Top Navigation
Main Navigation
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ऐतिहासिक गद्दी बैठक खुला 
ऐतिहासिक गद्दी बैठक खुला 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस ११, २०७८

काठमाडौँ । यही पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ।

भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ। मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो। 

ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी गराएका हुन्। 

यस अवधिका प्राप्त गर्ने सके जतिका फोटो पनि अवलोकनका लागि ग्यालरीमा राख्ने तयारी भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।      

Nepal Oil Corporation

उक्त ऐतिहासिक कागजात विद्यार्थी, अवलोकनकर्ता र अनुसनधानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास अड्डाको रहेको छ। जिर्णोद्धारपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले केही समय लागेको बताइएको हो। 

सांस्कृतिक धरोहर’समेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्ने आशा गरिएको छ। भूकम्पबाट क्षति भएको गद्दी बैठकको तीन वर्षअगावै जीर्णोद्धार सकिएको सम्पन्न भएको थियो। 

गद्दी बैठक काठमाडौँ दरबार क्षेत्रमा अवस्थित छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। 

त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक छन्। त्यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत महत्वपूर्ण स्मारक रहेका छन्।  

अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले जिर्णोद्धार गरेको गद्दी बैठक २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो। सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेको थियो। 

तत्कालीन समयमा विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक ९गद्दी बैठक ०  निर्माण गरिएको थियो। 

शुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो। राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो। हाल यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ। 

सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित यो बैठक सर्वसाधारणले यसअघि अवलोकन गर्न पाएका थिएनन्। भ्रमण वर्ष, २०२० लाई लक्षित गरेर खुला गरिए पनि विश्वभरि फैलिएको कारोनाका कारण अवलोकन गर्न नपाई पुनः बन्द गरियो। 

मर्मतपछि बैठकको भुइँतलामा सङ्ग्रहालयसमेत बनाइएको छ भने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तुका साथै विशेषगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र त्यसको बारेमा विवरणसमेत राखिने छ। 

वसन्तपुर क्षेत्रमा हुने गरको जात्रा पर्वको बारेमा पनि उक्त स्थानमा जानकारी राखिने छ। त्यसैगरी “५० वर्ष अघिको अनुमान ढोका” भन्ने शीर्षकमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ५० वर्ष अघिको उक्त स्थानका फोटो प्रदर्शन गर्न लागिएको छ। 

कुनै पनि स्थानको अवलोकन गर्नका लागि उक्त स्थानमा नै पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै हनुमान ढोका दरबार क्षेत्रले विश्वको जुनसुकै स्थानबाट पनि उक्त ऐतिहासिक स्थानको अवलोकन गर्न सक्ने व्यवस्थाको तयारी थालेको छ।  

आमनागरिकले उक्त व्यवस्थाको प्रयोग यही पुस १२ गतेबाट गर्न सक्नेछन्। पहिलो पटक अभ्यास गर्न लागिएको उक्त व्यवस्थाको सुरुमा अनलाइन अवलोकन गरेवापत कुनै पनि शुल्क लाग्ने छैन। 

कोरोनाका कारण राम्रोसँग विगत दुई वर्षदेखि अवलोकनकर्ताले वसन्तपुर क्षेत्रको अवलोकन गर्न पाएका छ्रैनन्। यसरी लामो समयसम्म महत्वपूर्ण र ऐतिहासिक सम्पदाको अवलोकन गर्न नपाउँदा जनगुनासो बढेपछि अड्डाले भर्चुअल आध्ययमबाट हेर्न सकिने व्यवस्था गर्न लागेको हो। 

त्यति मात्रै होइन यही पुस १ गतेदेखि अवलोकनकर्ताको सहजताका लागि भन्दै अड्डाले यस क्षेत्रको अवलोकनका लागि अनलाइन टिकटको पनि व्यवस्था गरेको छ। 

पहिलो पटक यसरी अभ्यास गरिएकाले अनलाइनबाट टिकट काट्नेको सङ्ख्या भने अत्यन्तै कम रहेको बताइएको छ। 
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १८:००
##Hanumandhoka
प्रतिक्रिया दिनुहोस्
थप समाज
सङ्ग्रहालयका बारेमा  जानकारी लिँदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल
सङ्ग्रहालयका बारेमा जानकारी लिँदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल सोमबार, असार २३, २०८२
तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण आइतबार, असार २२, २०८२
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान
साहित्यिक सर्जक प्रकाश कुइँकेललाई संसार राष्ट्रिय साहित्य तारा सम्मान शनिबार, असार २१, २०८२
बजार अनुगमनले लियाे तीव्र रूप
बजार अनुगमनले लियाे तीव्र रूप मंगलबार, असार १७, २०८२
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे सोमबार, असार १६, २०८२
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले मंगलबार, असार १०, २०८२
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्