Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल बुधबार, मंसिर ३, २०८२

२१ औँ शताब्दी सूचना–प्रविधिको युगका रूपमा विकसित हुँदै गएको छ । प्रविधिको तीव्र विकाससँगै संसारभर मोबाइल फोन दैनिक जीवनको अविभाज्य अङ्ग बन्न पुगेको छ । नेपाल पनि यो परिवर्तनबाट अलग छैन । सहज इन्टरनेट पहुँच, सामाजिक सञ्जालको विस्तार र डिजिटल सामग्रीको आकर्षक प्रस्तुतीकरणले बालबालिका सानै उमेरदेखि मोबाइलतर्फ तानिन थालेका छन् । 

धेरै अभिभावक बच्चालाई खुसी राख्न र सजिलै व्यवस्थापन गर्न मोबाइल प्रयोग गराउने गरेका छन् । तर बालबालिकाले मोबाइल कसरी प्रयोग गरिरहेका छन् र यसको गहिरो असर के–कस्ता रूपमा देखिन सक्छ भन्ने विषयमा पूर्ण सचेतना भने कमै देखिन्छ । अझ नेपालमा बालबालिकामाझ बढ्दो मोबाइल प्रयोगका सकारात्मक र नकारात्मक दुवै पक्षमा कमै बहस हुने गरेकाे छ । 

मोबाइल प्रयोगका सकारात्मक प्रभावहरू

मोबाइल केवल मनोरञ्जनको साधन मात्र नभई ज्ञान र सिकाइको माध्यम पनि बन्न सक्छ । कम्प्युटर तथा डिजिटल शिक्षामा संलग्न विज्ञ आर.सी. खनालका अनुसार मोबाइलमार्फत शैक्षिक सामग्रीमा सहज पहुँच प्राप्त हुने भएकाले बालबालिका कक्षाकोठाबाहिर पनि निरन्तर सिकाइमा जोडिन सक्छन् । शैक्षिक भिडियो, इन्टरएक्टिभ एप्लिकेसन र डिजिटल पुस्तकहरूले उनीहरूको जिज्ञासा र ज्ञान दायरा बढाउन मद्दत पुर्‍याउँछ ।

त्यस्तै, डिजिटल माध्यमसँग सानै उमेरदेखि परिचित हुनुले बालबालिकामा भविष्यका लागि आवश्यक प्रविधिक सीप विकास हुन्छ । आवश्यकतामा अभिभावकसँग तुरुन्त सम्पर्क गर्न सकिने भएकाले सुरक्षाको भावना पनि मजबुत बन्छ । सही उद्देश्य र समयसीमामा प्रयोग गरियो भने मोबाइलले बालबालिकाको शैक्षिक, रचनात्मक र मानसिक विकासमा सकारात्मक योगदान दिन सक्छ ।

अनियन्त्रित प्रयोगका नकारात्मक प्रभावहरू

यी सकारात्मक पक्षहरूसँगै मोबाइल प्रयोगका नकारात्मक असरहरू धेरै गम्भीर देखिन्छन् । पहिलो-मानसिक प्रभाव छ । निरन्तर भिडियो हेर्ने, गेम खेल्ने र छिटो–छिटो बदलिने सामग्रीमा रमाउँदा बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता घट्दै जान्छ । छोटा सामग्रीप्रति बढ्दो आकर्षणले उनीहरूलाई दीर्घ समय एकै विषयमा बस्न वा सोच्न कठिन बनाइदिन्छ ।

दोस्रो-शारीरिक प्रभाव लिँदा हुन्छ । लामो समय स्क्रिन हेर्दा आँखामा जलन, टाउको दुखाइ, निद्राको गुणस्तरमा गिरावट, तथा ढाड–गर्दनमा समस्या देखिन थालेको छ । शरीर चलायमान नहुँदा मोटोपना र शारीरिक कमजोरीका जोखिम बढ्छन् ।

