Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तारा खातीको दर्दनाक कथाभित्रको मार्मिक यथार्थ
तारा खातीको दर्दनाक कथाभित्रको मार्मिक यथार्थ
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, माघ १५, २०७८

जीवन घाम छायाँ हो, जिवनमा उचार चढाव धेरै आउँछन्, चुनौतीहरु पनि प्रसस्त आउँछन्। अवसर आउँदैमा जो कोहीले सफलता हासिल गर्न सक्छ भन्ने छैन। नेपालको राजधानी काठमाडौंमा जन्मिने मानिसहरु त्यसमा पनि महिलाहरुलाई सहज रुपमा काम गर्ने र अघि बढ्ने वातावरण छैन भने नेपालको दूरदराजमा पूर्व होस् वा पश्चिम प्रत्येक महलिालाई काम गर्न घरबाट बाहिर निस्किन कति गाह्रो होला ? हामी अनुमान पनि लगाउन सक्दैनौं।

नेपालको सुदूरपश्चिम डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ निवासी तारा खाताीले आजभन्दा १८ वर्ष पहिले राजनीतिमा प्रवेश गरिन्। तब उनका सामु चुनौतिहरु प्रसस्त थिए। घरको चौघेरा पार गर्न नपाउने आम महिलाहरुको लागि उनी एउटा सशक्त उदाहरण त थिइन् नै। चुनौतिहरु पनि प्रसस्त थिए।

छोरी पढाउन हुन्न भन्ने विकसित भएको सामाजमा जन्मिएकी उनको पारिवारिक माहौल भने फरक थियो। उनका काका र बुवाको साथ र सहयोगले उनी बिद्यालय भर्ना भइन्। कुरा काट्नेहरु नभएका होइनन्, तर ती कुराहरुमा कहिले पनि वास्ता गरिनन्। उनको इच्छा एउटै थियो जसरी पनि पढ्छु र सबैभन्दा अब्बल बन्छु। सामान्य परिवारमा जन्मिएकी तारा, गाउँबाट पहिलो एसएलसि पास गर्ने छात्रा थिइन्। 

त्यसपछि उनी तारा झै चम्किरहिन्। उनको खुशीको सिमा नै रहेन। त्यो पल सम्झिदा आज पनि उनको आँखामा आँशु आउँछ, त्यो खुशीको क्षण थियो। पहिलो फड्को त सफल भयो तर उनका सामु पहाड झैं समस्या र चुनौतीहरु प्रसस्त थिए।

एसएलसी पछि उनले भूसंरक्षणमा जागिर खाइन्। उनी आज पनि ती दिनहरु सम्झिदा भक्कानिएर रुन मन लाग्छ भन्छिन्। आफ्नो नाम पनि बताउँन नसक्ने लाज लाग्ने, कसैले केही भन्छ कि भन्ने डरले मनभित्रका कैयौं पिडा दबाएर राख्थिन्। जीवन त संघर्ष नै हो भन्छिन्। कामको खोजीमा भौतारिँदा कैयौं दिन भोकभोकै बस्नु परेको र कैयौं रातहरु अनिदो बस्नु परेको यादहरु आज पनि ताजै छ उनी भन्छिन्। जतिसुकै संघर्ष गरेपनि सफलता त एक दिन आफ्नै हातमा आउँछ भन्ने कुरामा उनी विश्वस्त थिइन्। धैर्य गर्नुपर्छ अवसरले एक दिन आफूलाई पछ्याउँछ उनी थप्छिन्।

जीवनमा एउटै चिज कमाएकोमा गौरवान्दित महसुस पनि गर्छिन्, त्यो हो इमान्दारिता। त्यही इमान्दारिताको कारण जुन ठाउँमा काम गरेपनि सबै साथीहरुले साथ र सहयोग गरेको स्मरण गर्छिन्। विवाह भयो र दुई सन्तानको आमा पनि बनिन्। हरेक सुख–दुःखमा आफ्नो श्रीमानको साथ र सहयोग हरदम पाएको बताउँछिन्।

समाज–सेवा गर्ने बाटो त अनेक छन्, आफ्ना रहर र इच्छा जब पूरा भयो तब महिला शक्ति विकास केन्द्र नेपालमा उनी आबद्ध भइन्। त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन भन्छिन् उनी। आफ्नो नाम भन्न पनि डराउने उनी आज जिल्लाका हरेक तालिमहरु दिने गर्छिन्। क्षेत्रिय संयोजकको भूमिकामा काम गरेको पनि १३/१४ वर्ष वितिसकेको स्मरण गर्छिन्। यदि यो संस्था नहुने हो भने आफूले कहिले पनि प्रगति गर्न नसक्ने र समाजका हरेक महिलाको लागि उदाहरण बन्न नसकिने बताउँछिन्।

क्षेत्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएकी तारा खाती भन्छिन्, “यस संस्थाकी कार्यकारी निर्देशक कविता गुरुङप्रति सदासर्वदा कृतज्ञ रहेको र सदा सम्मान रहनेछ।”  
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १६:३६
##TaraKhati
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्