Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
आइतबार, चैत २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, चैत २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कुमार देवताको पूजा गरी सिथि नखः पर्व मनाइँदै
कुमार देवताको पूजा गरी सिथि नखः पर्व मनाइँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २, २०७८

काठमाडौ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामकासाथ सिथि नखः पर्व मनाउँदैछन। 

प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ । 

ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ। सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ । 

यस दिन विषेशगरी कुमारलगायत सबै देवीदेवतालाई मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः (बारा) चतामरी, मालपुवा, आरुबखडा, काँक्रो र सचुं(भुटेको नयाँ गहुँको पिठो र चिनीबाट बनेको विशेष प्रकारको रोटी) चढाउने  र आफूले पनि भोजन गर्ने प्रचलन रहेको छ । 

त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ। गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ ।

चाडपर्वका नाममा ऋतुअनुसारको पकवान खान सिपालु नेवार समुदायले यस दिन वः, चतामरी र सचुंको भोजन गरेर शरीरलाई वर्षा खप्न सक्ने बनाउने संस्कृतिकर्मीहरु बताउँछन् । 

धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । बर्सातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । 

यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःका दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चतामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए । 

सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन्। बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाइँ) शुरु हुने भएकोले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

नेवार समुदायमा सिथि नखःले दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा. डा. श्रेष्ठ बताउँछन् । “पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले बर्सातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ”, उनले भने । 

नेवार समुदाय कला, संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् ।

नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । 

यस्तो अवसरमा किसानहरुलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिकरूपले पनि तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व रहेको प्रा डा श्रेष्ठको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १०:३१
##SithiNakha
प्रतिक्रिया दिनुहोस्
थप समाज
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
अरुण नदीमा जेटबोट चढेर
अरुण नदीमा जेटबोट चढेर शनिबार, फागुन ३०, २०८२
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः २ जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
  • नंः ३ दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
  • नंः ४ नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
  • नंः ५ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
विचार
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्