Top Navigation
Main Navigation
आइतबार, पुस २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल बुधबार, मंसिर ३, २०८२

२१ औँ शताब्दी सूचना–प्रविधिको युगका रूपमा विकसित हुँदै गएको छ । प्रविधिको तीव्र विकाससँगै संसारभर मोबाइल फोन दैनिक जीवनको अविभाज्य अङ्ग बन्न पुगेको छ । नेपाल पनि यो परिवर्तनबाट अलग छैन । सहज इन्टरनेट पहुँच, सामाजिक सञ्जालको विस्तार र डिजिटल सामग्रीको आकर्षक प्रस्तुतीकरणले बालबालिका सानै उमेरदेखि मोबाइलतर्फ तानिन थालेका छन् । 

धेरै अभिभावक बच्चालाई खुसी राख्न र सजिलै व्यवस्थापन गर्न मोबाइल प्रयोग गराउने गरेका छन् । तर बालबालिकाले मोबाइल कसरी प्रयोग गरिरहेका छन् र यसको गहिरो असर के–कस्ता रूपमा देखिन सक्छ भन्ने विषयमा पूर्ण सचेतना भने कमै देखिन्छ । अझ नेपालमा बालबालिकामाझ बढ्दो मोबाइल प्रयोगका सकारात्मक र नकारात्मक दुवै पक्षमा कमै बहस हुने गरेकाे छ । 

मोबाइल प्रयोगका सकारात्मक प्रभावहरू

मोबाइल केवल मनोरञ्जनको साधन मात्र नभई ज्ञान र सिकाइको माध्यम पनि बन्न सक्छ । कम्प्युटर तथा डिजिटल शिक्षामा संलग्न विज्ञ आर.सी. खनालका अनुसार मोबाइलमार्फत शैक्षिक सामग्रीमा सहज पहुँच प्राप्त हुने भएकाले बालबालिका कक्षाकोठाबाहिर पनि निरन्तर सिकाइमा जोडिन सक्छन् । शैक्षिक भिडियो, इन्टरएक्टिभ एप्लिकेसन र डिजिटल पुस्तकहरूले उनीहरूको जिज्ञासा र ज्ञान दायरा बढाउन मद्दत पुर्‍याउँछ ।

त्यस्तै, डिजिटल माध्यमसँग सानै उमेरदेखि परिचित हुनुले बालबालिकामा भविष्यका लागि आवश्यक प्रविधिक सीप विकास हुन्छ । आवश्यकतामा अभिभावकसँग तुरुन्त सम्पर्क गर्न सकिने भएकाले सुरक्षाको भावना पनि मजबुत बन्छ । सही उद्देश्य र समयसीमामा प्रयोग गरियो भने मोबाइलले बालबालिकाको शैक्षिक, रचनात्मक र मानसिक विकासमा सकारात्मक योगदान दिन सक्छ ।

अनियन्त्रित प्रयोगका नकारात्मक प्रभावहरू

यी सकारात्मक पक्षहरूसँगै मोबाइल प्रयोगका नकारात्मक असरहरू धेरै गम्भीर देखिन्छन् । पहिलो-मानसिक प्रभाव छ । निरन्तर भिडियो हेर्ने, गेम खेल्ने र छिटो–छिटो बदलिने सामग्रीमा रमाउँदा बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता घट्दै जान्छ । छोटा सामग्रीप्रति बढ्दो आकर्षणले उनीहरूलाई दीर्घ समय एकै विषयमा बस्न वा सोच्न कठिन बनाइदिन्छ ।

दोस्रो-शारीरिक प्रभाव लिँदा हुन्छ । लामो समय स्क्रिन हेर्दा आँखामा जलन, टाउको दुखाइ, निद्राको गुणस्तरमा गिरावट, तथा ढाड–गर्दनमा समस्या देखिन थालेको छ । शरीर चलायमान नहुँदा मोटोपना र शारीरिक कमजोरीका जोखिम बढ्छन् ।

