Top Navigation
Main Navigation
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सफलताका पर्याय साहसी विना बस्नेत
सफलताका पर्याय साहसी विना बस्नेत
निशान बुढाथाेकी
निशान बुढाथाेकी शनिबार, चैत १९, २०७८

भक्तपुर ।  विना बस्नेत साधारण जीवनशैली, योजना बनाएर काम गर्न सक्छिन् उनी । शहर वा गाउँ जस्तोसुकै ठाउँमा पुगेपनि आफ्नो बोल्ने र काम गर्ने शैलीका कारण अमिट छाप छोड्न सक्ने क्षमता छ उनीसँग। 

सानो बच्चा होस् वा वृद्धवृद्धा हरेक उमेरका मानिसहरुसंग घूलमिल हुन सक्छिन्। सधै हाँसेर बोल्ने विनाका जीवनमा पनि धेरै उतारचढाव र संघर्ष नआएका होइनन् । परिवारको साथ र सहयोगले आज उनी सफल व्यवसायी महिलाहरुको माझमा आफ्नो छुट्टै परिचय बनाउन सफल भइसकेकी छिन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा निवासी विनाले श्री शान्ति निकेतन माध्यमिक बिद्यालयमा अध्ययन गरेकी हुन्। विना सानै उमेरदेखि नै चुलबुलले स्वभावकी थिइन्। अतिरिक्त क्रियाकलापमा अरुभन्दा एक कदमै अगाडि थिइन्।

वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगिता होस् वा बिद्यालयका कुनैपनि क्रियाकलापमा भाग लिन चुकाउँदैन थिइन्। त्यस्तैगरी बाल क्लबहरुमा पनि नेतृत्वदायी भूमिका उनकै हुने गर्दथ्यो। एसएलसी पछि नेपाल रेडक्रस सोसाइटी अन्र्तगत विभिन्न समूहहरु हुन्थे। भक्तपुर जिल्लामा १० वटा समूहहरु थिए।

Nepal Oil Corporation

त्यतिखेरको समयमा सिपाडोल गाविस थियो । सो गाविसमा नेतृत्व आफैले गरेको पनि स्मरण गर्छिन्। जनचेतना महिला समूह जसको अध्यक्ष उनी आफै थिइन्। काम गरेपछि त्यसको परिणाम पनि राम्रो आओस् भन्ने लाग्छ उनलाई। १० वटा समूहमा उत्कृष्ट समूह घोषणा हुँदा आजपनि त्यो दिनको रमाइलो क्षणको स्मरण गर्छिन्।

अञ्जना नेपाली र विना बस्नेत त्यतिखेर हरेक काममा संगै हुन्थे उनीहरु । गाविसबाट बजेट निकाशा गरी महिला समूहलाई कसरी सफल र अगाडि बढाउन सकिन्छ भनेर विभिन्न किसिमका तालिमहरु दिने गरेको बताउँछिन्। काम गर्दै जादा चौतर्फी सफलतापछि आफ्नो घर वरिपरिका छिमेकी दाजुभाइ तथा दिदीबहिनीहरुले पनि अब विनालाई अरु संघ संस्थामा पनि राख्नुपर्छ भन्ने कुरा गरेको पनि सम्झिन्छिन्। 

त्यसपछि २०६३ सालमा खानेपानीमा कोषाध्यक्षको रुपमा काम गरेको बताउँछिन्। खानेपानी अन्र्तगत नै २०६६ सालमा सिपाडोल वचत तथा सहकारी संस्थामा सचिवको रुपमा पनि काम गरेर प्रशस्त अनुभव बटुलिसकेकी छिन्। अहिले पनि काम गरिरहेको बताउँछिन्।

यसैक्रममा सामुदायिक वन उपभोक्ता महासंघमा पनि २०६२/६३ मा उपाध्यक्षको रुपमा काम गरेको बताउँछिन्। सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरको प्रतिनिधित्व गरेर चितवन जानुपर्ने भयो र सो बेला तालिमहरु लिने अवसर पाएको बताउँछिन्।

१३ वटा जिल्लाका महिला दिदी बहिनीहरुको सहभागिता रहेको सो तालिममा विकास भन्ने विषयमा ५ मिनेट बोल्न दिइएको र त्यो सबैभन्दा राम्रो विना बस्नेतको भएको कुरा सुन्दा आजपनि खुशी लागेको बताउँछिन्।

दुःख पिडा त बारम्बार आयरहन्छ, तर अवसर पटक–पटक आउँदैन। आएको अवसरलाई समात्न सके सुन सुगन्ध हुने बताउँछिन्। उनी स्मरण गर्छिन् २०६६ सालतिरको कुरा। आफ्नै साथी अञ्जना नेपाली र आफू हरेक क्रियाकलापहरुमासँगै थिए।

महिला शक्ति विकास केन्द्र नेपालले काठमाडौंको जमलमा तालिम दिदैछ। सो तालिममा सहभागी हुन जानुपर्ने भयो। भनिन्छ नि खानेकुराको हरेक दानामा खाने व्यक्तिको नाम लेखिएको हुन्छ रे, त्यस्तै भयो त्यही दिन पनि। 

सामुदायिक उपभोक्ता महासंघको एक जना साथी जान नपाउने भएकोले सो तालिममा आफू गएको बताउँछिन्। सो तालिममा १२/१३ जिल्लाका यूथहरुको सहभागिता रहेको थियो। आफूलाई जहिलेपनि अगाडि बढ्ने र बोल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तालिमको अन्तिम दिन पनि सहभागहिरुकोतर्फबाट आफूले बोलेको बताउँछिन्।

सो संस्थाकी संस्थापक अध्यक्ष हाल कार्यकारी निर्देशक कविता गुरुङले बोल्ने कलाको तारिफ गरेको आज पनि ताजै रहेको बताउँछिन्। तालिम सकेर घर आएको केही समय पछि आफूले खुशीको खबर सुन्न पाए भन्छिन् उनी।

त्यतिखेरको समयमा आफूसँग मोबाइल नभएको र साथीको मोवाइलमा फोन आएको स्मरण गर्छिन्। संस्थापक अध्यक्ष कविता गुरुङले हामीले तपाईलाई क्षेत्रिय संयोजकको रुपमा चुनेका छौं भनेपछि आफू निकै हर्षित भएको भन्छिन्।

शायद भाग्यरेखा कोरिएको दिन थियो त्योभन्दा फरक नपर्ला । महिला शक्ति विकास केन्द्र नेपालमा १० वर्ष क्षेत्रिय संयोजकको रुपमा काम गरेर ५ हजारभन्दा बढी महिलालाई तालिमहरु दिएको बताउँछिन्। 

काम गर्दा अनेकौ चुनौतीहरु नआएका होइनन् । परिवारको साथ र सहयोग त थियो नै तर हाम्रो समाज त्यही हो जहाँ २१ औ शताब्दी भनिएपनि महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा फरक आएको थिएन र छैन पनि। 

हाल सोही संस्थामा कोषाध्यक्षको रुपमा काम गरिरहेको बताउँछिन्। साथै आफ्नो छुट्टै व्यवसाय भक्तपुर सूर्यविनायक नगरपालिका-८ मा बस्नेत क्याफे सञ्चालन गरेको जानकारी दिइन्। 
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ दुई मन्त्रीको शपथ ग्रहण
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्