Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • बाँसखर्कबासीले उत्पादन गरे साढे १८ करोडको सुन्तला 
बाँसखर्कबासीले उत्पादन गरे साढे १८ करोडको सुन्तला 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ १४, २०८१

पर्वत । पर्वतको जलजला गाउँपालिका-१ बासखर्कका बासिन्दा सुन्तला खेतीबाट स्वरोजगार र आत्मनिर्भर भएका छन्।

समुुन्द्री सतहदेखि १ हजार १ सयदेखि १ हजार ९ सय मिटरको उचाईमा रहेको बाँसखर्कका २ सय ३९ घरपरिवार मध्य मालगाउँ र घुमाउने ताल बाहेकको बस्तिका २ सय बढी घरपरिवारले सुुन्तला खेती गरेका छन् ।

बाँसखर्कको १ हजार ५ सय रोपनी क्षेत्रफलमा ५१ हजार १ सय ५१ सुुन्तलाका बोट छन्। यस वर्ष २६ हजार ७ सय ६ बोटमा १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको अनुमान गरिएको छ ।

बाँसखर्कका बासिन्दालाई सुन्तला खेतीले स्वरोजगार, आत्मनिर्भर बनाउनुका साथै आम्दानी र रोजगारीको लागि विदेशिनुुपर्ने बाध्यताको अन्त्य गरेको छ। सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक ४ लाखदेखि ४० लाखसम्म आम्दानी गर्छन्। सुुन्तला खेतीले बाँसखर्कको सामाजिक र आर्थिक अवस्थामा परिर्वतन ल्याएको छ ।

पश्चिम फर्किएको भिरालो पाखोमा रहेको बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुु खेतीको विकल्पमा सुन्तला खेती गरेका छन्। देशका अन्य ठाउँका बगैंचाको सुन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कमा सुन्तला टिपेर बजार पठाउन थालिएको छ।

स्वादिलो र रसिलो हुने भएकाले बासखर्कको सुन्तला बजारमा ‘ब्राण्ड’ बनेको छ । बलबहादुुर अर्मजा, बमबहादुुर खत्री लगायतले वि.स. २०३० को दशकमा बाँसखर्कमा सुन्तला खेती भित्र्याएको थियो ।

अनुकुुल भूूगोल, सडक विस्तार, खाद्यान्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी हुने, बजारको सुविधा, बैङ्क वित्तीय संस्थाबाट ऋण सुविधा र सरकारी निकायको प्राविधिक सहयोगका कारण बाँसखर्कका कृषक सुुन्तला खेतीमा आकर्षित भएका छन्।

म्याग्दीको बेनीदेखि बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाई सुविधा विस्तार, नियमित विद्युत आपुर्ति गरि निर्माण भएको चिस्यानगृह सञ्चालन, पहिरो नियन्त्रण, सुुन्तलाको बगैचा भित्र रहेको बिद्युतको नाङगो तार ब्यवस्थापनका विषयमा माथिल्लो निकायको ध्यानाकर्षण गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको उपस्थितिमा बाँसखर्कमा सुन्तला महोत्सव गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:०६
##orange #parbat #banskharka
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  सोमबार, असोज १२, २०८३
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्