तेस्रो-सामाजिक प्रभाव लिनु पर्छ ।  मोबाइलमा अत्यधिक समय बिताउने बालबालिका परिवार, साथीभाइ वा शिक्षकसँग प्रत्यक्ष संवाद गर्न झुकिरहेका हुँदैनन् । सामाजिक अन्तरक्रिया कम हुँदा उनीहरूको अभिव्यक्ति क्षमता, भावनात्मक बुझाइ र सामाजिक सीप कमजोर बन्दै जान्छ ।

कपनस्थित घटराज मेमोरियल स्कूलकी शिक्षिका सबिना मोक्तानका अनुसार, मोबाइलको लतले धेरै बालबालिकामा कक्षामा ध्यान नदिनु, थकान, अन्तरक्रियामा उदासीनता, कक्षा समयमा नै निदाउनु, तथा आफ्नो क्षमता प्रदर्शन गर्न नसक्नुजस्ता समस्याहरू बढ्दै गएका छन् । अभिभावकहरूले पनि मोबाइलको लतबाट बच्चालाई छुट्याउन गाह्रो भएको गुनासो गरेका छन्, जसका कारण बालबालिका आक्रामक र जिद्दी हुँदै गएका छन् ।

अभिभावक र विद्यालयको भूमिका

मोबाइल प्रयोगमा समस्या अनियन्त्रित प्रयोगबाट उत्पन्न हुन्छ । त्यसैले अभिभावक, शिक्षक र समाज सबैको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकालाई मोबाइल प्रयोग गराउने भए निश्चित समयसीमा तोक्नु, शैक्षिक सामग्रीलाई प्राथमिकता दिनु, राति सुत्नुअघि मोबाइल नदिनु, तथा बाहिरी खेलकुद र प्रत्यक्ष संवादको वातावरण बनाउन आवश्यक छ ।

विद्यालयले पनि डिजिटल साक्षरता सम्बन्धी जागरूकता कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई सुरक्षित र उद्देश्यपूर्ण प्रविधि प्रयोगका बारेमा मार्गदर्शन गर्न सक्छ । समाजले डिजिटल माध्यमका जोखिमबारे सचेत रहँदै बाल–हितमैत्री डिजिटल वातावरण निर्माणमा सहयोग पुर्‍याउनुपर्छ ।

निचोड

मोबाइल फोन आधुनिक जीवनको अनिवार्य उपकरण भइसकेको छ । तर बालबालिकाको विकासमा यसको प्रभाव कस्तो हुने भन्ने कुरा त्यसको प्रयोगको तरिका र नियन्त्रणमा निर्भर गर्दछ । सही समय, सही उद्देश्य र सही मार्गदर्शनसहित मोबाइलले सिकाइ, सीप विकास र सम्भावनाको नयाँ ढोका खोलिदिन सक्छ । तर अनियन्त्रित प्रयोग र बेवास्ताले बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासमा गम्भीर चुनौती निम्त्याउन सक्छ ।

त्यसैले मोबाइलप्रति सन्तुलित दृष्टिकोण, सचेत अभिभावकत्व, सक्रिय विद्यालय भूमिका र डिजिटल अनुशासन आजको आवश्यकता बनेको छ । यही सन्तुलनमार्फत मात्र प्रविधिको सकारात्मक उपयोग सम्भव छ र भविष्यको पिँढीलाई स्वस्थ, सक्षम र सचेत बनाइन्छ ।

मोबाइल फोन बालबालिकाको जीवनको अविभाज्य अङ्ग बन्दै गएको भए पनि यसको प्रभावलाई सन्तुलित राख्नु अभिभावक, विद्यालय र समाजको साझा दायित्व हो । तर सीमाना बिना प्रयोग गर्न दिँदा बालबालिकाको सम्पूर्ण विकासमा गम्भीर चुनौती उत्पन्न हुन सक्छ । अभिभावक सचेत हुन जरुरी छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो शनिबार, पुस १९, २०८२
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन बिहीबार, कात्तिक १४, २०८२
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ३ आज तमु ल्हाेसार पर्व
  • नंः ४ जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्