काठमाडौ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ ।
रिचार्ज गर्नेक्रममा भिमसेन थापा गाउँपालिका-२, का रामजीप्रसाद अम्गाईँ र गंगाजमुना गाउँपालिका-४ का राजेन्द्र भण्डारीले जनही एक/एक लाख रुपैयाँ जितेको छ ।
यस योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद १ लाख जित्ने अवसर पाइनेछ।
डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर अंअम्गाईँ र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए।
डिशहोमको तर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेको हो।
विजेताहरुलाई वधाई दिदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाईलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम शोकेसमा हेर्नसकिने छ ।