Top Navigation
Main Navigation
शुक्रबार, पुस २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृष्टीमा परिचालित गर्न अर्थमन्त्री पौडेलको निर्देशन
तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृष्टीमा परिचालित गर्न अर्थमन्त्री पौडेलको निर्देशन राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ १०, २०८१

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताएके हो ।
    
उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पारे ।

“वर्तमान सरकार औसत काम गरेर दिन बिताउने पक्षमा छैन, समस्याका चाङ पन्छाएर छोटो अवधिमै दूरगामी महत्वका उपलब्धि आर्जन गर्न चाहन्छ”, उपप्रधानमन्त्री पौडेलले भने, “निराशालाई आशामा बदल्न सरकारले नीतिगत तथा कानुनी सुधार गरिरहेको छ।”

सरकारको तीव्र आर्थिक विकासको योजनालाई साकार बनाउन राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृष्टीमा परिचालित गर्न निर्देशन दिए।

सरकार परिणाममुखी कामका लागि तीव्र गतिमा काम गर्न चाहन्छ भन्ने यसअघिका कामकारबाही र निर्णयबाट पुष्टि भइसकेको जनाउँदै उनले गुणस्तरीय सेवा प्रवाह र सुशासन, विदेशी लगानीलाई प्रोत्साहन गर्न अध्यादेशमार्फत ३२ कानुन संशोधन गरिएको स्पष्ट पारे।

कडा मेहनत र परिश्रमबाट असाधारण उपलब्धि हासिल गर्ने दिशामा खट्न निर्देशन दिँदै उपप्रधानमन्त्री पौडेलले बैङ्कको प्रगति र प्रतिष्ठा व्यवस्थापन र कर्मचारीको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले केही बैङ्क र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताए। समस्याग्रस्त संस्थाको व्यवस्थापन नियामकको हिसाबले राष्ट्र बैङ्कले गर्ने जनाउँदै उनले भने, “बाह्य हल्लाका पछाडि लाग्नुहुँदैन, अतारचढाव आउन सकन्छन्, त्यो स्वभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ, कुनै पनि निक्षेपकर्तालाई डुब्न दिइँदैन।”

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका साथ रावा बैङ्क आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताए। उनले खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालनालगायत क्षेत्रमा बैङ्कले सुधार गर्दै लगिरहेको बताए। 

देशभैभर २ सय ९४ शाखा रहेको सो बैङ्कले ७७ वटै जिल्लामा ४६ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा दिँदै आइरहेको छ। चालु आवको पुस मसान्तसम्म बैङ्कको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति ५ खर्ब २६ अर्ब तथा नेटवर्थ २ अर्ब ५५ करोड रहेको सो अवसरमा जानकारी दिए ।

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले कोहलपुर र महेन्द्रनगर शाखाका नवनिर्मित भवन र विभिन्न २७ शाखाको डिजिटल कारोबारको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेको थियो । त्यसक्रममा उपप्रधानमन्त्री पौडेलले बैङ्कले प्रशान गरेको स्मारिका ‘उपहार २०८१’ विमोचन गरेको थियो।

समारोहमा बैङ्कमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक र उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालय र सेवानिवृत्त ज्येष्ठतम् कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २०:३६
##rastriyabanijyabank #rastriyabanijyabanklimited #rbbl
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले मंगलबार, पुस २२, २०८२
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ?
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ? मंगलबार, पुस २२, २०८२
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे शनिबार, पुस १२, २०८२
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता शनिबार, पुस १२, २०८२
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्