Top Navigation
Main Navigation
मंगलबार, असार २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, असार २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल बिहीबार, असोज ९, २०८२

हुलाक टिकटमा मूल्य स्पष्टै लेखिएको हुन्छ-रु ५, रु १० आदी...। तर राजधानीका प्रायः सरकारी कार्यालयहरूका गेट नजिकै देखिने एउटा सामान्य तर गम्भीर दृश्यले सोच्न बाध्य बनाउँछ । टहरामा बसिरहेका केही व्यापारीहरू टिकटको मूल्य आफ्नै हिसाबले तोक्छन् । ५ रुपैयाँको टिकट १० मा, १० को १५ मा । अनि खुलेआम ठगी गरि बेचिरहेका हुन्छन् । आश्चर्य त के छ भने, यो देख्दा–देख्दै पनि सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन । सराेकारवालाहरु माैन छन् । 

‘हामीले बोलेर के हुन्छ र ?’ सवारीसाधनको प्रदूषण जाँच गराएर ग्रीन स्टिकर लिन आएका एक सेवाग्राहीको दुख पाेख्दै भने । दृश्य हेर्दा लाग्थ्याे-विचाैलिया र दलालहरुकाे हालीमुहाली बाक्लै छ । ‘तपाईं र मैले मात्रै कुरा गरेर के हुन्छ र ? देशमा यत्रो परिवर्तन भयो, भ्रस्टाचारविरोधी आन्दोलन चले, धनजनको क्षति भयो । तर सरकारी कार्यालयको गेटमै ५ को टिकट १० मा बेचिँदा कसैलाई चासो छैन । यो त ठगीको खुला नमुना नै हो ।’ मेराे प्रश्नमा उनकाे उत्तर सिधा थियाे । 

त्यही प्रसंगमा अर्का सेवाग्राहीको आक्रोश पनि कम थिएन- ‘एक्लो बृहस्पति झुटो भनेझैँ के गर्ने ? जति भने पनि सबै पसलेहरू एकजुट छन् ।’ सेवाग्राहीकाे कुरा सुन्दा प्रष्ट रुपमा देखियाे-अनुगमन, नियमन गर्ने सरकारी पक्षकाे पनि पसलेहरुलाई साथ सहयाेग दिइरहेका छन् ।

यी माथिका दुवै पात्र केवल प्रतिनिधि मात्र हुन् । देशभरका असंख्य नागरिकको मौन असन्तुष्टि अझै रहेकाे यिनको भनाइमा प्रष्ट झल्किन्छ ।

खुला रूपमा ५ को १० मा टिकट बेच्नु केवल सानो अनियमितता होइन । यो कालोबजारी, उपभोक्ता शोषण र राज्यको राजस्व माथिको प्रत्यक्ष प्रहार हो । सरकारी कार्यालयको छेउमै यस्तो गतिविधि हुनु भनेको नियमन निकायको कमजोरी पनि हो । धेरैले भन्छन्-भ्रष्टाचार भनेको कार्यालय भित्रको टेबुलमुनि हुने पैसाको लेनदेन हो । तर यस्ता टहरा पसलेको कमाइलाई शुद्ध व्यापारको नाम दिनु नै गलत हो । सहजीकरणको बहानामा ठगिने उपभोक्ता, फाइदा उठाउने एजेन्ट र मौन रहने सरकारी अधिकारी-सबैले मिलेर यो सानो देखिने तर ठूलो समस्यालाई जरा गाड्न सहयोग गरिरहेका छन् ।

कुनै पनि व्यापारीसँग उपभोक्ताले बिल माग्दा ‘कसैले माग्दैन’ त्यसैले राखेका छैनौं । यति जवाफ आउँछ । धम्कीको डरले कसैले प्रमाण सङ्कलन गर्न सक्दैन । तर यसले राज्यको दायित्व समाप्त हुँदैन ? एउटा जिम्मेवार नागरिककाे मनमा उठिरहने प्रश्न हाे ।

सम्बन्धित निकायसँग गुनासाे गर्याे वा माैखिक उजुरी गर्याे भने भनिन्छ-लिखित उजुरी आएकाे छैन । अनि सुनेकाे समस्याबाट पन्छिनु सरकारी अधिकारीहरुकाे संस्कारनै हाे । याे समाधान होइन । समस्या उजागर हुनेबित्तिकै स्वतः अनुगमन गरेर कारबाही गर्नुपर्छ । स–साना कुरा बेवास्ता गर्दा देशको अर्थतन्त्रमा नोक्सानी पुग्छ र नागरिकको आस्था कमजोर बन्छ । त्यसाे भएकाले राज्य र जनताप्रति उत्तरदायी सरकार कहिले आउँछ हाेला ? 

राज्यको नियमन जति जरुरी छ । सचेत उपभोक्ता उतिनै आवश्यक छन् । वस्तु खरिद गर्दा प्रिन्ट गरिएको मूल्यमा मात्र किन्ने बानी बसाल्नुपर्छ । ‘समान किन्नै पर्छ, जे भए पनि’ भन्ने मानसिकता बदलेर मात्रै यस्तो ठगी रोक्न सकिन्छ । हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने-सरकारी टिकटको मूल्य किन र कसरी बढाइयो ? कसको आडमा ५ को १० मा बेच्न सम्भव भयो ? उत्तर खोज्न र दबाब सिर्जना गर्न हरेक नागरिकको जिम्मेवारी हो ।

सानो ठगी ठुलो समस्या बन्ने जस्तो देखिन्छ । गलत हो भने आवाज उठाउन ढिलाइ गर्नु हुँदैन । स–साना अनियमिततामा मौन बस्दा देश ठूलो क्षति भोग्छ । जेनजी आन्दोलनले हामीलाई यही सिकाएको छ-बेलैमा हस्तक्षेप नगर्दा समस्या चुलिन्छ । तसर्थ, आजैदेखि सचेत नागरिकका रूपमा सानोतिनो ठगीविरुद्ध बोलौं, प्रमाण सङ्कलन गरौं र सम्बन्धित निकायलाई दबाब दिऔं । किनकि ५ को दशमा बेचिने टिकटको मूल्यभन्दा देशको इमान धेरै ठूलो छ । 

तपाँइलाई लेख पढेपछि लागेकाे प्रतिक्रिया र सुझावकाे लागि  [email protected]

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान आइतबार, वैशाख २७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
विचार
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्