Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • खोप लगाउने क्रम बढेसँगै कोरोना ग्राफ घट्दो
खोप लगाउने क्रम बढेसँगै कोरोना ग्राफ घट्दो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २०, २०७८

जनकपुर । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ। 

यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ। निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ सङ्क्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन्।

बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ सङ्क्रमित थपिँदा ४४ र मङ्गलवार ५४ जनामा सङ्क्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए। 

उनका अनुसार बुधबार धनुषा र सर्लाहीमा १५/१५, महोत्तरी र सप्तरीमा ४/४, रौतहट र बारामा २/२ नयाँ सङ्क्रमित थपिएका छन् भने मङ्गलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा ६/६, सप्तरीमा ५, बारा र रौतहटमा २/२ तथा सर्लाहीमा १ नयाँ सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु सबै होमआइसोलेशनमा रहेको जनाइएको छ।

महामारी सुरु भएपछि प्रदेशमा सङ्क्रमणबाट हालसम्म ४१ हजार १२२ सङ्क्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने १ हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ। 

निर्देशनालयका अनुसार सङ्क्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ।

सुरुमा  सङ्क्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढेसँगै सङ्क्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन्। वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करिब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताए। 

गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो सङङ्ख्या बढेर करिब ५५ प्रतिशत पुगेको उहाँको भनाइ छ।

उनका अनुसार पूर्ण डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६७ , धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ। 

यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको सङ्ख्या भने प्रदेशमा करिब ६६ प्रतिशत छ। ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन्। उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने सङ्ख्या बढी छ।

निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन्। “खोप लगाउने दर कम हुँदा सङ्क्रमण फैलिने दर बढेको थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भने, “तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ।”

अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उनको भनाइ थियो। तर स्वास्थ्य मापदण्ड पालना नगरेमा सङ्क्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ।

सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ। “विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी जाँच सुरु गर्याे”, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भने, “सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन्।”

जाँचका क्रममा सङ्क्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि सङ्क्रमणदर घटेको हुनसक्ने उहाँको भनाइ थियो।

पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ। 

वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १३:०८
##coronavirus
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्