Top Navigation
  • Contact
Main Navigation
आइतबार, कात्तिक १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, कात्तिक १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधि
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक १५, २०८३

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रा लि को आयोजनामा शनिवार राती राजधानीमा सम्पन्न ह्वीसपर मिसेस नेपाल वर्ल्ड-२०२६ मा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ शिर्ष उपाधि विजेता भएकी छन्।

दिक्तेल, खोटाङकी विनिता गुरुङले शिर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छन् । अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । विनीताले तपाईंको बजार बेस्ट पर्सनालिटी उपउपाधि पनि आफ्नो पकेटमा पारेकी छन् ।

MRS-Nepal-World--2-1793542639.jpg
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित विवाहित सुन्दरीहरुको सबैभन्दा ठूलो सो प्रतियोगितमा नेहा गुप्ता फस्ट रनर्सअपका साथ रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस, ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ हर्लिक्स बेस्ट फिजिक भएका छन् ।

त्यसै गरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल २०२६ चुनिएकी छन् भने क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो २०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल २०२६ का विजेता भएका छन्।

MRS-Nepal-World--5-1793542641.jpg
यी उपाधि विजेताले जनही ५० हजार रुपियाँ प्राप्त गरेका छन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मो विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए ।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधिबाट सम्मानित गरिएको छ । नेपाली फिल्म क्षेत्रमा साँढे ३ दशकभन्दा लामो समयदेखि उनले पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड-२०२६ को उपाधिबाट सम्मान गरिएको प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाले जानकारी दिइन् ।

MRS-Nepal-World--4-1793542640.jpg
अभिनेत्री निरुताको सम्मानमा उनले अभिनय र नृत्य गरेका फिल्मका गीतहरुमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहलाई पनि मञ्चमा पुर्‍याई नृत्यमा सामेल गराएका थिए ।

भव्य चमकधमकका साथ सम्पन्न प्रतियोगितामा सन्ध्या लामा अर्ना मोस्ट इनर्जेटिक, सुष्मा थापा निभिया फ्याबुलस फेस, अञ्जु परियार मोस्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जन क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर, दीप्ति ढुंगेल हेल्दी स्किन, क्रिस्टिना ज्ञवाली बेस्ट र्‍याम्प वाक र ऋचा शर्मा दिनाज फेसन हाउस मोस्ट पङ्चुअल उपउपाधिको विजेता भएका छन् ।

MRS-Nepal-World--3-1793542640.jpg
त्यसै गरी समीक्षा रानाभाट आयुथ वेदा बेस्ट स्माइल, श्वेच्छा पौड्याल रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड, कञ्चन महर्जन सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन, सुष्मा थापा केडी फोटोग्राफी मोस्ट फोटोजेनिक, बिन्दु थापा राणा मोस्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयद मिसेस कन्जेनियालिटी, सुनिता श्रेष्ठ कर्माचार्य मिसेस ह्युम्यानिटेरियन र विजेता भएका छन् ।

प्रतियोगीहरुलाई ह्विस्पर मिसेस नेपाल वर्ल्ड-२०२६ को अन्तिम स्पर्धामा सहभागी हुन काठमाडौं आएकी मिसेस वर्ल्ड-२०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), महानायक राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कृत गरेका थिए।

MRS-Nepal-World-7-1793542642.jpg
ह्विस्पर शिर्ष प्रायोजक तथा अर्ना इनर्जी ड्रिङ्क र निभिया सह प्रायोजक रहेको प्रतियोगितमा महानायक राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्व एआईजी मीरा चौधरी, सिप्रदी अटोपाट्र्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड-२०२४ डा. डेनिला कार्की निर्णायक रहेका थिए ।

MRS-Nepal-World--6-1793542642.jpg
अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफी रहेको कार्यक्रम गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो ।सेसेमी लिम्बु र सोफिया भुजेलद्धारा सञ्चालित उक्त कार्यक्रममा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा सक्रिय महिलाहरूको सहभागिताले यस वर्षको प्रतियोगितालाई विविधतापूर्ण बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  २०:१०
#mrsnepalworld #binitagurung #mrsnepalworld2026
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन शनिबार, कात्तिक १४, २०८३
उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह
उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह शुक्रबार, कात्तिक १३, २०८३
थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा 
थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा  शुक्रबार, कात्तिक १३, २०८३
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै  बिहीबार, कात्तिक १२, २०८३
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ बुधबार, कात्तिक ११, २०८३
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः ५ नामी साप्ताहिक
विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्