Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त
प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत ६, २०७९

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ७२ मत खसेको हो । मतदानमा २ सय ६२ सांसद उपस्थित भएको थियो ।

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा १ सय ७२ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको घोषणा गरे ।

प्रस्तावको विपक्षमा ८९ मत खसेको छ । विश्वासको मत दिन्न भन्नेमा १ मत परेको छ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएको थियो ।

त्यतिबेला उनलाई प्रतिनिधिसभाका २ सय ७० सांसदमध्ये २ सय ६८ सांसदले विश्वासको मत दिएको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत १२ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:५८
##PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ?  सोमबार, भदौ १, २०८३
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ? आइतबार, साउन ३१, २०८३
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ? शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’,  पदीय मर्यादा खै ?
पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ? बिहीबार, साउन २८, २०८३
सत्ताको बहुमत, सदनमा अल्पमत
सत्ताको बहुमत, सदनमा अल्पमत बुधबार, साउन २७, २०८३
ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ?
ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ? मंगलबार, साउन २६, २०८३
विश्वासको संकटमा नेपालको राजनीति
विश्वासको संकटमा नेपालको राजनीति शुक्रबार, साउन २२, २०८३
संयुक्त राष्ट्रसंघीय महासभा : विश्वमञ्चमा नेपालको उचाइ घट्दो
संयुक्त राष्ट्रसंघीय महासभा : विश्वमञ्चमा नेपालको उचाइ घट्दो बिहीबार, साउन २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ३ बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
  • नंः ४ बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
  • नंः ५ ओलीले पार्टी पुनर्गठन प्रतिवेदन किन रोके ?
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्