Top Navigation
Main Navigation
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सेछ एड्भेञ्चर एण्ड होलिडेज पार्कमा पर्यटकको भीड
सेछ एड्भेञ्चर एण्ड होलिडेज पार्कमा पर्यटकको भीड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस १३, २०८१

धरान, सुनसरी । विराटनगरबाट साथीहरुसँगै घुम्न आएकी मनिशा मेहेता धरान उपमहानगरपालिका-२० स्थित चिण्डे डाँडामाको सेछ एड्भेन्चर एण्ड होलिडेज पार्कमा रमाइरहेको अवस्थामा भेटियो ।

धरानबाट ३ किलोमिटर हाइकिङ गर्दै यहाँ आइपुगेकी मेहेताले पहिलो पटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताइन्।

विराटनगरकै पिङ्की शर्माले फेसबुक र टिकटकमा मात्र यो पार्क देखेको थियो । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको शर्माको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरु साथीहरुलाई यहाँ घुम्न आउन अनुरोध गर्छु”, उनले भनिन्।

मनिशा र पिङ्की मात्रै होइनन्, सेछ एड्भेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

धरानको मुख्य बजारबाट ६ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन्। यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरु खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् ।

पहिले उजाड र सुनसान गाउँका रुपमा रहेको यहाँ चार वर्षअघि मात्र पार्क निर्माण गरिएको हो। साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बरालले बताए । निर्देशक बरालले भने, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिनुभएको छ ।”

पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरुको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताए । पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरुको आकर्षण बढेको हो ।

सुरुमा ५ करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी सात करोड पुगेको जनाइएको छ। पार्क अढाई बिघा क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १४:५१
##sechhaadventureandholidayspark #sechhapark #sechhaadventurepark #dharan #sunsari #tourist
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कुन विदेशी मुद्राकाे खरिब/बिक्रीदर आज कति ?
कुन विदेशी मुद्राकाे खरिब/बिक्रीदर आज कति ? आइतबार, पुस २७, २०८२
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले मंगलबार, पुस २२, २०८२
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ?
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ? मंगलबार, पुस २२, २०८२
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे शनिबार, पुस १२, २०८२
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता शनिबार, पुस १२, २०८२
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ४ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
  • नंः ५ चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्