Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बराहक्षेत्रका किसान कोदोखेतीतर्फ आकर्षित
बराहक्षेत्रका किसान कोदोखेतीतर्फ आकर्षित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, कात्तिक २२, २०८१

धरान, सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन्। यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् ।

स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए । अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनले बताए ।

“विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिए । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु। व्यावसायिक रूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ”, विश्वकर्माले भने ।

उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको सुनाए । विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्।

Nepal Oil Corporation

अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाए। उनले भने, “धान र मकैमा जत्ति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन । रोग, किरा लागेर कहिलेकाही मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन। पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ । त्यसैले आम्दानी राम्रै हुने गरेको छ । एक कठ्ठा जग्गामा १ सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ। बिक्रीका लागि समस्या पनि हुँदैन । स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु।”

किसान नारायण विकले पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएको छ । उनी मकै, धानलगायत खेती लगाउन छोडेर यस खेतीतर्फ लागेको पाँच वर्षभन्दा बढी भयो । “कोदोखेती गरेर पछुताउनुपरेको छैन । राम्रो आम्दानी भइरहेको छ । कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गर्दै आएको छु”, विश्वकर्माले भने,“कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु। प्रतिकेजी ७० देखि १ सयमा बिक्री हुन्छ। तोङ्बा बनाएर १ सय ५० मा एक तोङ्बा बिक्री हुन्छ भने कोदोको रक्सी एक बोतलको २ सयमा घरैबाट बिक्री हुन्छ। त्यसैले कोदो उत्पादन गर्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।”

उनले कोदोखेती गर्ने किसानलाई स्थानीय तथा प्रदेश सरकारले आर्थिक अनुदान र प्रोत्साहन गर्नसके थप सहज हुने बताए। कम्तीमा बीउ मात्रै उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने विश्वकर्माको भनाइ छ ।

हाल बराहक्षेत्र(६ मा मात्र १५ परिवारभन्दा बढी कोदोखेती गर्ने किसान रहेका छन् । स्थानीय अर्जुन विष्टले कोदोखेतीतर्फ राम्रो प्रगति भएको सुनाए।   सुनसरीमा हाल ४ सय ५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या समग्रमा घट्नै गएको र त्यसले मूल्य वृद्धि हुँदा हाल यसमा लागेका किसानले राम्रो आम्दानी गरेको छ । “कोदोमा धुसिजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । पछिल्लो समय कोदोबाट विशेष गरी  घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो”, सूचना अधिकारी श्रेष्ठले भने।

यहाँ धरान उपमहानगरपालिकाका वडा नं ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिकाका वडा नं १, ६ र ५ लगायतका ठाउँहरूमा बढी कोदोखेती हुने गरेको छ ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०९:३१
##kodo #millet #dharan #sunsari
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
आन्दोलनले लियाे चर्काे रूप
आन्दोलनले लियाे चर्काे रूप बिहीबार, असार २६, २०८२
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली शनिबार, असार २१, २०८२
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु बिहीबार, असार १९, २०८२
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त बुधबार, असार १८, २०८२
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता  
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   आइतबार, असार ८, २०८२
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई शुक्रबार, असार ६, २०८२
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्