Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • ‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण
‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण
रासस
रासस बुधबार, असार १३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी(बबई डाइभर्सन) आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिएको हो ।

एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले पहिलो पटक ती आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएको हो।

ती दुवै आयोजना नदी पथान्तरण आयोजना हुन् । दुवैमा ‘टनेल बोरिङ मेशिन’ (टिबिएम)को प्रयोग गरिएको छ। भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रिया पूरा भए पनि हाल बाँधस्थल, विद्युत गृहलगायतको निर्माण जारी छ।

विसं २०७७ मा नै आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन।

आयोजनाको समग्र अवस्थाबारेमा आयोजना प्रमुख दिनेश भट्टले जानकारी गराउँदै कोरोना कहरलगायतले अपेक्षित काम हुन नसकेको जानकारी गराए। उनले परामर्शदाता कम्पनीको अभावमा काममा केही कठिनाइ भएको बताए ।

भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजना सुरु गरिएको हो। आयोजनाबाट ४६ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य छ ।

बाँध निर्माणको काम अपेक्षितरुपमा अगाडि बढेको भए पनि विद्युत्गृह निर्माण अपेक्षित प्रगति हुन नसकेको सो आयोजनालाई गति दिन सरकारले अधिकतम प्रयास गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको सुरुङ निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न भए पनि अन्य काममा ढिलाइ हुँदा समस्या देखिएकाले तत्काल समाधानको पहल जरुरी रहेको बताए ।

यस्तै, सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेस प्रदेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा भने उल्लेख्य प्रगति भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको नौ महिनामै कूल सात दशमलव ९६ किलोमिटर निर्माण सम्पन्न भएको छ।

गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो । आयोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ निर्माणमा अपेक्षित प्रगति भएको र हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत बराबर पुगेको छ ।

सो आयोजनाको सुरुङको कूल लम्बाइ १३ दशमलव एक किलोमिटर छ । टनेल बोरिङ मेशिन ९टिबिएम०को प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ ।

गत महिना मात्रै सो आयोजनाको कूल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिए।

विश्वव्यापीरुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उनले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए ।

सो आयोजनाबाट तराई मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गर्दै आयोजना प्रमुख बरालले विद्युतगृह र बाँध तथा प्रसारण लाइन निर्माणका लागि निर्माण व्यवसायी परिचालन भइसकेको बताए ।

चारवटै कामका लागि समानान्तर रुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उहाँले तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुने बताए।

चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामा सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज हुने उनको भनाइ छ।

ऊर्जामन्त्री बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे।

“चालु आवका लागि आयोजनाका लागि विनियोजित सम्पूर्ण बजेट भुक्तानी भइसकेको छ । थप बजेट तत्काल उपलब्ध गराउनु आवश्यक छ । त्यसका लागि तत्काल पहल गरिदिनुहुन म प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु”, मन्त्री बस्नेतले भने ।

सुरुङ निर्माणमा भौगर्भिक रुपमा रहेको जटिलताका कारण दुई पटक समस्या देखिएको थियो । सुरुङ निर्माणका क्रममा एक पटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि पुगेकाले अब कुनै पनि जटिलता उत्पन्न नहुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन आयोजनामा सकेसम्म प्रत्यक्ष रुपमा नै नभए एक्सन रुमबाटै अनुगमन निरीक्षण गरी समस्या समाधान गर्ने र विकासको गतिलाई अगाडि बढाउने बताउँदै आएको छ ।

सो अवसरमा सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको नियमितरुपमा एक्सन रुमबाटै भए पनि अनुमगन, निरीक्षण तथा आवश्यक निर्देशन दिने तथा समस्या समाधान गर्ने बताए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:३८
##pushpakamaldahal #prachanda
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
खुश्बू ओली : बर्खामासमा खाना र पानी बन्द गरेर सुकुम्बासीलाई लखेट्ने ?
खुश्बू ओली : बर्खामासमा खाना र पानी बन्द गरेर सुकुम्बासीलाई लखेट्ने ? शनिबार, असार २७, २०८३
दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ?
दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ? मंगलबार, असार २३, २०८३
सरकारले १०० दिनमा के के गरे ? सुन्नुहाेस्
सरकारले १०० दिनमा के के गरे ? सुन्नुहाेस् आइतबार, असार २१, २०८३
कर्णाली प्रदेशका ३३ स्थानीय तह मौसम मापन केन्द्रविहीन
कर्णाली प्रदेशका ३३ स्थानीय तह मौसम मापन केन्द्रविहीन शनिबार, असार २०, २०८३
प्रश्नको जवाफ र स्पष्टीकरण दिँदै मन्त्री महावीर पुन
प्रश्नको जवाफ र स्पष्टीकरण दिँदै मन्त्री महावीर पुन शुक्रबार, असार ५, २०८३
कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं ।
कांग्रेस लास र दासको पार्टी होइन, त्यै हिम्मतमा त्यै नैतिक धरातलमा उभिएर आज बोल्न सकिरहेका छौं । बिहीबार, जेठ २८, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्ति
प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्ति आइतबार, जेठ १७, २०८३
बुढानिलकण्ठमा दर्शनार्थीको ओइरो
बुढानिलकण्ठमा दर्शनार्थीको ओइरो सोमबार, जेठ ११, २०८३
आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई बिहीबार, वैशाख ३१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः २ महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
  • नंः ३ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ४ उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
  • नंः ५ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्