तेस्रो-सामाजिक प्रभाव लिनु पर्छ ।  मोबाइलमा अत्यधिक समय बिताउने बालबालिका परिवार, साथीभाइ वा शिक्षकसँग प्रत्यक्ष संवाद गर्न झुकिरहेका हुँदैनन् । सामाजिक अन्तरक्रिया कम हुँदा उनीहरूको अभिव्यक्ति क्षमता, भावनात्मक बुझाइ र सामाजिक सीप कमजोर बन्दै जान्छ ।

कपनस्थित घटराज मेमोरियल स्कूलकी शिक्षिका सबिना मोक्तानका अनुसार, मोबाइलको लतले धेरै बालबालिकामा कक्षामा ध्यान नदिनु, थकान, अन्तरक्रियामा उदासीनता, कक्षा समयमा नै निदाउनु, तथा आफ्नो क्षमता प्रदर्शन गर्न नसक्नुजस्ता समस्याहरू बढ्दै गएका छन् । अभिभावकहरूले पनि मोबाइलको लतबाट बच्चालाई छुट्याउन गाह्रो भएको गुनासो गरेका छन्, जसका कारण बालबालिका आक्रामक र जिद्दी हुँदै गएका छन् ।

अभिभावक र विद्यालयको भूमिका

मोबाइल प्रयोगमा समस्या अनियन्त्रित प्रयोगबाट उत्पन्न हुन्छ । त्यसैले अभिभावक, शिक्षक र समाज सबैको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकालाई मोबाइल प्रयोग गराउने भए निश्चित समयसीमा तोक्नु, शैक्षिक सामग्रीलाई प्राथमिकता दिनु, राति सुत्नुअघि मोबाइल नदिनु, तथा बाहिरी खेलकुद र प्रत्यक्ष संवादको वातावरण बनाउन आवश्यक छ ।

विद्यालयले पनि डिजिटल साक्षरता सम्बन्धी जागरूकता कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई सुरक्षित र उद्देश्यपूर्ण प्रविधि प्रयोगका बारेमा मार्गदर्शन गर्न सक्छ । समाजले डिजिटल माध्यमका जोखिमबारे सचेत रहँदै बाल–हितमैत्री डिजिटल वातावरण निर्माणमा सहयोग पुर्‍याउनुपर्छ ।

निचोड

मोबाइल फोन आधुनिक जीवनको अनिवार्य उपकरण भइसकेको छ । तर बालबालिकाको विकासमा यसको प्रभाव कस्तो हुने भन्ने कुरा त्यसको प्रयोगको तरिका र नियन्त्रणमा निर्भर गर्दछ । सही समय, सही उद्देश्य र सही मार्गदर्शनसहित मोबाइलले सिकाइ, सीप विकास र सम्भावनाको नयाँ ढोका खोलिदिन सक्छ । तर अनियन्त्रित प्रयोग र बेवास्ताले बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासमा गम्भीर चुनौती निम्त्याउन सक्छ ।

त्यसैले मोबाइलप्रति सन्तुलित दृष्टिकोण, सचेत अभिभावकत्व, सक्रिय विद्यालय भूमिका र डिजिटल अनुशासन आजको आवश्यकता बनेको छ । यही सन्तुलनमार्फत मात्र प्रविधिको सकारात्मक उपयोग सम्भव छ र भविष्यको पिँढीलाई स्वस्थ, सक्षम र सचेत बनाइन्छ ।

मोबाइल फोन बालबालिकाको जीवनको अविभाज्य अङ्ग बन्दै गएको भए पनि यसको प्रभावलाई सन्तुलित राख्नु अभिभावक, विद्यालय र समाजको साझा दायित्व हो । तर सीमाना बिना प्रयोग गर्न दिँदा बालबालिकाको सम्पूर्ण विकासमा गम्भीर चुनौती उत्पन्न हुन सक्छ । अभिभावक सचेत हुन जरुरी छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्