Top Navigation
  • Contact
Main Navigation
बिहीबार, भदौ २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेले १० बुँदे कार्यान्वयन गर्ने 
एमालेले १० बुँदे कार्यान्वयन गर्ने 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ २३, २०७८

काठमाडौ । आन्तरिक विवादलाई समाधान गर्दै नेकपा (एमाले) ले आमरूपमा पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनामा कायम गरेको छ।

एमालेका सचिव योगेशकुमार भट्टराईले पार्टी केन्द्रको निर्देशनबमोजिम बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका अधिकांश जिल्ला अध्यक्ष र पदाधिकारी २०७५ साल जेठ २ गते अगाडिकै कायम रहनेगरी सम्बन्धित प्रदेश कमिटीले निर्णय गरिसकेको जानकारी दिएको हो । 

उनले प्रदेश नं १, प्रदेश नं २, सुदूरपश्चिम प्रदेशका केही जिल्लामा व्यवस्थापन हुने क्रममा रहेको बताउँदै लामो समय अन्तर्विरोधका बीच पार्टीअघि बढेकाले ‘भोलि नै मिल्न’ गाह्रो हुुनु अन्यथा नभएको टिप्पणी गरे। 

पछिल्ला समयमा पार्टी निकटको कानुन व्यवसायी सङ्गठनको भेलाको आयोजना र काठमाडौँ महानगर कमिटीको भेला आयोजना गर्दा दुवै पक्षबीच छलफल नभएको प्रश्न भने उठेको छ। 

अहिले पार्टीमा तपाईं प्रवक्ता हो कि होइन? भन्ने प्रश्नमा नेता भट्टराईले पार्टीमा विगतमा प्रवक्ताको व्यवस्था नभएको र प्रचार विभागको प्रमुखका हैसियतले उक्त भूमिका निर्वाह गरेकामा पछि सचिव प्रदीपकुमार ज्ञवाली तोकिएको स्थितिमा अबमा दिनमा परामर्शमै उचित व्यवस्थापन हुने स्पष्ट गरे। 

नेकपाको नाम सम्बन्धी विवादको रिटमा गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्रबीचको २०७५ जेठ ३ मा भएको एकता कायम नरहेपछि एमालेभित्र पूर्ववत् संरचनाका विषयमा मतभेद उत्पन्न भएको थियो। 

एमालेका तत्कालीन नेता माधवकुमार नेपाल लगायत नेताले सो लगायत विषयमा असन्तुष्टि जनाएपछि अध्यक्ष केपी शर्मा ओली र नेपालको सहमतिमा नेताहरू डा. भीमबहादुर रावल, सुवाचन्द्र नेम्वाङसहिति १० नेता सम्मिलित कार्यदलले गत असार २७ गते सहमतिका लागि १० बुँदे प्रस्ताव तयार गरेको थियो। 

नेता नेपालले उक्त प्रस्तावपछि पनि थप सहमति माग गरेपछि नेपालले एमाले विभाजन गरेको थियो। विगतमा नेपाल पक्षमा रहेका स्थायी कमिटीका रहेका डा. रावल लगायतका १० जना स्थायी कमिटीका सदस्य पार्टी एकताकै पक्षमा रहेपछि यही भदौ ८ गतेको स्थायी कमिटी र १० गते भएको केन्द्रीय कमिटीको बैठकले सो प्रस्तावलाई रचनात्मक कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

एमालेले पार्टीका केन्द्रीय कमिटी, निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी जनसङ्गठन लगायत सबै कमिटीमा रहेका पदाधिकारीलाई २०७५ साल जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको थियो। 

दस बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान तथा केन्द्रीय कमिटीका मनोनयन गरिने १० प्रतिशत सदस्यको सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ। 

यी निर्णय कार्यान्वयनका लागि गत असार २७ गतेको १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहतका कमिटीमा पठाइने भएको छ। 

उक्त १० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष डा रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल गठन गरिएको छ। जनसङ्गठनमा उक्त १० बुँदेको कार्यान्वयनमा सहजीकरण गर्न एमालेले अर्को कार्यदल गठन गरेको छ।

सो पार्टीले २०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ।

एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको मिति आगामी मङ्सिर १० देखि १२ गतेसम्म तथा विधान महाधिवेशन आगामी असोज ४ देखि ६ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ भने त्यसपूर्व सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशन, विधान महाधिवेशन लगायतका कार्यतालिकालाई संशोधन गरेको छ। 

पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न यही भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटीको बैठक आयोजना हुनेछ।
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २२:०४
##CommunistPartyOfNepal(UML)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पाता उद्योगीको कि सरकारको कस्ने ?
पाता उद्योगीको कि सरकारको कस्ने ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्