Top Navigation
Main Navigation
सोमबार, जेठ ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, जेठ ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध
उड्ने वस्तुले चिसियो चीन-अमेरिका सम्बन्ध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन १४, २०७९

शङ्कास्पद उड्ने वस्तुले चीन र अमेरिकाबीचको सम्बन्ध चिसिएको छ । अमेरिकाले उड्ने वस्तुमार्फत आफ्नो जासुसी गरेको आरोप चीनमाथि लगाएको छ । तर चीनले त्यस्तो कार्य नगरेको बताएको छ ।

अमेरिकाको मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर, बिलिङ्सका चकित सर्वसाधारणले आकाशमा ठूलो सेतो घेरो देखेर तस्बिरहरू कैद गरेको केही दिनमै अमेरिकाले थप तीनवटा आकाशमा उडिरहेको शङ्कास्पद वस्तु क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको छ । तर ती उड्ने वस्तुहरू के हुन् यकिन भएको छैन ।

पछिल्लो पटक क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमा एक उडिरहेको वस्तु खसालिएको थियो । अमेरिकी रक्षा अधिकारीहरूले त्यस वस्तु मानवरहित अष्टभुज आकारको भएको बताएका थिए । अमेरिकी नोर्दन कमान्डका कमान्डर जनरल ग्लेन भ्यानहर्कले त्यसबारे धेरै कुरा थाहा नभएको तर ती वस्तुले कुनै खतराको सङ्केत नगर्ने पनि बताएका छन् ।

“पछिल्लो दुई सातामा जे भयो त्यो एक किसिमको अचम्म लाग्ने कुरा थियो”, डेमोक्रेटिक पार्टीका सिनेटर जन टेस्टरले भने । अधिकारीहरूले अझै पनि अमेरिका र क्यानडामा खसालिएका उडिरहेका वस्तुहरूको अवशेषहरू खोजिरहेका छन् । तर ती वस्तुहरू कहाँबाट आए वा तिनको उद्देश्य के थियो भन्नेबारे खासै जानकारी दिएका छैनन् । 

“मलाई लाग्छ अमेरिकीहरूले अहिले यी वस्तुहरूद्वारा सङ्कलित कुनै पनि विवरण उनीहरूले पुनः प्राप्त गर्न सक्छन् वा सक्दैनन् भन्ने पत्ता लगाउन खोजिरहेका छन्”, युनिभर्सिटी अफ ब्राडफोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विषयका प्राध्यापक क्रिस्टोफ ब्लुथले भने ।

अलास्कामाथि,उत्तर–पश्चिम क्यानडाको युकोन र मिसिगनमा खसालिएका उडिरहेका वस्तुहरू जासुसी प्रयोजनको हो या होइन भन्ने कुरा स्पष्ट छैन । “यी वस्तुहरू उस्तै देखिने खालका थिएनन् र बेलुनभन्दा निकै सानो आकारका थिए। ती वस्तुहरूको अवशेष नभेटेसम्म हामीले तिनीहरूको विशेषता बताउन सक्दैनौँ”, ह्वाइट हाउसको नेसनल सेक्युरिटी प्रवक्ताले भने ।

उनले एक शङ्कास्पद चिनियाँ जासुसी बेलुनबारे बताएका थिए जुन पहिलो पटक गत जनबरीमा अलास्काको अलेउटियन टापुहरू पार गर्दै गर्दा पहिचान भएको थियो । त्यसलाई फेब्रुअरी ४ मा साउथ क्यारोलाइनाको तटमा एफ–२२ लडाकु जेट विमानले क्षेप्यास्त्र प्रहार गरी खसालेको थियो । अमेरिकी अधिकारीहरूले उक्त बेलुन चीनको भएको र संवेदनशील क्षेत्रहरूको निगरानी गर्न प्रयोग गरिएको दाबी गरेका थिए ।

“यस्तो घटना पहिले पनि भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाभर तीनवटा त्यस्ता बेलुन देखिएका थिए। यद्यपि तिनीहरूले अमेरिकी हवाई क्षेत्र छोडेपछि मात्र देखिएका थिए”, रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटकी अनुसन्धान विश्लेषक एवं नीतिगत नेतृत्व लिने जुलिआना जुसले भनिन् ।
     
