Top Navigation
  • Contact
Main Navigation
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख १६, २०८३

धरान । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित धरानमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव दुर्गा प्रसाद सिग्देलले कोशी प्रदेशमा प्याराग्लाइडिङजस्ता साहसिक खेलहरूको सम्भावना अत्यन्त उच्च रहेको उल्लेख गर्दै यसको व्यावसायिक विकासले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा टेवा पुग्ने बताए।

संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व संविधानसभा सदस्य किरण कुमार राईको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन समितिका संयोजक मान भगत चाम्लिङका अनुसार अध्यक्षमा कृष्णबहादुर राई, उपाध्यक्षमा शालिकराम खड्का, सचिवमा धनकुमार लिङ्खिम (लिम्बू), सह–सचिवमा धनकुमार राई तथा कोषाध्यक्षमा झर्ना पौडेल (मुखिया) चयन भएका छन्।

सदस्यहरूमा अमृता राई, ताराहाङ मादेन, विद्या राई, उमेश राई, विजय राई र ज्ञानप्रसाद राई चयन भएका छन् भने बाँकी दुई सदस्य पछि मनोनयन गरिने जनाइएको छ। नव–निर्वाचित कार्यसमितिलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र चाम्लिङ राई (भुपाल), केन्द्रीय सदस्य मिलन तामाङ, जिल्ला अध्यक्ष रोशन अधिकारी, सचिव टिकाराम राईलगायतको उपस्थिति रहेको थियो।

प्राकृतिक सौन्दर्य, पहाडी भू–बनोट र अनुकूल हावाको बहावका कारण कोशी प्रदेश प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य मानिँदै आएको छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जाँदा यस खेललाई व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउनेतर्फ संघले विशेष जोड दिएको जनाएको छ।

नव–निर्वाचित कार्यसमितिले कोशी प्रदेशलाई नेपालकै प्रमुख साहसिक खेल गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रशिक्षण, पूर्वाधार विस्तार तथा व्यावसायिक प्रवर्द्धनका योजना अघि सारेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  २०:१४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं बिहीबार, भदौ ४, २०८३
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु सोमबार, साउन २५, २०८३
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी  सोमबार, साउन १८, २०८३
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्