनलाई राजद्रोहमा दोषी ठह¥याए । उनलाई मृत्युदण्डको फैसला सुनाइयो ।

उनी मुद्दा चलिरहेकै बेला गम्भीर बिरामी परे । उपचारका लागि दुबई जान सरकारले अनुमति दियो । उनी लामो समय बिरामी परेकाले स्वदेश फर्कने अवस्था बनेन । जसले गर्दा उनीमाथिको मृत्युदण्डको फैसला कार्यान्वयन हुन पाएन । ७९ वर्षीय उनको यही फेबु्रअरी ५ मा दुबईमा मृत्यु भयो ।

मुसर्रफ चतुर शासक भए पनि समय र परिस्थिति उनको अनुकूल भएन । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन सकेनन् । भारतसँग भएको युद्धमा पाकिस्तानी सेनाको कमजोरी देखियो । यस मामिलामा तत्कालीन प्रधानमन्त्री सरिफले मुसर्रफलाई हटाउन खोजेका थिए तर चतुर उनले विनारक्तपात सरिफलाई नै अपदस्थ गरी सत्ता हातमा लिए ।

सरिफ निर्वासनमा गए । मुलुकको शासनसत्ता हातमा आएपछि मुसर्रफका हरेक कदम असफल भए । उनले कतैबाट पनि सहयोग र समर्थन पाएनन् । सन् २००८ को आमनिर्वाचनका लागि सरिफ निर्वासनबाट फर्केपछि त उनलाई झन् असहज परिस्थिति बन्यो ।

सन् १९४७ मा बेलायतबाट भारत स्वतन्त्रभएसँगै पाकिस्तान अलग देश बन्यो । भारतमा लोकतन्त्र संस्थागत बन्दै गयो भने पाकिस्तानमा कमजोर रह्यो । त्यहाँ पटक पटक सेनाले सत्ता हातमा लियो । सन् १९७१ मा पाकिस्तान टुक्रिएर बङ्गलादेश बन्यो । भारतसँग तीन पटक युद्ध भयो ।

युुद्धले पाकिस्तानलाई झन कमजोर बनायो । राजनीतिक अस्थिरता त्यहाँको विशेषतै बन्यो । अस्थिरतमै मुसर्रफजस्ता सैनिक शासकको उदय भयो जसले मुलुकलाई झन् सङ्कटमा पुर्याए । लोकतन्त्र, सुशासन र शान्तिका लागि निर्वाचित सरकारको निरन्तरता अपरिहार्य हुन्छ । सैनिक शासनले लोकतन्त्रलाई कहीँ कतै बलियो बनाएको छैन ।   

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १६:३४
##pervezmusharraf
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
चीनलाई रोक्न परमाणु पनडुब्बी 
चीनलाई रोक्न परमाणु पनडुब्बी  मंगलबार, चैत १४, २०७९
विश्व सुरक्षामा थपियो चुनौती
विश्व सुरक्षामा थपियो चुनौती बुधबार, चैत ८, २०७९
अनिर्णयको बन्दी बनेको देश 
अनिर्णयको बन्दी बनेको देश  आइतबार, फागुन २८, २०७९
भूकम्पपछि टर्कीकाे चुनौती
भूकम्पपछि टर्कीकाे चुनौती सोमबार, फागुन २२, २०७९
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध आइतबार, फागुन १४, २०७९
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण शुक्रबार, फागुन १२, २०७९
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित
अमेरिकाको टेक्सास राज्यमा अब हरेक बर्ष 'नेपाल डे' पारित शुक्रबार, फागुन ५, २०७९
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद बिहीबार, फागुन ४, २०७९
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा सोमबार, फागुन १, २०७९
लोकप्रिय
  • नंः १ साहित्य  ज्वरो
  • नंः २ विछोडको वेदनामा रक्सीको त्यो मातै मीठो । वेहोशी मैं विताएको अन्धकार त्यो रातै मीठो ।
  • नंः ३ उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा प्रतिष्ठित व्यवसायी कार्कीको उम्मेदवारी
  • नंः ४ अलौकिक शक्तिपीठ पाथीभरा धाम
  • नंः ५ को बन्दैछ आइजिपी ?
विचार
अस्थिर जीवनशैली
अस्थिर जीवनशैली Nami News
शिक्षामा राजनीति
शिक्षामा राजनीति Nami News
तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता Nami News
सूचना-प्रविधि
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु प्राथमिकता : मन्त्री शर्मा Nami News
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउने : मन्त्री शर्मा Nami News
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने
क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि हुने Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्