Top Navigation
Main Navigation
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गणतन्त्रको भविष्य उज्ज्वल रहेको नेताहरूकाे प्रतिक्रिया
गणतन्त्रको भविष्य उज्ज्वल रहेको नेताहरूकाे प्रतिक्रिया
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १०, २०८०

काठमाडौ । प्रमुख राजनीतिक दलका नेताहरुले पूर्वाग्रह नराखी मुलुकको समृद्धिका खातिर साझा ‘एजेन्डा’मा आउन सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिएको छ ।

गणतन्त्र दिवसका सन्दर्भमा राससको जिज्ञासामा उनीहरुले देश र जनताका हित विपरीत दलगत स्वार्थका लागि आरोप–प्रत्यारोप  गर्ने प्रवृत्ति अन्त्य गरी विकास र समृद्धिको अभियानमा जुटेर व्यवस्थालाई बलियो बनाउन सकिएमा सबै नेपालीको भविष्य सुन्दर रहने प्रतिक्रिया दिएको हो ।

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले अहिले राष्ट्रिय सहमतिकै सरकार भएकाले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई सुदृढीकरण गर्न राष्ट्रिय एकताको साझा अवधारणा बनाए राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरे।

उनले भने, “यदि त्यो हुन सकेन भने पनि प्रतिपक्षले रचनात्मक भूमिका निर्वाह गर्ने तथा समृद्धि र सुशासनको सवालमा एक ठाउँमा उभिँदै आउनसक्ने चुनौतीको सामना गर्नुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन प्रणाली कार्यान्वयनकै चरणमा रहेकाले सीमित स्रोतसाधनका कारण जनताको विकास, समाजिक न्यायसहित सुशासन र आर्थिक समृद्धिको तीव्र आकाङ्क्षा क्षणमै पूरा गर्न चुनौती भइरहेको बताउँदै उनले व्यवस्था परिवर्तन भएकाले पहिलो चरणमा कानुनी र संरचनागत व्यवस्था मिलाउने विषय नै अहिलेको प्राथमिकता भएको उल्लेख गरे।

“नयाँ संविधानको मर्म र भावनाअनुरुप ऐन, कानुन समयमै बनाउन नसकेका कारण प्रशासनिक संरचना र प्राकृतिक स्रोतसाधनको बाँडफाँट हुन नसकेको" बताउँदै पूर्वमुख्यमन्त्री शाहीले भने, “व्यवस्था सङ्घीय भए पनि अझै पनि राज्य व्यवस्था सिंहदरबार केन्द्रित नै छ ।”

अस्थिरताबाट स्थिरता प्रदान गर्न जनताले कुनै एउटा शक्तिलाई पाँच वर्षका लागि जनादेश दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले मिश्रित जनादेशबाट राजनीतिक स्थिरता प्राप्त गर्न कठिनाइ भएकाले स्थिर सरकार अहिलेको आवश्यकता भएको टिप्पणी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले व्यवस्थालाई दोषारोपण गर्नुको साटो नेतृत्वले समाज र जनताको भावनालाई बुझ्न नसकेको घटनाका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “लोकतन्त्रका लागि धेरै सङ्घर्ष र बलिदान भएको छ, त्यसको उपलब्धि भनेकै गणतन्त्र हो, मुलुकको राजनीतिक चरित्र हिजोकै जस्तो एकात्मक भएर मात्रै अनेक खाले टिप्पणी आएका हुन्, लोकतन्त्रविरुद्धको आवाजले अहिले खासै अर्थ भने राख्दैन।”

लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रप्रति आवेश र हतारोमा आएका आवाजका पक्षमा सत्ता पुग्यो र उनीहरु नै निर्णायक भए भने जनताले दुःख पाउने हुँदा राज्यलाई समयमै सजग र उत्तरदायी तुल्याउनुको विकल्प नरहेको प्रतिक्रिया दिए।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मुलुकले संवैधानिक गणतन्त्र आत्मसात् गरेकाले संविधानअनुरुप राष्ट्रपति संवैधानिक दायराभित्र बस्नुपर्छ भन्ने मान्यताअनुरुप राष्ट्रपति तदनुरुप प्रस्तुत हुनुपर्छ भन्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए।

उनले विगतमा राष्ट्रपति जस्तो सर्वोच्च र गरिमामय पद विवादभन्दा माथि हुन नसकेकाले आगामी दिनमा त्यस्ता घटना दोहाेर्याउन नदिन जिम्मेवार र सचेत भएर राजनीतिक दलले काम गर्नुपर्छ भने ।

