Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सफलताका पर्याय साहसी विना बस्नेत
सफलताका पर्याय साहसी विना बस्नेत
दिनेश महर्जन
दिनेश महर्जन शनिबार, चैत १९, २०७८

भक्तपुर ।  विना बस्नेत साधारण जीवनशैली, योजना बनाएर काम गर्न सक्छिन् उनी । शहर वा गाउँ जस्तोसुकै ठाउँमा पुगेपनि आफ्नो बोल्ने र काम गर्ने शैलीका कारण अमिट छाप छोड्न सक्ने क्षमता छ उनीसँग। 

सानो बच्चा होस् वा वृद्धवृद्धा हरेक उमेरका मानिसहरुसंग घूलमिल हुन सक्छिन्। सधै हाँसेर बोल्ने विनाका जीवनमा पनि धेरै उतारचढाव र संघर्ष नआएका होइनन् । परिवारको साथ र सहयोगले आज उनी सफल व्यवसायी महिलाहरुको माझमा आफ्नो छुट्टै परिचय बनाउन सफल भइसकेकी छिन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा निवासी विनाले श्री शान्ति निकेतन माध्यमिक बिद्यालयमा अध्ययन गरेकी हुन्। विना सानै उमेरदेखि नै चुलबुलले स्वभावकी थिइन्। अतिरिक्त क्रियाकलापमा अरुभन्दा एक कदमै अगाडि थिइन्।

वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगिता होस् वा बिद्यालयका कुनैपनि क्रियाकलापमा भाग लिन चुकाउँदैन थिइन्। त्यस्तैगरी बाल क्लबहरुमा पनि नेतृत्वदायी भूमिका उनकै हुने गर्दथ्यो। एसएलसी पछि नेपाल रेडक्रस सोसाइटी अन्र्तगत विभिन्न समूहहरु हुन्थे। भक्तपुर जिल्लामा १० वटा समूहहरु थिए।

त्यतिखेरको समयमा सिपाडोल गाविस थियो । सो गाविसमा नेतृत्व आफैले गरेको पनि स्मरण गर्छिन्। जनचेतना महिला समूह जसको अध्यक्ष उनी आफै थिइन्। काम गरेपछि त्यसको परिणाम पनि राम्रो आओस् भन्ने लाग्छ उनलाई। १० वटा समूहमा उत्कृष्ट समूह घोषणा हुँदा आजपनि त्यो दिनको रमाइलो क्षणको स्मरण गर्छिन्।

अञ्जना नेपाली र विना बस्नेत त्यतिखेर हरेक काममा संगै हुन्थे उनीहरु । गाविसबाट बजेट निकाशा गरी महिला समूहलाई कसरी सफल र अगाडि बढाउन सकिन्छ भनेर विभिन्न किसिमका तालिमहरु दिने गरेको बताउँछिन्। काम गर्दै जादा चौतर्फी सफलतापछि आफ्नो घर वरिपरिका छिमेकी दाजुभाइ तथा दिदीबहिनीहरुले पनि अब विनालाई अरु संघ संस्थामा पनि राख्नुपर्छ भन्ने कुरा गरेको पनि सम्झिन्छिन्। 

त्यसपछि २०६३ सालमा खानेपानीमा कोषाध्यक्षको रुपमा काम गरेको बताउँछिन्। खानेपानी अन्र्तगत नै २०६६ सालमा सिपाडोल वचत तथा सहकारी संस्थामा सचिवको रुपमा पनि काम गरेर प्रशस्त अनुभव बटुलिसकेकी छिन्। अहिले पनि काम गरिरहेको बताउँछिन्।

यसैक्रममा सामुदायिक वन उपभोक्ता महासंघमा पनि २०६२/६३ मा उपाध्यक्षको रुपमा काम गरेको बताउँछिन्। सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरको प्रतिनिधित्व गरेर चितवन जानुपर्ने भयो र सो बेला तालिमहरु लिने अवसर पाएको बताउँछिन्।

१३ वटा जिल्लाका महिला दिदी बहिनीहरुको सहभागिता रहेको सो तालिममा विकास भन्ने विषयमा ५ मिनेट बोल्न दिइएको र त्यो सबैभन्दा राम्रो विना बस्नेतको भएको कुरा सुन्दा आजपनि खुशी लागेको बताउँछिन्।

दुःख पिडा त बारम्बार आयरहन्छ, तर अवसर पटक–पटक आउँदैन। आएको अवसरलाई समात्न सके सुन सुगन्ध हुने बताउँछिन्। उनी स्मरण गर्छिन् २०६६ सालतिरको कुरा। आफ्नै साथी अञ्जना नेपाली र आफू हरेक क्रियाकलापहरुमासँगै थिए।

महिला शक्ति विकास केन्द्र नेपालले काठमाडौंको जमलमा तालिम दिदैछ। सो तालिममा सहभागी हुन जानुपर्ने भयो। भनिन्छ नि खानेकुराको हरेक दानामा खाने व्यक्तिको नाम लेखिएको हुन्छ रे, त्यस्तै भयो त्यही दिन पनि। 

सामुदायिक उपभोक्ता महासंघको एक जना साथी जान नपाउने भएकोले सो तालिममा आफू गएको बताउँछिन्। सो तालिममा १२/१३ जिल्लाका यूथहरुको सहभागिता रहेको थियो। आफूलाई जहिलेपनि अगाडि बढ्ने र बोल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तालिमको अन्तिम दिन पनि सहभागहिरुकोतर्फबाट आफूले बोलेको बताउँछिन्।

सो संस्थाकी संस्थापक अध्यक्ष हाल कार्यकारी निर्देशक कविता गुरुङले बोल्ने कलाको तारिफ गरेको आज पनि ताजै रहेको बताउँछिन्। तालिम सकेर घर आएको केही समय पछि आफूले खुशीको खबर सुन्न पाए भन्छिन् उनी।

त्यतिखेरको समयमा आफूसँग मोबाइल नभएको र साथीको मोवाइलमा फोन आएको स्मरण गर्छिन्। संस्थापक अध्यक्ष कविता गुरुङले हामीले तपाईलाई क्षेत्रिय संयोजकको रुपमा चुनेका छौं भनेपछि आफू निकै हर्षित भएको भन्छिन्।

शायद भाग्यरेखा कोरिएको दिन थियो त्योभन्दा फरक नपर्ला । महिला शक्ति विकास केन्द्र नेपालमा १० वर्ष क्षेत्रिय संयोजकको रुपमा काम गरेर ५ हजारभन्दा बढी महिलालाई तालिमहरु दिएको बताउँछिन्। 

काम गर्दा अनेकौ चुनौतीहरु नआएका होइनन् । परिवारको साथ र सहयोग त थियो नै तर हाम्रो समाज त्यही हो जहाँ २१ औ शताब्दी भनिएपनि महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा फरक आएको थिएन र छैन पनि। 

हाल सोही संस्थामा कोषाध्यक्षको रुपमा काम गरिरहेको बताउँछिन्। साथै आफ्नो छुट्टै व्यवसाय भक्तपुर सूर्यविनायक नगरपालिका-८ मा बस्नेत क्याफे सञ्चालन गरेको जानकारी दिइन्। 
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्