Top Navigation
Main Navigation
आइतबार, मंसिर २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, मंसिर २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल
दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल भारत भ्रमण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २८, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताएको छ।

भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन आफ्नो भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताएको हो ।

भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट आपसीहितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गनिर्देश गरेको प्रधानमन्त्री दाहालले बताए।

भ्रमणका क्रममा उनले आफू भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएको जानकारी दिए। “समारोहपश्चात् भारतका राष्ट्रपति द्रौपदी मुर्मूद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी भएँ”, प्रधानमन्त्री दाहालले भने, “त्यसअघि भारतका राष्ट्रपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़ तथा प्रधानमन्त्री मोदीसँग भेटघाट भयो ।”

प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँगको भेटघाटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रको बैठक नियमित गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यलगायत विषयमा गहन कुराकानी भएको बताए।

pushpakamal-dahal-with-draupadi-murmu-1718034506.jpg

आज भारतका राष्ट्रपति मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भएको बताए।

आजै भारतका नवनियुक्त सङ्घीयमन्त्री डा एस जयशङ्करले आफूसँग गरेको शिष्टाचार भेटमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदानप्रदान भएको स्पष्ट पारे।

नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतीय सञ्चारकर्मीसँग नेपाल–भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता सम्बन्धमा समेत कुराकानी भएको जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उपयुक्त समयमा भ्रमण गर्ने विश्वास दिलाएको उनको भनाइ छ।

प्रधानमन्त्री दाहाल मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नयाँदिल्ली प्रस्थान गरेको थियो।

प्रधानमन्त्रीका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २१:३४
##pushpakamaldahal #prachanda
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका बुधबार, मंसिर १८, २०८२
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु सोमबार, मंसिर १६, २०८२
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक आइतबार, मंसिर १५, २०८२
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण शनिबार, मंसिर १४, २०८२
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं"
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं" बिहीबार, मंसिर १२, २०८२
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?"
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?" बुधबार, मंसिर ११, २०८२
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने मंगलबार, मंसिर १०, २०८२
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु सोमबार, मंसिर ९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ? शनिबार, मंसिर ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्