नेपाली कांग्रेसका सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जारी भएपछि दुईपटक तीन तहको निर्वाचन भई बिस्तारै संस्थागत रुप लिने विषयमा सफलता प्राप्त भइरहेको महसुस भएको बताए ।

उनले भने, “तर गणतन्त्र भनेको प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बनाउने र चुनाव गराउने कुरा मात्र होइन, ७६ लाख घरपरिवारमा गणतन्त्र आएको महसुस हुुनुपर्छ, उनीहरुले लाभ प्राप्त गर्ने विषयले सार्थकता प्राप्त गर्नुपर्छ।”

सहमहामन्त्री पाण्डेले संवैधानिक, राजनीतिक दृष्टिले सफल देखिए पनि कतिपय कानुनी प्रबन्ध मिलाउनुपर्ने र अर्थ राजनीतिक पाटोबाट जनताको सेवाका लागि निकै मेहनत गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “मानिसको आवश्यकता र आकांक्षाको कोणबाट गति सुस्त देखिन्छ । यसलाई प्रभावकारी र तीव्र बनाउन कानुन र संरचना निर्माण गर्दै सेवा प्रवाहलाई चुस्त तुल्याउन सक्नुपर्छ अनि सफलता प्राप्त हुन्छ ।”

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बास्कोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएको जम्मा ६ वर्ष भएकाले कानुनमा त्यति कमजोरी नदेखिए पनि व्यवस्थापनमा भने केही चुनौती देखिएको प्रतिक्रिया दिए ।

उनले भने, “पहिलो पाँच वर्ष आर्थिक, प्रशासनिक र सेवा प्रवाहको  हिसाबले औचित्यता पुष्टि गर्नुपर्र्नेमा त्यहाँ केही कमजोरी भयो अनि विभिन्न कोणबाट प्रश्न उठ्न पुगेको हो, सङ्घीयतालाई प्रभावकारी तुल्याउन गहन सोच जरुरी छ, निर्वाचन प्रणाली, सेवाप्रवाह, विकास र प्रशासन क्षेत्रमा सुधारको खाँचो देखिन्छ ।”

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले गणतन्त्र नेपाल र नेपालीका लागि गौरवको विषय भएको प्रतिक्रिया दिँदै उनले भने, “मुलुकका सामान्य जनताका छोराछोरी देशकै सर्वोच्च पदमा आसीन हुन पाउनु आफैँमा सबैभन्दा सुखद र ठूलो कुरा हो । पहिले यो हाम्रो परिकल्पना बाहिरको कुरा थियो ।”

अहिलेसम्म गणतन्त्रको अभ्यास पनि सकारात्मक दिशातर्फ नै उन्मुख भइरहेको विचार प्रकट गर्दै अध्यक्ष राउतले भने, “समावेशिताका हिसाबले पहिलो पटक मधेसी समुदायबाट, त्यसपछि महिलासमेत राष्ट्रपति भइसकेको परिप्रेक्ष्यमा सकारात्मक सन्देश प्रवाह भएको छ।”

कुनै भावावेशमा गएर विरोधका लागि विरोध गर्ने प्रवृत्तिमा सुधारको खाँचो औँल्याउँदै उनले बोल्न र विरोध गर्न पाउने वातावरण पनि गणतान्त्रिक व्यवस्थाको उपज भएको धारणा राखे ।

स–सना विषय उठाएर गरिमामय पदको विरोध गरिरहनु सुहाउँदो विषय नभएको टिप्पणी गर्दै अध्यक्ष राउतले राष्ट्रपतिको शान भनेको राष्ट्रको इज्जत र प्रतिष्ठा भएको विषयलाई सबैले मनन गर्न आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु बुधबार, फागुन १३, २०८२
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु मंगलबार, फागुन १२, २०८२
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक बिहीबार, फागुन ७, २०८२
नेकपा एमालेकाे चुनावी घोषणापत्र
नेकपा एमालेकाे चुनावी घोषणापत्र बिहीबार, फागुन ७, २०८२
रुकुमपूर्वमा प्रचण्डका चार दिन
रुकुमपूर्वमा प्रचण्डका चार दिन सोमबार, फागुन ४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र आइतबार, फागुन ३, २०८२
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे आइतबार, फागुन ३, २०८२
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली आइतबार, फागुन ३, २०८२
उत्पादनको ‘नयाँ युद्ध’ र समृद्धिको स्पष्ट खाकामा नेकपा
उत्पादनको ‘नयाँ युद्ध’ र समृद्धिको स्पष्ट खाकामा नेकपा आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कविता : गाउँ-शहर
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्