Top Navigation
Main Navigation
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, वैशाख २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तरकारी बजार  
तरकारी बजार  
उमेश रेग्मी
उमेश रेग्मी शनिबार, असार १६, २०८०
Api Himal

“ए भाइ !, यो काउली कसरी दिएको हो ?” “काउली महँङ्गो भयो दाइ ! पुरानो भाउमा दिन मिल्दैन अब ।”
“किन नि ?”

“सरकारले मलमा पनि राजनीति गर्न थाल्यो । अब भाउ नबढाएर के गर्नु !” “काउलीमा त घरकै मल प्रयोग गरे भइहाल्यो नि । किन सरकारको मुख ताकेर बस्नु ?”

“पहिले जस्तो कहाँ छ र दाइ ! सबैको घरमा ढल बनि सक्यो । सेफ्टी ट्याङ्की भएको घर पाउनै गाह्रो छ । कहाँबाट लेराउनु काउलीलाई मल!” “ढल गएर मिसिने खोलामा नै हो । त्यहि खोलाको पानी लेराएर हाल्यो भने भइहाल्यो नि।”

“कहाँ हुन्छ र दाइ! त्यो पानीमा त काउली, मुला अनि सागपात धुनु पर्छ । धारमा पानी आउँदैन, ढुङ्गे धारा सुकी सक्यो । इनार भन्ने नाम मात्र को हो । नधोई लेरायो भने तपाईहरु नै गाली गर्नुहुन्छ फोहोर भयो भनेर । धुनु त पर्यो नि, हैन र ?” “ए त्यसो भए पुरानो भाउमा नदिने ? साग दिने त ?”

Nepal Oil Corporation

“साग पनि महँगो भयो । तपाई संधै आउने मान्छे, ल आजलाई पुरानै भाउमा लिएर जानुस् ।” “ए साग लिन आउनु भएको ? कसरि दिएको रहेछ ? म त त्रिशुलीको माछा पाइन्छ कि भनेर हेर्दैछु ।”
“त्रिशुलीको माछा त्रिशुलीमै गएर खोज्दा पनि पाइदैन । यहाँ के पाइनु । कताकता बाट बटुल्छन् अनि त्रिशुलीको भन्दै बेच्छन् ।”

“त्यहि त ! छोरी हेर्न केटा पक्ष आउने भन्या छन् ।  यसो माछा मासु पकाएर स्वागत गरु भन्ठानेको । रहर मात्रै होला जस्तो छ ।” “छोरीको पनि बिहे गर्ने बेला भइसक्यो हगि ?” “होत नि । २५ पुगीहाली । अब राम्रो केटाको कुरा आएकोले उसले पनि हुन्छ भनि, मैले त शुर कसे ।” 
“ल ! बधाई छ ! त्यसो भए ।”

“धन्यवाद ! त्यतातिर राम्रो चम्सुर पालुङ्गो रहेछ । एक चोटी भाउ सोध्नु पर्यो ।” “ल त, म चाहीँ मुला लिन तिर लागेँ, यसो बेलुकालाई सितन।” “ककनीको मुला हो बाजे । राम्रो, मिठो अनि सस्तो ।” “ककनी नगएको पनि थुप्रै भयो त हो ।यो मुलाले सम्झाई दियो ।”

“घर नजिकैको मन्दिर जान सकेको छैन आफू । ककनी त टाढै छ ।” “त्यो मन्दिर जानु भन्दा त नजानु वेश । खुट्टा टेक्ने ठाउँ हुँदैन । फेरी धर्मको नाममा मोज गर्नेहरुले बोका, कुखुरा काटेर रगतको खोलो नै बगाउँछन् ।”

“त्यै त भन्या ! कस्तो रुप लिंदै गयो सबै कुराले । कस्तो राम्रो गोलभेडा रहेछ । कति हो यसको भाइ ?” “सलाद खाने गोलभेडा हो दाइ । मिलाएर दिन्छु नि, कति चाहियो ?” “पिउँदा खेरि सलाद पनि भएको त राम्रै हो । एक किलो हाली देउन ।”

“अस्ति पिएको ब्रान्ड त त्यति मिठो थिएन हो । नक्कली ब्रान्डले पनि हैरान पारी सक्यो आजभोलि । के भएछ त्यहाँ, भिड त ठुलै छ।” “पाकेटमारले ब्याग थुतेर भागेछ । ति महिलाको गहना पनि ब्यागमै थियो रे ।”

“तरकारी किन्न आउँदा पनि के गहना बोकेर आएको होला ! बुढीले पाएदेखि तामा लेराउनु भन्थी । म त खोज्न थाले है।” “घरमै बनाको तामा हो हजुर । मिठो छ । कति दिउ ?” “एकपाउ जति दिनुस् न त । नाङ्ग्लोमा यसरि बेच्न बस्दा आउला नि पुलिस फेरि।”

“आइरहन्छन् तिनीहरु हामीलाई दुःख दिन । गरिबलाई जता गए पनि दुःख नै त हो ।” “के को हल्ला हो त्यतातिर ? तामा भयो ? पुलिस आएको जस्तो छ है नाङ्ग्लो उठाउनु पर्ला जस्तो छ ।”

“बालुवा थुपारेर सडक ओगटेर बस्नेलाई चाहि केहि गर्दैन, हाम्रो एउटा नाङ्ग्लो चाहि धेरै भा छ यी पुलिसलाई ।”
“घर बनाउनेहरुले बालुवा इँटा बाटोमा थुपारेर पनि बिजोगै छ भन्या ।”

“त्यै त अस्ति त्यो घर अगाडी थुपारेको रोडामा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा हाम्रो घरमा बस्ने कृष्णेको हात नै भाच्चिएको । त्यो पनि आँखा नहेरी दौडाउँछ ।”

“बाटो सानो, मोटरसाइकलको ताँती हरेक दिन बढदो छ । त्यसमा पनि मापसे गरे पछि त हुन सम्म हुन्छ ।”
“मापसे को धुनमा कमाउन पल्क्या छन् कोहि । खै कसलाई के भन्नु ?” “सबैलाई आ–आफ्नै चिन्ता । अरुलाई जे सुकै होस् के मतलब।”

“त्यतातिर सवारी छ कि क्याहो कसैको? बाटो बन्द गर्या छ त !” “कतै बाटोमा बालुवा थुपारेर बन्द, कतै कसैको सवारीले बन्द । हामी चाहि कताबाट हिड्ने हो?”

“हैन यी ठूला भनाउँदाहरुलाई कतै जानु पर्यो कि बाटो बन्द गर्नु पर्ने । के को डर हो यिनीलाई ? हुन त राम्रा काम गरेको भए डर के को हुन्।”

“राम्रो काम गर्ने को पो छर यहाँ। जो हेर्यो त्यहि बेइमान लाग्छ मलाई त । त्यहाँ हेर्नुस त त्यो मासु पसलमा झिंगा भन्केको । छ्या छ्या त्यस्तो पनि बेच्नु। यस्तै भएर हो म भेजिटेरियन भएको ।”

“ओहो कस्तो कालो निलो भएर आयो त आकाश।” “हो ! घनघोर पानी पर्ला जस्तो छ । जानु पर्ला जस्तो छ घर तिर । खै मुला बाहेक किन्न पाइएन आज। लागे है त ।”

“भेट्दै गरुँला नि फेरि फेरि ।”

“नमस्ते”

नामी साप्ताहिक

प्रकाशित मिति २०८० साल असार ८ गते शुक्रवार

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १२:२४
##tarkaribazar #umeshregmi
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्