Top Navigation
Main Navigation
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग
मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर ९, २०८०

जनकपुरधाम । अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ।

राष्ट्रिय कृषि गणना-२०७८ अनुसार मधेसमा ७ लाख ३८ हजार ३ सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो।

नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार ६ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार ७ सय १५ परिवार बसोबास गर्ने यस प्रदेशमा ७ लाख ३८ हजार ३ सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार कृषक रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ।

प्रदेशका ८ जिल्लामा छरिएर रहेका ती कृषक परिवारले ४ लाख ९२ हजार ४ सय ९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख गरिएको छ।

तथ्याङ्कले अधिकांश कृषक परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ। जसअनुसार कृषि उत्पादनको हिस्सामध्ये १ दशमलव ८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यसबाहेक ६२ दशमलव २ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५ दशमलव ६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ। मधेस प्रदेशमा अहिले पनि आम्दानीको मुख्यस्रोत कृषि कार्य हो भनी बताउने कृषकको प्रतिशत ६४ दशमलव ३ छ।

कृषक परिवारअन्तर्गत मधेसमा जम्मा कित्ता सङ्ख्या २१ लाख ७४ हजार ७ सय ९८ र प्रतिकृषक परिवार कित्ता सङ्ख्या २.९ देखाएको छ। यहाँ सबैभन्दा बढी ३ लाख ८४ हजार ५ सय ५३ हेक्टरमा धानबाली र २ लाख ४७ हजार ६ सय ९ हेक्टरमा गहुँ र ३३ हजार ७ सय १९ हेक्टरमा मकै रहेको छ।

यहाँ एकबाली सकिनासाथ अर्को बाली लगाउने अर्थात् बाली सघनता १ दशमलव ८७, स्थायी बालीका रुपमा रहेका आँप, केरा र कागती क्रमशः १५ हजार ४ सय ३३ हे, १ हजार १ सय ८३ र १ सय ३७ हेक्टर छ।

कृषि गणनाको विवरणअनुसार कृषि कार्यका लागि उपकरण प्रयोग गर्ने किसानको सङ्ख्यामध्ये ट्र्याक्टर ६४ दशमलव सात, फलामे हलो २० दशमलव आठ र पावरट्रिलर चार दशमलव सात प्रतिशत छ।

त्यस्तै, प्रदेशमा १६ दशमलव ३ प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका, १ दशमलव २ प्रतिशतले मात्रै कृषि बीमा गरेका र ३ दशमलव ७ प्रतिशतले सरकारी अनुदान पाएका छन्।

यहाँ मुख्य कृषकमा ८५ दशमलव ८ प्रतिशत पुरुष र १४ दशमलव २ प्रतिशत महिला रहेको छन् भने कृषक परिवारमध्ये ३० दशमलव १ प्रतिशतले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका छन् ।

त्यस्तै, मधेसमा गाईगोरुको सङ्ख्या करिब ३ लाख ८० हजार, राँगाभैँसीको सङ्ख्या करिब ५ लाख २९ हजार, बाख्रा, खसी, बोका, च्याङ्ग्राको सङ्ख्या करिब १४ लाख ४८ हजार तथा कुखुराको सङ्ख्या करिब २४ लाख ६१ हजार रहेको पनि तथ्याङ्कले देखाएको छ।

के भन्छन् सरोकारवाला ?

कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने नारासहित गरिएको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाले अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशकै अवस्था चिन्ताजनक देखाएको छ।

प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले सिँचाइ पूर्वाधार, समयमा मल नपाइनु, अनुदानको न्यायोजित वितरण नहुनुलगायत कारणले वास्तविक कृषकलाई जीवननिर्वाह गर्नसमेत समस्या भइरहेको बताए।

मन्त्री न्यौपानेले मधेसमा सिँचाइको पर्याप्त सम्भावना भए पनि कृषिक्षेत्र र मधेस सधैँ उपेक्षामा परेका कारण यहाँका कृषकले लाभ लिन नसकेको बताए। त्यसलाई मध्यनजर गरी प्रदेश सरकारले कृषिसम्बन्धी ऐन निर्माण गरी कृषि क्षेत्रको व्यवसायीकरण र नागरिकको आकर्षण बढाउने गरी काम गर्ने योजना बनाएको उनको भनाइ थियो।

तथ्याङ्कमा मधेस प्रदेशमा कूल सिञ्चित क्षेत्र ७४ प्रतिशत र सिँचाइ सुविधा लिएका परिवारको सङ्ख्या ८३ प्रतिशत रहेको भनिए पनि अहिले आकाशेपानी र ट्युबवेल, पम्पसेटको सहारामा परम्परागत शैलीको कृषिकर्म गर्नुपर्ने बाध्यता छ।

प्रदेशसभा सदस्य रामअशिष यादवले समयमा र पर्याप्त पानी नपरेका कारण यही वर्ष मधेशका किसानले भोगेका समस्याबारे कोही अनभिज्ञ नरहेको भन्दै युगान्तकारी परिवर्तन गर्ने सिँचाइ पूर्वाधार नबनाए मधेस मरुभूमि बन्ने खतरा रहेको बताए।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले कृषिप्रधान मुलुक भने पनि त्यसबाट लाभ लिने गरी नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्था तथा रणनीतिक उपयोग गर्न नसक्दा समस्या भइरहेको बताए।

मण्डलले कृषिबाट लाभ लिनका लागि अन्य देशले कृत्रिम नदी निर्माण गरिरहेका सन्दर्भ उल्लेख गर्दै नेपालले पनि अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा चुरेको फेदमा कोसीदेखि नारायणीसम्म कृत्रिम नदी निर्माण गर्न समयमै सोच्नुपर्ने सुझाव दिए।

मधेस प्रदेशसभा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास (पहाडी) ले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका माध्यमबाट किसानलाई आकर्षण गर्नुपर्नेमा जोड दिए।

“कृषिमा आधारित उद्योगको प्रवद्र्धन, कृषकलाई प्रोत्साहन र सिँचाइलगायत पूर्वाधारको विकास गर्ने ठोस नीति नलिएमा आगामी केही वर्षमा अधिकांश जमिन बाँझो र खण्डहर हुने अवस्था आउन सक्छ। त्यसैले सबै तहका सरकार यसमा गम्भीर बन्न जरुरी छ”, उनले भने।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:३२
##province2 #madhesh #province
प्रतिक्रिया दिनुहोस्
थप समाज
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने
कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने सोमबार, पुस २१, २०८२
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन
झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन सोमबार, पुस २१, २०८२
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ सोमबार, पुस २१, २०८२
काठमाडौंमा चिसो बढ्यो
काठमाडौंमा चिसो बढ्यो सोमबार, पुस २१, २०८२
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे सोमबार, पुस २१, २०८२
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना सोमबार, पुस २१, २०८२
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ : शनिबार, पुस १९, २०८२
आज तमु ल्हाेसार पर्व
आज तमु ल्हाेसार पर्व मंगलबार, पुस १५, २०८२
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ३ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ४ आज तमु ल्हाेसार पर्व
  • नंः ५ जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्