शङ्कास्पद चिनियाँ बेलुन धेरै दिनसम्म अमेरिकाको आकाशमा उडेको थियो। उक्त बलुन पश्चिमी राज्य मोन्टाना सहर जहाँ त्यहाँ पारमाणविक क्षेप्यास्त्रको अड्डा छ, त्यहाँ देखा पर्नुअघि क्यानडाको हवाई क्षेत्रमा देखा परेको अमेरिकी अधिकारीहरूले बताए ।

पेन्टागनका अनुसार त्यस बेलुनमा तीनवटा बसको आकार जत्रो टोकरी जस्तो संरचना थियो जसको तौल एक टनभन्दा बढी थियो । त्यसमा धेरै वटा एन्टेनाहरू जडित थिए र जासुसी जानकारी सङ्कलन गर्न सक्ने सेन्सरहरूलाई ऊर्जा दिन सौर्य प्यानलहरू थिए ।

“बेलुनहरू तुलनात्मक रूपमा जासुसीका लागि कम प्रयोग गरिन्छन् किनभने तिनीहरूको गति निकै सुस्त हुन्छ । मानिसहरूले तिनलाई आजभोलि कम महत्वको प्रविधि ठानेका छन्”, प्राध्यापक ब्लुथले भने । तर बेलुनको प्रयोग १८औँ शताब्दीदेखि हुँदै आएको छ । फ्रान्सेली क्रान्तिताकाका युद्धहरूदेखि नै बेलुन जासुसी प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । तर आज हामीले आकाशमा देख्ने बेलुन सुरुवाती दिनहरूमा प्रयोग गरिएका पुराना शैलीकाभन्दा भिन्न छन् ।

आज बेलुनमा हाइड्रोजनको सट्टा हिलियम भरिएका हुन्छन् । तिनीहरू दिनमा माथि उड्छन् र रातको समयमा तल झर्छन् । बेलुनमा प्रयोग भएको हिलियम नसकिएसम्म तिनीहरू हावामा तैरिरहन्छन् ।

एक सामान्य जासुसी जानकारी सङ्कलन गर्ने बेलुनमा सामान्यतया त्यस्ता उपकरणहरू हुन्छन् जुन राडार वा सञ्चार प्रणालीहरूमा जोडिन सक्छन्वा त्यसमा क्यामेराहरू हुन सक्छन् र तस्बिरहरू खिच्न सक्छन् । आजको समयमा बेलुनले निकै कम महत्वपूर्ण भूमिका निर्वाह गरेको छ किनभने अहिले हामीसँग भूउपग्रह प्रविधि छ जुन निकै विशिष्टीकृत छ ।

जमिनमा रहेका निकै साना वस्तुहरूलाई पनि क्यामरामा कैद गर्न सकिन्छ । भूउपग्रहहरू बेलुनहरूभन्दा धेरै माथि हुन्छन्। त्यसैले भूउपग्रह प्रविधि निकै विकसित भए पनि जति वस्तु निकट हुन सक्यो त्यति राम्रो हुन्छ ।

सन् २०२० मा युनाइटेड लन्च एलिएन्सको एट्लास भी नामक रकेट केप कानाभेरल हवाई अड्डाबाट प्रक्षेपण गरिएको थियो। उक्त रकेटले नेसनल रिकन्सन्स अफिसका लागि गोप्य सामग्री बोकेको थियो।

अमेरिकी तथ्याङ्कका अनुसार चीनसँग अन्तरिक्षमा आधारित लगभग तीन सय भूउपग्रहको वृहत् निगरानी सञ्जाल छ। उक्त सङ्ख्या अमेरिकाको भन्दा दोस्रो धेरै हो । बेलुनहरू निकै सस्ता छन् र छिटो परिचालन गर्न सकिन्छ। भूउपग्रहहरू अनुमानित कक्षहरूमा मात्र घुम्छन् र एकै दिनमा एउटै क्षेत्रमा पटक पटक उड्न सक्छन्।

यसअघि बेलेनमात्र होइन केही भूउपग्रहहरू पनि खसालिएका थिए । तर ती राज्यको स्वामित्व रहेका भूउपग्रहहरू थिए। चिनियाँहरूले आफ्नै एउटा भूउपग्रहमाथि प्रहार गरेका थिए। रुसीहरूले पनि त्यस्तै गरे ।  कसैले पनि अरू कुनै देशको भूउपग्रह भने खसालेका छैनन् । अचेल ड्रोनहरूको व्यापक प्रयोग भएको छ ।

