Top Navigation
Main Navigation
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बालमैत्री स्थानिय शासन कार्यक्रम घोषणा गर्दै चाँगुनारायण नगरपालिकाका मेयर मिश्र
बालमैत्री स्थानिय शासन कार्यक्रम घोषणा गर्दै चाँगुनारायण नगरपालिकाका मेयर मिश्र
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, पुस २४, २०७८

विकासप्रेमी, समाजसेवी, स्पष्टवक्ता, जनप्रिय व्यक्तित्व तथा फराकिलो सोचका धनी भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र २०३६ सालदेखि नै राजनीतिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। निडर स्वभावका मिश्र कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने मान्यता राख्छन्। छोरा र छोरी बराबर भनिएपनि त्यो व्यवहारमा लागू हुन नसकेको र बताउँने मिश्र जब छोरी सक्षम हुन्छिन् तब मात्र घर, परिवार र समाज समृद्ध बन्न सक्ने बताउँछन्।

राजनीतिलाई निकै नजिकबाट बुझेका मिश्र भन्छन्,"राजनितिमा पनि पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ। नीति–नियम, ऐन–कानून बनेकाले काम गर्न केही हदसम्म सजिलो भएको छ। त्यसो त पहिला पनि नीति–नियम नबनेको होइन तर, अवस्थामा परिवर्तन भएको छ।"

विसं.२०७४ सालमा जननिर्वाचित भएर आएपछि योजना अनुसार ९० प्रतिशत काम चाँगुनारायण नगरपालिकामा भइसकेको मेयर मिश्रको दाबी रहेको छ। चाँगुनारायण नगरपालिकामा १३ हजार घरधुरीमा प्रत्येक घरमा एक घर–एक धारा भन्ने योजना अनुसार अब केही घरधुरी अर्थात् १ हजार घरधुरीमा मात्र खानेपानीको धारा वितरण हुन बाँकी रहेको छ।

त्यस्तै गरी सडक निर्माणतर्फ एक वडा एक सडक कालोपत्रे गर्ने योजना अनुसार प्रत्येक वडामा दुई दुई वटा सडक कालोपत्रे भएको छ। त्यसलाई पनि उपलब्धी मान्न सकिने ठहर मेयर मिश्रको रहेको छ । 

Nepal Oil Corporation

एक वडा एक स्वास्थ्य चौकी, एक वडा एक एम्बुलेन्स त्यसै गरी चाँगुनारायण अस्पतालको पनि निर्माण भएको छ। एक वडा एक खेल मैदान भन्ने योजना अनुसार खेल मैदान पनि निर्माण भएको मेयर मिश्रले अन्तरवार्ताको क्रममा बताएका छन्। यद्यपि महिला र बालबालिकाको लागि पनि विभिन्न किसिमका कार्यक्रमहरु ल्याएको मेयर मिश्र बताउँछन्।

बालमैत्री स्थानिय शासन कार्यक्रम अब फागुनमा घोषणा गर्दैछौं। सम्भवत् यो काठमाडौं उपत्यकाकै पहिलो कार्यक्रम हो भनेर दावी गर्न पनि मेयर मिश्र चुकेनन्। त्यसो त चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका हो, जहाँ ५ वर्ष देखि १४ वर्षसम्मका बालबालिका जसलाई स्कूल एज भन्छन् शत्प्रतिशत बालबालिकालाई बिद्यालयमा भर्ना गराउन सफल भएको छ। कुनै पनि बालबालिका स्कूल जानबाट वञ्चित हुनु परेको छैन।

त्यसमा पनि बचत खाता छोरीको सुरक्षा जीवनभरीको भन्ने कार्यक्रम अघि सारेका छौं। प्रत्येक सामुदायिक स्कूल पढ्ने बालिकाको नाममा वचत खाता खोलेका छौं। हरेक वर्षमा त्यसमा खातामा नगरपालिकाले ४/४ हजार रकम जम्मा गरिदिन्छ। त्यो रकम २० वर्ष पूरा भएपछि अर्थात् ती बालिकाहरुले १२ कक्षा पास गरेपछि मात्र रकम झिक्न पाउँछन्।

यस कार्यक्रमको मुख्य उद्धेश्य भनेको प्रत्येक बालबच्चा पढ्नबाट वञ्चित नहोउन्, बालविवाह नहोस् र यस नगरपालिकाका प्रत्येक बालिकाहरु जसले कम्तिमा पनि १२ पास गरुन् भन्ने जस्ता विभिन्न उद्धेश्यहरु रहेका छन्। हरेक कामको लागि स्थानिय सर्वसाधारणको उत्तिकै साथ र सहयोग उत्तिकै रहेको मेयर मिश्रले बताए। 

-नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १०:३७
##SomMishra #MayorOfChangunarayan
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ दुई मन्त्रीको शपथ ग्रहण
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्