Top Navigation
Main Navigation
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • किसान चिन्तित : बन्दा र काउलीमा नयाँ रोग
किसान चिन्तित : बन्दा र काउलीमा नयाँ रोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस २२, २०८१

नारायणगढ, चितवन । टिपेर बजार लानेबेला भएको तरकारीमा रोग लागेपछि राप्ती नगरपालिका-८ बडहराका किसान शिवराज धरेल यतिबेला चिन्तित् छन् ।

बिगत १५ वर्षदेखि व्यवसायिक रुपमा यसै क्षेत्रमा तरकारी खेती गर्दै आएका धरेलले यसपाली बारीमा लगाएको बन्दा काउली र ब्रोकाउलीमा पात सुक्ने र फल नबढ्ने समस्या भएपछि तरकारी बिक्री गर्न पाएन । उनलाई आफ्नो १० कठ्ठा भन्दा बढी क्षेत्रमा लगाएको तरकारीबाट पुरै घाटा भयो अनि रोगको चिन्ता पनि ।

कृषक धरेलकाअनुसार यस क्षेत्रमा प्रायः सबै किसानले लगाएको काउली जातीका तरकारीमा यो रोग लागेको छ। उनी आजसम्म यस्तो रोग लागेको आफूले थाहा नपाएको बताउँछन् । उनले भने, “आजसम्म यहाँ यो खालको रोग देखिएको थिएन, माटोको कारणले हो वा मौसमको कारणले अथवा कुनै किसिमको नयाँ रोग हो, यो कुरा हामीलाई थाहा छैन ।” रोगको लक्षण देखिएपछि कृषि विकास कार्यालय र नगरपालिकाको कृषि विकास शाखामा जानकारी गराएको उनले बताए । 

बाली लगाएको २ महिनामा यो रोग देखा परेको जानकारी गराउँदै उनले भने, “सुरुमा पातको टुप्पोबाट सुक्दै जान्छ, फलको आकार र ओजन नआउने र हेर्दा पनि खान हुने जस्तो नदेखिने अनि किराले चुसेर छोडेको जस्तो देखिन्छ। बजारमा २ झोला पठाउँदा बेच्न सकिएन।”

राप्ती बडहराकै किसान बुद्घिराज थपलियालाई सुरुमा काउली लगाएपछि बोट सप्रेको देख्दा उत्पादन बढ्नेमा निकै आशा लागेकोे थियो। थप उत्पादन लिन सकिने आशामा रहेका उनको जव काउलीको पात मर्न थाल्यो तव उत्पादन गरी बिक्री गर्ने आश पनि मर्यो। उनले निराश मुद्रामा भने, “आम्दानी आउला भनेको काउलीका बोट त दिनदिनै ओरालो लाउन थाल्यो ।” उनले थपे, “पहिले पनि फाट्ट फुट्ट रोग लाग्थ्यो तर यसरी कामै नलाग्ने भएर चाँही गएको थिएन ।” सुरुमा पात डढेर पछि फेदैसम्म कुहीएको उनले बताए।

पूर्व वडाध्यक्ष समेत रहेका थपलियाले तरकारीको पकेट क्षेत्रसमेत रहेको यहाँ यस्तो प्रकारको रोगका कारणले गर्दा किसान मर्कामा परेको बताउँदै उनले यसको छिटो अध्ययन गरी रोग पत्ता लगाउन र किसानहरुलाई यसको राहत दिनुपर्ने भनाई राखे।

बडहराको काउली बन्दा बारीमै भेटिएकी जिल्ला कृषि विकास कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पुषको पहिलो सातादेखि यहाँ यो रोग देखिएको होे । उनलाई किसानले जानकारी गराएपछि निरन्तर रुपमा यसको अध्ययन तथा नमुना संकलन गर्दै आएको बताए। यहाँ लगाइएका  काउली, ब्रोकाउली र बन्दामा पात डढ्ने, कुहिने, फल ठूलो नहुने, पात डढ्ने र तन्कने अनि जरा समेत कुहिएकोे उनले बताए।

उनले भने, “रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ । आजपनि जिल्लाका प्राविधिकहरुको साथमा फिल्डमै आएर नमुना संकलन तथा किसानहरुसँग छलफल गरेका हौँ। किसानले उत्पादन लिनसक्ने अवस्था छैन ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उनले बताए। हालसम्म रोग पत्ता लाग्न नसकेको उनले जानकारी दिए । नमुना हेर्दा पहिले पातमा मात्र समस्या देखिएको तर आज हेर्दा जरामा समेत समस्या देखिएको उनले बताए। फेरीपनि यहाँबाट नमुना लगेर रामपुर र केन्द्रीय प्रयोगशालामा समेत पठाइने उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:४२
##cauliflower
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी
एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी बिहीबार, चैत १२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्