Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बन्दीपुर भ्रमण वर्षमा २ लाख पर्यटक भित्र्याउने लक्ष्य
बन्दीपुर भ्रमण वर्षमा २ लाख पर्यटक भित्र्याउने लक्ष्य बन्दीपुर भ्रमण वर्ष २०२५ सञ्चालन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस ११, २०८१

दमौली, तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको बसाई लम्ब्याउन बन्दीपुर भ्रमण वर्ष २०२५ सञ्चालनका लागि यहॉका पर्यटन व्यवसायी एकजुट भएका छन् ।

बन्दीपुरमा हाल वार्षिक १ लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहॉको पर्यटन प्रबर्धन गर्ने लक्ष्य सहित भ्रमण वर्ष आयोजना गरिएको हो ।

भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्न सक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिए।

भ्रमण वर्षका अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङले बताउँदै भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उनले बताए । 

Nepal Oil Corporation

बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एक आपसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्धेश्य रहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी गुरुङले बताए ।

बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उनले उल्लेख गरे । उनले भने, “गतिलो पैसा खर्च गर्न गर्ने र बसाइ लम्ब्याउने पर्यटक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ हामी लागिपरेका छौ। पर्यटकीय गन्तव्य र उपजहरुको विस्तार गर्ने र पर्यटकीय सेवा र सुविधाको स्तरवृद्धि कसरी गर्न सकिन्छ भन्नेमा चिन्तन गर्छौ।”

बन्दीपुर भ्रमण वर्षको अवसरमा नेपालका छ सिजन अनुसारको प्याकेज निर्माण एवं प्रबद्र्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भएतापनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उनले बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउँदै बन्दीपुर बजारमात्रै नभई गाउँगाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुर्याउने लक्ष्य लिइएको थापाले बताए।

भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी-मनकामना-गोरखा मन्दिर–लिगलिगकोट-भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको उनको भनाइ थियो । उनले भने, “गाउँपालिकाभित्र रहेका सबै वडाका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गर्दै पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।”

देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए। पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ। उनले भने, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक शहरको रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ।”

गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उनले भने, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ।”

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २१:२६
##bandipur #bandipurtour #visityear #tourist
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा शनिबार, असोज ११, २०८२
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी आइतबार, असोज ५, २०८२
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु आइतबार, असोज ५, २०८२
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक शनिबार, असोज ४, २०८२
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक ||
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक || शुक्रबार, असोज ३, २०८२
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना बिहीबार, साउन २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
  • नंः ५ सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्