यद्यपि तिनीहरू प्रायः सम्बन्धित देशबाट बिरलै अन्यत्र उड्छन् । तर शीतयुद्धको समयमा निगरानीका अन्य माध्यमहरू प्रयोग गरिँदा स्थिति त्यस्तो थिएन।शीतयुद्धले जासुसी अभ्यासबारे नयाँ नियमहरू ल्यायो । जासुसी विमान पठाउनुलाई स्पष्ट रूपमा भौगोलिक सीमा उल्लङ्घन गर्ने कार्य समान मानियो ।

त्यस्तै अवलोकनका लागि प्रयोग हुने भूउपग्रहहरूको प्रयोगलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको नमान्ने र अनुमति दिने भनिएको थियो। तर जासुसी जानकारी सङ्कलनका लागि उडने वस्तु प्रयोग गर्नु एक जटिल विषय हो। केही वस्तुहरूलाई अनुमति दिइएको छ र केहीलाई छैन। विदेशी बेलुनहरूलाई अमेरिकी सरकारले आफ्नो आकाशमा उड्ने अनुमति दिँदैन । तर जासुसी विमानहरू आज पनि प्रयोग गरिएका छन् ।

अमेरिका स्वयंले थुप्रै जासुसी विमानहरू प्रयोग गर्छ । ती विमानहरू अन्य देशहरूको क्षेत्र वरपर छन् । त्यस्ता विमान खसालिएका घटनाहरू पनि छन् । एक अमेरिकी विमान चीनमा खसालिएको थियो र त्यो एक कूटनीतिक घटना थियो जसबारे बुस सरकारमा रहँदा केही समयसम्म चर्चा भयो पनि ।

पछिल्ला दिनमा आकाशमा उडिरहेका चारवटा वस्तु खसालेपछि अमेरिकी सेनाले उच्च सतर्कता अपनाएको छ।पहिलो बेलुन खसालिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको चीन भ्रमण रद्द भएको थियो ।

चीनले उक्त वस्तु जासुसी प्रयोजनको निम्ति नभई मौसम अनुगमन गर्न छाडिएको उपकरण भएको बताएको थियो । अमेरिकाले गत वर्ष मात्रै आफ्नो हवाई क्षेत्रमा १० पटक भन्दा बढी बेलुनहरू उडाएको चीनको विदेश मन्त्रालयले दाबी गरेको छ ।

अमेरिकी अधिकारीहरूले हालसम्म अज्ञात रहेका वस्तुहरूको उद्देश्य खोजिरहँदा जासुसी गरेको प्रमाण नभेटिएपछिती वस्तु गैरसैनिक हुनसक्ने आकलन गरिएको छ । ती वस्तुहरु वायुमण्डलको तल्लो तहमा थिए र तिनीहरूलाई तल खसाल्नुको उद्देश्य सम्भवतः व्यावसायिक हवाई उडानलाई असहज बनाएको हुनसक्ने भएर हो ।  अब यो बेलुन प्रकरणले नयाँ नियमहरू अघि सार्न सकिने अनुमान गरिएको छ ।

समयसँगै संयुक्त राज्य अमेरिकाले चीनसँगको तनाव कम गर्न र त्यस्ता बेलुनहरू उडाउने कार्यलाई अनुमति नदिन कुनै किसिमको सम्झौता गर्नेछ । यदि कुनै किसिमको मौसमी बेलुन वा गैरसैनिक उड्ने वस्तुहरू अमेरिकी हवाई क्षेत्रमा प्रवेश गर्दै छन् भने त्यहाँ कुनै किसिमको सूचना प्रणाली राखिनु पर्छ । 
    
मानिसहरूले तिनीहरूलाई नदेखेसम्म जासुसी जानकारी सङ्कलन गर्ने वस्तुहरूको बारेमा सायदै सोच्छन् । त्यसैले उक्त शङ्कास्पद चिनियाँ जासुसी बेलुनका कारण अमेरिकी क्रुद्ध बनेको अनुसन्धान विश्लेषक जुसको राय छ । “मलाई लाग्छ मानिसहरूले माथि कतिवटा भूउपग्रहहरू छन् र तिनीहरूले प्रत्येक दिन कसरी तस्बिरहरू कैद गरिरहेका छन् वा अन्य जासुसी जानकारीहरू सङ्कलन गरिरहेका छन् भन्ने कुरा बिर्सन्छन्”, उनले भनिन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०८:४८
##america #china
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि
  • नंः ३ उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
  • नंः ४ पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
  • नंः ५ तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
विचार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शारदा बजगाईँ
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्