Top Navigation
Main Navigation
शनिबार, माघ ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित
मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असोज १०, २०८०

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ।

केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई २ सय ७३ रनले पराजित गरेको हो ।  पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । नेपालले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव १ ओभरमा ४१ रनमै अलआउट भयो।

उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटरले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २ २ तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १ १ विकेट लिए।

यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे भने कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए।

यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए।

कुशल मल्लले ५० बलमा अविजित १ सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए भने मल्लले यस क्रममा १२ छक्का र ८ चौका तथा ऐरीले ८ छक्का प्रहार गरे।

यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा  आसिफ शेखले १७ बलमा १६ रन बनाए।

नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:२५
##Cricket
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात बिहीबार, असोज २३, २०८२
युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित आइतबार, असोज १२, २०८२
गोठाटार डोजाङद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई सम्मान
गोठाटार डोजाङद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई सम्मान शनिबार, असोज ४, २०८२
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्