Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ऐतिहासिक शहीद स्मृतिग्रन्थ लोकार्पण 
ऐतिहासिक शहीद स्मृतिग्रन्थ लोकार्पण 
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, जेठ २०, २०८०

काठमाडौ । काठमाडौँ पूर्वप्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा ऐतिहासिक पुस्तक शहीद स्मृतिग्रन्थको लोकार्पण भएको छ ।

शहीद चिनियाँलाल सिंह तथा समाजसेवी उषा सिंह स्मृति प्रतिष्ठानले ओझेलमा परेका नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिने शहीदहरुको सोधखोज गरी तिनका विविध पक्ष र जीवनीका बारेमा ऐतिहासिक जानकारी दिने उद्देश्यले ४३२ पृष्ठको ८२ वटा लेख रचना समाविष्ट गरी प्रकाशित गरिएको शहीद स्मृतिग्रन्थको बागबजारस्थित हार्दिक होटलमा एक भब्य समारोहबीच लोकार्पण गरिएको हो ।

ramkumar 21685798978.jpg

उक्त कार्यक्रम प्रसिद्ध हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको अध्यक्षतामा सम्पन्न तथा संस्कृतिविद् तथा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङ, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, कामनपा १० का पूर्वअध्यक्ष नरसिह व्यञ्जनकार, प्राध्यापक डाक्टर यादवप्रसाद ढुंगाना लगायत नेपालका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश रेग्मीले जनताले श्रवण गर्न लायक राष्ट्रका लागि समर्पित शहीदहरुलाई सम्झदा मात्र पनि जीवन प्रेरित हुने भएकोले यी र यस्तै कामहरु यो संस्थाले गर्दै अझ अगाडि बढोस् भनेर शुभकामना दिएका थिए।

संस्कृतिविद् तथा प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गुरुङले यस पुस्तकले एउटा अनुकरणीय काम गरेको भन्दै सरकारी श्रेस्ताबाट प्रमाणित भएका र नभएका तर श्रुति परम्पराबाट सुन्दै आएका शहीदहरूको खोजी यसैगरी गरिनुपर्छ भनेका थिए।

त्यस्तै लोकप्रिय हास्यव्यङ्ग्यकार पाँडेले शहीद चिनियाँलाल सिंहले स्थापित गरेको महावीर इन्स्टिच्युटले नेपालमा राष्ट्रिय भावना र सामाजिक शैक्षिक र राजनीतिक चेतना फैल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

साथमा जेल पर्दा खाना र औषधि नदिएकोले जेलबाट निस्कने बित्तिकै शहीद चिनियाँलाल सिंहको मृत्यु भएकोले उनलाई शहीद घोषणा गर्न यो संस्था अग्रसर रहेको पनि बताए ।

कार्यक्रममा अधिकांश वक्ताहरुले पुस्तक नेपालका शहीदहरुको बारेमा अध्ययन गर्नका लागि ज्यादै नै महत्वपूर्ण रहेको बताएका थिए भने अन्त्यमा संस्थाका कोषाध्यक्ष सरस्वती पन्त भट्टराईले पुस्तक प्रकाशनमा साथ दिने सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरेकी थिइन् ।     

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १९:०९
##booksrealese
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्