Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • मन्त्री बस्नेत र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीबृजको उदघाटन
मन्त्री बस्नेत र प्रधान सेनापतिद्वारा मेलम्ची बेलीबृजको उदघाटन
रासस
रासस शुक्रबार, असार २२, २०८०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० र ११ जोड्ने इन्द्रावति नदीमा झण्डै दुई वर्षपछि बेलीवृजको उद्घाटन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विशेष समारोहबिच उक्त बेलीवृजको संयुक्त रुपमा उदघाटन गरेको हो ।

मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानियबासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गरेका हुन् ।

उनले भने, “मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला मैले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरे र आज सेनाको सहयोगमा समयमै बेलीवृजको निर्माण सम्पन्न भएको छ। ”

बेलीबृजले जिल्लावासीको आवतजावतका साथै आर्थिक र समाजिक दृष्टिले पनि जनजीवन सहज बनाउने बताउँदै मन्त्री बस्नेतले  सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बाग्मती प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुसँग पनि सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको दाबी गर् ।

उद्घाटन समारोहमा नेपाली सेनाका प्रधान सेनापति शर्माले नेपाली सेना सधै नेपाली जनताको सुख दुखमा साथ दिदै आइरहेको भन्दै मेलम्ची बेली ब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए ।

“नेपाली सेना नेपाली जनताको साझा सम्पति हो। आज यहाँ बेलीवृजको निर्माणले स्थानीयलाई सबै दृष्टिकोणले सहयोग पुग्ने अपेक्षा गरेका छौ ”, उनले भने।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्य मन्त्री बस्नेतको अथक प्रयास र दृढ संकल्पका कारण मेलम्ची बेलीवृज समयमै सम्पन्न भएकोमा जोड दिदै नेपाली सेनाको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा सिनधुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो ।

बेलीवृजले स्थानीय हर्षित

२०७८ सालको साउनमा बाढिका कारण मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने ‘कम्पोजिट वृज’ बगाएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाई भएको थियो ।

इन्द्रावती गाउँपालिका-२ का वडाअध्यक्ष श्यामबहादुर गिरिले नवनिर्मित बेलीवृजले स्थानीयलाई राहत मिलेको बताउँदै उनले भने, “तीन वडा जोड्ने यस पुलले नदि वारिपारि व्यापार गर्न र आफन्तजनबिचको भेट्घाटलाई सहज बनाएको छ। तर बेलीवृजले वर्षायामलाई थेग्न सक्छ सक्दैन भन्ने डर स्थानीयमा अझै छ । ”

वडा नम्बर १० मा बसोबास गर्दै आएको स्थानीय बासिन्दा शान्ति मिजारको परिवार किनमेलदेखि बालबच्चाको विद्यालयका लागि वडा ११ मा निर्भर छन्। बेलीवृजको निर्माणले दुई वर्षदेखि भोग्दै आएको समस्याबाट मुक्त भएको भन्दै ६५ वर्षीया मिजारले हर्ष व्यक्त गरे।

“बाढीले सबै बगाएर लगेको थियो। त्यसपछि पनि पुल नबन्दा दैनिक सास्ती खेप्दै आएका थियौ ” उनले भने, “यहि पर पाँच मिनेटको पैदल दुरीमा वडा ११ मा बालबच्चाको पढ्छन । पुल नहुदा तीन घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यता आजबाट अन्त्य भएको छ। ”

यता, वडा ११ का स्थानिय रामकुमार तामाङ भन्छन्, “दुई वर्षसम्म अस्थाई विकल्पको रुपमा प्रयोग गर्दै आएको! हिजो भर्खरै बग्यो। धन्न आज बेलीवृजको उद्घाटन भयो । अब ६/७ किलोमिटर हिड्ेर वारपार गनुपर्ने बाध्यता अन्त्य भएको छ।”

गत जेठ महिनामा नेपाली सेनाले उक्त बेलीवृज निर्माणको जिम्मेवारी पाएको थियो। नवनिर्मित बेलीवृजको लम्बाई ६७.७० मिटर, चौडाई ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:१६
##bellybridge #indrawatiriver
प्रतिक्रिया दिनुहोस्
थप Multimedia
तयारी हुँदैछ महाधिवेशनस्थल
तयारी हुँदैछ महाधिवेशनस्थल शनिबार, असोज १७, २०८३
काठमाण्डू सहर
काठमाण्डू सहर बुधबार, असोज १४, २०८३
वर्षात रोकिएपछिको हिमश्रृङ्खला
वर्षात रोकिएपछिको हिमश्रृङ्खला मंगलबार, असोज १३, २०८३
संसदमै भक्कानिईन् सहीदकी आमा
संसदमै भक्कानिईन् सहीदकी आमा मंगलबार, असोज ६, २०८३
बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण
बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण शुक्रबार, भदौ ५, २०८३
याे देशमा न्याय छैन, उदाहरणकाे लागि माइतिघर गएर हेरे हुन्छ
याे देशमा न्याय छैन, उदाहरणकाे लागि माइतिघर गएर हेरे हुन्छ बुधबार, साउन २७, २०८३
देशबासीलाई पूर्वराष्ट्रपति यादवको आग्रह
देशबासीलाई पूर्वराष्ट्रपति यादवको आग्रह शुक्रबार, साउन १५, २०८३
खुश्बू ओली : बर्खामासमा खाना र पानी बन्द गरेर सुकुम्बासीलाई लखेट्ने ?
खुश्बू ओली : बर्खामासमा खाना र पानी बन्द गरेर सुकुम्बासीलाई लखेट्ने ? शनिबार, असार २७, २०८३
दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ?
दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ? मंगलबार, असार २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्