Top Navigation
Main Navigation
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper मंगलबार, असोज १६, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
समाज
  • Home
  • समाज
  • ऐतिहासिक शहीद स्मृतिग्रन्थ लोकार्पण 
ऐतिहासिक शहीद स्मृतिग्रन्थ लोकार्पण 
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, जेठ २०, २०८०

काठमाडौ । काठमाडौँ पूर्वप्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा ऐतिहासिक पुस्तक शहीद स्मृतिग्रन्थको लोकार्पण भएको छ ।

शहीद चिनियाँलाल सिंह तथा समाजसेवी उषा सिंह स्मृति प्रतिष्ठानले ओझेलमा परेका नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिने शहीदहरुको सोधखोज गरी तिनका विविध पक्ष र जीवनीका बारेमा ऐतिहासिक जानकारी दिने उद्देश्यले ४३२ पृष्ठको ८२ वटा लेख रचना समाविष्ट गरी प्रकाशित गरिएको शहीद स्मृतिग्रन्थको बागबजारस्थित हार्दिक होटलमा एक भब्य समारोहबीच लोकार्पण गरिएको हो ।

ramkumar 21685798978.jpg

उक्त कार्यक्रम प्रसिद्ध हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको अध्यक्षतामा सम्पन्न तथा संस्कृतिविद् तथा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङ, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, कामनपा १० का पूर्वअध्यक्ष नरसिह व्यञ्जनकार, प्राध्यापक डाक्टर यादवप्रसाद ढुंगाना लगायत नेपालका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश रेग्मीले जनताले श्रवण गर्न लायक राष्ट्रका लागि समर्पित शहीदहरुलाई सम्झदा मात्र पनि जीवन प्रेरित हुने भएकोले यी र यस्तै कामहरु यो संस्थाले गर्दै अझ अगाडि बढोस् भनेर शुभकामना दिएका थिए।

संस्कृतिविद् तथा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गुरुङले यस पुस्तकले एउटा अनुकरणीय काम गरेको भन्दै सरकारी श्रेस्ताबाट प्रमाणित भएका र नभएका तर श्रुति परम्पराबाट सुन्दै आएका शहीदहरूको खोजी यसैगरी गरिनुपर्छ भनेका थिए।

त्यस्तै लोकप्रिय हास्यव्यङ्ग्यकार पाँडेले शहीद चिनियाँलाल सिंहले स्थापित गरेको महावीर इन्स्टिच्युटले नेपालमा राष्ट्रिय भावना र सामाजिक शैक्षिक र राजनीतिक चेतना फैल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

साथमा जेल पर्दा खाना र औषधि नदिएकोले जेलबाट निस्कने बित्तिकै शहीद चिनियाँलाल सिंहको मृत्यु भएकोले उनलाई शहीद घोषणा गर्न यो संस्था अग्रसर रहेको पनि बताए ।

कार्यक्रममा अधिकांश वक्ताहरुले पुस्तक नेपालका शहीदहरुको बारेमा अध्ययन गर्नका लागि ज्यादै नै महत्वपूर्ण रहेको बताएका थिए भने अन्त्यमा संस्थाका कोषाध्यक्ष सरस्वती पन्त भट्टराईले पुस्तक प्रकाशनमा साथ दिने सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरेकी थिइन् ।     

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १९:०९
##booksrealese
Employees Provident Fund Employees Provident Fund
प्रतिक्रिया दिनुहोस्
थप समाज
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता सोमबार, असोज १५, २०८०
बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज १५, २०८०
भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना सोमबार, असोज १५, २०८०
लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो
लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो सोमबार, असोज १५, २०८०
सडक दुर्घटनामा १२ हजार ८ सयको मृत्यु, ८० हजार घाइते
सडक दुर्घटनामा १२ हजार ८ सयको मृत्यु, ८० हजार घाइते आइतबार, असोज १४, २०८०
प्रज्ञापारमिता दुःख-सुखको सहयोगी सहकारी-आपतमा परेका सदस्यहरुलाई राहत
प्रज्ञापारमिता दुःख-सुखको सहयोगी सहकारी-आपतमा परेका सदस्यहरुलाई राहत शनिबार, असोज १३, २०८०
आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम
आलापोट कृष्णचौरमा बृहत निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रम शनिबार, असोज १३, २०८०
मनसुन ढिलो बाहिरिने, सतर्कता अपनाउन अनुरोध
मनसुन ढिलो बाहिरिने, सतर्कता अपनाउन अनुरोध शनिबार, असोज १३, २०८०
राजेश हिमालयको नेतृत्वमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपको सामाजिक सेवा
राजेश हिमालयको नेतृत्वमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपको सामाजिक सेवा शनिबार, असोज १३, २०८०
लोकप्रिय
  • नंः १ राहत शिक्षकको माग पूरा, मनाए विजय उत्सव (भिडियाे)
  • नंः २ क्रिकेट स्टार भीमलाई अधिया कमाएर बुबाले हुर्काए
  • नंः ३ देशभरका गणित शिक्षकलाई प्रशिक्षण सुरु
  • नंः ४ भक्तपुरको साँगाबाट अभिनेता अनमोल केसी पक्राउ
  • नंः ५ एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा
विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा NamiNews- नामीन्यूज
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ NamiNews- नामीन्यूज
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड रासस
सूचना-प्रविधि
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा NamiNews- नामीन्यूज
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल NamiNews- नामीन्यूज
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ रासस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्