Top Navigation
Main Navigation
बुधबार, जेठ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • किसान चिन्तित : बन्दा र काउलीमा नयाँ रोग
किसान चिन्तित : बन्दा र काउलीमा नयाँ रोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस २२, २०८१
Api Himal

नारायणगढ, चितवन । टिपेर बजार लानेबेला भएको तरकारीमा रोग लागेपछि राप्ती नगरपालिका-८ बडहराका किसान शिवराज धरेल यतिबेला चिन्तित् छन् ।

बिगत १५ वर्षदेखि व्यवसायिक रुपमा यसै क्षेत्रमा तरकारी खेती गर्दै आएका धरेलले यसपाली बारीमा लगाएको बन्दा काउली र ब्रोकाउलीमा पात सुक्ने र फल नबढ्ने समस्या भएपछि तरकारी बिक्री गर्न पाएन । उनलाई आफ्नो १० कठ्ठा भन्दा बढी क्षेत्रमा लगाएको तरकारीबाट पुरै घाटा भयो अनि रोगको चिन्ता पनि ।

कृषक धरेलकाअनुसार यस क्षेत्रमा प्रायः सबै किसानले लगाएको काउली जातीका तरकारीमा यो रोग लागेको छ। उनी आजसम्म यस्तो रोग लागेको आफूले थाहा नपाएको बताउँछन् । उनले भने, “आजसम्म यहाँ यो खालको रोग देखिएको थिएन, माटोको कारणले हो वा मौसमको कारणले अथवा कुनै किसिमको नयाँ रोग हो, यो कुरा हामीलाई थाहा छैन ।” रोगको लक्षण देखिएपछि कृषि विकास कार्यालय र नगरपालिकाको कृषि विकास शाखामा जानकारी गराएको उनले बताए । 

बाली लगाएको २ महिनामा यो रोग देखा परेको जानकारी गराउँदै उनले भने, “सुरुमा पातको टुप्पोबाट सुक्दै जान्छ, फलको आकार र ओजन नआउने र हेर्दा पनि खान हुने जस्तो नदेखिने अनि किराले चुसेर छोडेको जस्तो देखिन्छ। बजारमा २ झोला पठाउँदा बेच्न सकिएन।”

Nepal Oil Corporation

राप्ती बडहराकै किसान बुद्घिराज थपलियालाई सुरुमा काउली लगाएपछि बोट सप्रेको देख्दा उत्पादन बढ्नेमा निकै आशा लागेकोे थियो। थप उत्पादन लिन सकिने आशामा रहेका उनको जव काउलीको पात मर्न थाल्यो तव उत्पादन गरी बिक्री गर्ने आश पनि मर्यो। उनले निराश मुद्रामा भने, “आम्दानी आउला भनेको काउलीका बोट त दिनदिनै ओरालो लाउन थाल्यो ।” उनले थपे, “पहिले पनि फाट्ट फुट्ट रोग लाग्थ्यो तर यसरी कामै नलाग्ने भएर चाँही गएको थिएन ।” सुरुमा पात डढेर पछि फेदैसम्म कुहीएको उनले बताए।

पूर्व वडाध्यक्ष समेत रहेका थपलियाले तरकारीको पकेट क्षेत्रसमेत रहेको यहाँ यस्तो प्रकारको रोगका कारणले गर्दा किसान मर्कामा परेको बताउँदै उनले यसको छिटो अध्ययन गरी रोग पत्ता लगाउन र किसानहरुलाई यसको राहत दिनुपर्ने भनाई राखे।

बडहराको काउली बन्दा बारीमै भेटिएकी जिल्ला कृषि विकास कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पुषको पहिलो सातादेखि यहाँ यो रोग देखिएको होे । उनलाई किसानले जानकारी गराएपछि निरन्तर रुपमा यसको अध्ययन तथा नमुना संकलन गर्दै आएको बताए। यहाँ लगाइएका  काउली, ब्रोकाउली र बन्दामा पात डढ्ने, कुहिने, फल ठूलो नहुने, पात डढ्ने र तन्कने अनि जरा समेत कुहिएकोे उनले बताए।

उनले भने, “रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ । आजपनि जिल्लाका प्राविधिकहरुको साथमा फिल्डमै आएर नमुना संकलन तथा किसानहरुसँग छलफल गरेका हौँ। किसानले उत्पादन लिनसक्ने अवस्था छैन ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उनले बताए। हालसम्म रोग पत्ता लाग्न नसकेको उनले जानकारी दिए । नमुना हेर्दा पहिले पातमा मात्र समस्या देखिएको तर आज हेर्दा जरामा समेत समस्या देखिएको उनले बताए। फेरीपनि यहाँबाट नमुना लगेर रामपुर र केन्द्रीय प्रयोगशालामा समेत पठाइने उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:४२
##cauliflower
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
महालक्ष्मीको क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता (EMI) सुविधा
महालक्ष्मीको क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता (EMI) सुविधा शुक्रबार, जेठ ३, २०८२
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर
सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर बुधबार, जेठ १, २०८२
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल
हामी एकपछि अर्को सुधारका कदमहरु चाल्दै जान्छौ : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली
मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली आइतबार, वैशाख २८, २०८२
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग
अबैध रुपमा चुरे उत्खनन्, लाखौं राजस्व छलीको आरोप, अनुसन्धान गर्न माग आइतबार, वैशाख २८, २०८२
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ? बुधबार, वैशाख २४, २०८२
यस्ताे आयाे  आव २०८२/२०८३ नीति तथा कार्यक्रम
यस्ताे आयाे आव २०८२/२०८३ नीति तथा कार्यक्रम शुक्रबार, वैशाख १९, २०८२
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल
कोषले दियो १ अर्ब ५२ करोड थप प्रतिफल सोमबार, वैशाख ८, २०८२
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता मंगलबार, चैत १९, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
  • नंः २ मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर
  • नंः ५ चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्