Top Navigation
Main Navigation
बुधबार, फागुन २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, फागुन २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • पर्यटनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री दाहाल
पर्यटनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री दाहाल
रासस
रासस मंगलबार, जेठ २३, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएको छ।

काठमाडौँमा सुरु भएको हिमालयन ट्राभल मार्टको चौथो संस्करणको उद्घाटन गर्दै उनले सरकारको उच्च प्राथमिकतामा परेको पर्यटन क्षेत्रमा ढुक्कका साथ लागनी गर्न व्यवसायीलाई आग्रह गरेको हो ।

प्रधानमन्त्री दाहालले पर्यटन पूर्वाधारमा लगानी गर्न विश्व समुदायलाई आह्वान समेत गर्दै उनले भने, “सरकारले पर्यटनलाई उच्च प्राथमिकतामा राखेको छ, कम लागतमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पनि पर्यटन भएकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्दछु, त्यसका लागि सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।”

अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, मनोरम हिमशृङ्खला तथा भाषा, कला, सम्पदा र संस्कृतिको महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको भन्दै प्रधानमन्त्री दाहालले नेपालको पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने धारणा राखे।

सरकारले पर्यटकीय पूर्वाधार विस्तार र सेवा क्षेत्रको गुणस्तर अभिवृद्धिलाई पनि उच्च प्राथमिकता दिएको उनले उल्लेख गरे। प्रधानमन्त्री दाहालले नेपाललाई हिमालय प्रवेशद्वारको रूपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको हिमालयन ट्राभल मार्टले नेपाललगायत हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्ट प्रमुख मञ्च भएको बताए।

देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरू सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले नेपाललाई जीवन्त अनुभवहरू प्रदान गर्ने एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

देशमा तीन तहको निर्वाचन सम्पन्न भई सरकार र राजनीतिक दलको ध्यान अर्थतन्त्रको विकासमा केन्द्रित रहेको भन्दै यसलाई थप मजबुद बनाउन पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्न मार्ट उपयोगी हुने बताए। पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल गन्तव्यको विश्व बजारमा प्रवर्द्धनका लागि यस्ता पर्यटकीय गतिविधिले सहयोग पुग्ने बताए।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला लाग्नुपर्नेमा जोड दिए।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका ४ सय भन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ। 

पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पुर्याउने उद्देश्यले मार्ट आयोजना गरिएको बताए।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २२:५३
##prachanda #himalayantravelmart
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
मतदान गर्न काठमाडौँबाट गाउँ जाँदै
मतदान गर्न काठमाडौँबाट गाउँ जाँदै मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको अपील
प्रधानमन्त्री सुशीला कार्कीको अपील सोमबार, फागुन १८, २०८२
नेकपा संयोजक ‘प्रचण्ड’को अपिल
नेकपा संयोजक ‘प्रचण्ड’को अपिल आइतबार, फागुन १७, २०८२
अहिलेको तुलनामा पाँच गुणा तिव्र गतिमा काम गर्छौ : सभापति थापा
अहिलेको तुलनामा पाँच गुणा तिव्र गतिमा काम गर्छौ : सभापति थापा आइतबार, फागुन १७, २०८२
देशको स्वाधीनताभन्दा माथि हुँदैन विकास : अध्यक्ष हर्क साम्पाङ
देशको स्वाधीनताभन्दा माथि हुँदैन विकास : अध्यक्ष हर्क साम्पाङ शुक्रबार, फागुन १५, २०८२
जेनजीको मागलाई सम्बोधन गर्न स्थापना भएको पार्टी हो उज्यालो नेपाल पार्टी : अध्यक्ष कुलमान घिसिङ
जेनजीको मागलाई सम्बोधन गर्न स्थापना भएको पार्टी हो उज्यालो नेपाल पार्टी : अध्यक्ष कुलमान घिसिङ आइतबार, फागुन १०, २०८२
पूर्वराष्ट्रपति डा रामवरण यादवकाे सन्देश
पूर्वराष्ट्रपति डा रामवरण यादवकाे सन्देश बिहीबार, फागुन ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाहको सारगर्भित सन्देश
पूर्वराजा ज्ञानेन्द्र शाहको सारगर्भित सन्देश बुधबार, फागुन ६, २०८२
२६३ औँ नेपाली सेना स्थापना दिवस
२६३ औँ नेपाली सेना स्थापना दिवस आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ४ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
  • नंः ५ वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा 
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्