काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटले कार्यालय संचालनमा कानूनको आवश्यकता र यसको महत्व विषयमा तालिम दिएको छ।
वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्यालय संचालनमा कानूनको आवश्यकता र यसको महत्व विषयमा तालिम दिएको हो।
वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको विशेष सहभागिता रहेको उक्त तालिमले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अत्यन्त लाभ पुग्न गएको जानकारी आयोजक कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ का वडा सरकार प्रमुख यानी वडा अध्यक्ष सुरज खड्काले दिएका छन्। तालिम कार्यक्रममा कानूनविदहरु रामवहादुर खड्का, मदनप्रसाद फुयाँल, कृष्णमणि फुयाँल र सविना खड्काले तालिम दिएका थिए।
जसमा जनप्रतिनिधि तथा कर्मचारीहरु सहित २२ जनाको सहभागिता रहेको जानकारी वडा सदस्य महेश्वर श्रेष्ठले दिएका छन्। वडा सदस्य श्रेष्ठले यसप्रकारका तालिमले वडालाई अझ चुस्त र दूरुस्त पार्न अत्यन्त सहयोग गर्ने बताएका छन्।
प्रकाशन मिति–२०८१ साल फागुन ४ गते आइतवार ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १२:२१