Top Navigation
Main Navigation
आइतबार, पुस ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कुमारी घरको प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा
कुमारी घरको प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस १८, २०७८

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे ६ वर्षअघिको भूकम्पले क्षति पुर्यायो। 

भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनःनिर्माणको सूचीमा राख्न निर्देशन पनि दिए। 

कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे। 

तीनवटै निकायले एक/एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको ६ वर्ष बितिसक्दा पनि भवन भने टेकोका भरमा अडिएको छ। कुनै पनि निकायले पुनःनिर्माणमा चासो देखाएका छैनन्।

सनातनदेखि चलीआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरुआत मल्लकालमा भएको थियो।कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य बताउँछन्। 

त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनःनिर्माण भएको छैन। पच्चीस वर्षअघि ४ इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ। मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्रै जीर्ण बनेको छ।

भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ। कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ। 

इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ। वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ।

“भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने यसै वर्ष इन्द्रजात्रा बेला निकालियो, भर्याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन”, उनले भने। 

धेरै विदेशी पर्यटकको आवतजावत हुने वसन्तपुर डबली क्षेत्रमा राखिएको टेकोले नकारात्मक सन्देश प्रवाह गरे पनि पुनःनिर्माण नहुनु दुःखद् भएको यहाँ अवलोकनका लागि आउनुभएका राजेन्द्र डङ्गोल बताउँछन्। 

जीवित देवीका रुपमा पुजिने कुमारी घर बनाउन गत आर्थिक वर्षमै काठमाडौँ महानगरपालिकाले ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरु गरेन। 

गत आर्थिक वर्षमा वडा नं २३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरु हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले जानकारी दिए।

महानगरपालिकाले चालू आर्थिक वर्षमा कुमारी घर पुनःनिर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ। पुनःनिर्माणका लागि ३ करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको छ। 

पुनःनिर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ। दरबारक्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउँछन्। 

कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ। इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ। 

वडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ। रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ।

चैतेदसैँकै बेला हुने सेतो मच्छिन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ। माघ महिनामा हुने सेतो मच्छिन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छिन्द्रबहाल लैजाने परम्परा रहेको छ। 

गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ। गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ। 

माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ। गाईजात्राको ४ दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदासमेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ।

आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ।

यसैगरी घोडेजात्रा क्रममा कुमारीलाई नेपाल वायुसेवा निगम भवन लगेर राखी जात्रा देखाउने गरिन्छ। विसं २०६५ मा कुमारी परम्परा सुरु भएको २५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको छ।
 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०८:२५
##KumariGhar
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ४ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्