Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन ७, २०८२

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन्।

नेपाल तेक्वान्दो संघको आयोजनामा सोमबारदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत जुनियर तथा क्याडेटको पुरुष ४५ केजीमुनिको तौल समूहमा केनिशले फाइनलमा नेपालकै आवश्यक विष्टलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। सो तौल समूहमा नेपालकै सुशन थापा र आदित्य खड्काले कांस्य पदकमा चित्त बुझाए।

यसैगरी पुरुष ३७ केजीमुनिको तौल समूहमा नेपालका प्राजोल पौडेलले फाइनलमा नेपालकै विवश खड्कालाई पराजित गरी स्वर्ण पदक जित्न सफल भए भने यस तौल समूहमा नेपालका अमिर शाक्य र नितेश देउलाले कांस्य पदक हासिल गरेका छन्।

पुरुष ४१ केजी मुनी भारतका अयान अली काजीले फाइनलमा नेपालको सुजन नेपालीलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् भने भारतका अमाव कम्बोज र नेपालका सुभम अधिकारीले कांस्य पदक हासिल गरेका छन्।

यसैगरी महिला ३७ केजीमुनीको तौल समूहमा भारतका सुरेश सोनवणे समीक्षाले फाइनलमा नेपालका जोवियाना तामाङलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे भने सो तौल समुहमा नेपालका प्रतिभा खड्का र नेपालकै अमृता लामाले कांस्य पदकमा चित्त बुझाए।

यसैगरी क्याडेट महिला ४१ केजीमुनी भारतकी वैष्णवी यादवले फाइनलमा भारतकै नभा शशिकान्तलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरिन् भने नेपालका अन्वेषा घिमिरे र रितिका ठाकुरीले कांस्य पदक हात पारे।

क्याडेट पुरुष ४९ केजी तौलमुनी नेपालका आयुष बलामीले भारतका रिशान फरहादलाई पराजित गरी स्वर्ण पदक जित्दा नेपालकै रोज विक र सक्षम घलेले कांस्य पदक हात पारे ।

क्याडेट महिला ३३ केजीमुनीको तौल समुहमा नेपालकी सुप्रिया जोशीले फाइनलमा नेपालकै प्रसंशा विकलाई पराजित गरी स्वर्ण पदक हात पारिन् भने नेपालकै हृदयणी बस्नेत र मनालिसा धामीले कांस्य पदक जिते।

यसैगरी ४४ केजी मुनी नेपालकै सिभानी खत्रीले पहिलो स्थान हात पारिन्। उनले फाइनलमा भारतकी सागमा लेभानालाई पराजित गरिन्। नेपालका सायन सुनुवार र एन्चेन लामाले कांस्य पदक पाए । प्रतियोगितामा नेपालसहित २३ राष्ट्र सहभागी छन्।

जसमा एक हजार दुई सय खेलाडी सहभागी भएका छन्। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजक नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २०:१६
#taekwondo #sports
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं बिहीबार, भदौ ४, २०८३
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु सोमबार, साउन २५, २०८३
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी  सोमबार, साउन १८, २०८३
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
  • नंः ५ महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्