काठमाडौ । कराते सहायक प्रशिक्षक दिनेश पुरीको निधनमा बुधबार राष्ट्रिय खेलकुद परिषद्मा श्रद्धाञ्जली सभाको आयोजना गरि स्वर्गिय पुरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई लगायत प्रशिक्षक र कर्मचारीहरुले स्व. पुरीको तस्वीरमा अविर तथा फूल चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हो ।
क्यान्सर रोगसँग जुधिरहेका स्व. पुरीको ५१ बर्षको उमेरमा २०७९ बैशाख २ गते निधन भएको थियो । पुरीको चिरशान्तिको कामना गर्दै १ मिनट मौनधारण गरिएको थियो ।
विसं २०६१ भाद्र १ गते परिषद्को सेवामा प्रवेश गरेका पुरी सुर्खेत जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ १७:००