Top Navigation
Main Navigation
मंगलबार, असार १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन, मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ : अध्यक्ष दाहाल
अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन, मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ : अध्यक्ष दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ १६, २०८१
Api Himal

राँझा, बाँके । नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएको छ।

प्रेस सेन्टर बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरेको हो ।

“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष दाहालले भने, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु।”

Nepal Oil Corporation

आफूलाई अध्यक्ष भइरहने रहर नभएको उनले दाबी गरे । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ । “अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उनले भने, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ।”

पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उनले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उनले उल्लेख गरे। “हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो”, उनले भने, “त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो।”

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए । उनले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाए ।

प्रेस सेन्टर बाँकेका कार्यवाहक अध्यक्ष सङ्गीन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाललगायत नेताहरूको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:३९
##cpnmaoist #maoist #pushpakamaldahal #prachand
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
मन्त्रिपरिषदले गरेका निर्णयहरु
मन्त्रिपरिषदले गरेका निर्णयहरु सोमबार, असार १६, २०८२
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।। शनिबार, असार १४, २०८२
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल
प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल मंगलबार, असार १०, २०८२
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण
लाज पचेका नेताहरुलाई सुनिल शर्माको शब्दवाण आइतबार, असार ८, २०८२
के अहिले पनि धनीमनीको लागि मात्र शिक्षा आउने ?
के अहिले पनि धनीमनीको लागि मात्र शिक्षा आउने ? शनिबार, असार ७, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शनिबार, असार ७, २०८२
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल
  • नंः ४ खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
  • नंः ५ सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्