Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री देउवा
मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस ४, २०७८

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकतालाई मजबुत तुल्याउने बताएको छ। 

१८औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परम्परागत नेपाली मौलिक सम्पदा र संस्कृतिलाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएको हो।

प्रधानमन्त्री देउवाले नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र सांस्कृतिक सम्पदा तथा सामाजिक बनोट विश्वभरमै नमूनाका रूपमा रहिआएको भन्दै विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचानको गौरवमय संस्कृतिलाई जीवन्त राख्नु साझा दायित्व भएको उल्लेख गरेका हुन्। 

प्रधानमन्त्री देउवाले भने, “नेपाल विभिन्न जातजाति, भाषाभाषि, धार्मिक एवं सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र हो। विभिन्न धर्म, समुदायका नागरिकबीच धार्मिक सहिष्णुता अभिवृद्धि गर्न ज्यापू दिवसजस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेलेका छन्।” 

ज्यापू समुदायको संस्कृति र सभ्यताको संरक्षणका लागि आगामी दिनमा उपलब्ध गराउनुपर्ने आवश्यक सहयोगका लागि सरकार तयार रहेको विश्वास दिलाउँदै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापू समुदाय लागिपरेको भन्दै यसले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको बताए।

प्रधानमन्त्री देउवाले नेपालको विभिन्न समुदायमध्ये ज्यापू समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज भएको र समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको धारणा व्यक्त गरे।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेपालको पहिलचानलाई विश्वभर प्रवद्र्धन गर्न ज्यापू समुदायको मौलिक संस्कृतिको महत्वपूर्ण योगदान रहेको बताए। 

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले राजधानी काठमाडौँको कला, संस्कृति र सम्पदा सिङ्गो नेपाललाई विश्वबजारमा पहिचान गराउने महत्वपूर्ण माध्यम रहेको भन्दै नेवारी संस्कृतिकै माध्यमबाट विदेशी पर्यटकलाई आकर्षण गरिरहेको उल्लेख गरे। 

पूर्वमहामन्त्री सिंहले परम्परागत सम्पदा र संस्कृति तथा जात्रालाई जीवन्त तुल्याउन सरकारले विषेश ध्यान दिनुपर्ने खाँचो औंल्याए। कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले नेपालको गौरव मौलिक संस्कृति र परम्परा विविधतायुक्त एकतालाई सबल बनाउन र राष्ट्रलाई एकतृत गर्न हरेक वर्ष ज्यापू दिवस मनाइँदै आएको बताए। 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विविधतायुक्त समाजलाई एकताबद्ध बनाउन नेवारी संस्कृतिको महतवपूर्ण भूमिका रहेको बताए। 

सोही अवसरमा मौलिक संस्कृतिको संरक्षण सम्बद्र्धनमा योगदान गर्ने भुलधामी देवकृष्ण महर्जन, प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, डा रमेशमान सिंह, सुरेन्द्रमान प्रजापति, दिलीपकुमार प्रधान, मदनसेन बज्राचार्य, राजनलाल जोशी, नवीनकुमार जोशी, कुमार रञ्जीत, अनिल महर्जन, रमेश महर्जन, तेजनारायण महर्जन, अनिता महर्जन, नेन्सि महर्जन, नितु डङ्गोल र कृषा महर्जनलाई नगद १० हजारसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो।
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १९:३१
##JyapuDiwas #ज्यापूदिवस
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्