Top Navigation
Main Navigation
आइतबार, पुस १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस १३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा अर्याललाई बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा अर्याललाई बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख १४, २०७९
Gyanendra Bahadur Karki

काठमाडौ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । 

त्यसैगरी सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘रेजिना डाइलग,२०२२’ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई सहभागि हुन स्वीकृति दिने भएको छ । 

यही वैशाख १३ गते मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खानेपाली क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने बताएको हो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३० हजार १६५ निर्धारण गर्ने, कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दसवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने र सिन्धुलाल्चोक जिल्ला साबिक तातोपानी गाविसअन्तर्गत पर्ने नौ रोपनी सरकारी जग्गा भोटेकोसी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिनेसमेत निर्णय गरेको छ । 

प्रवक्ता कार्कीले भने “सरकारले बङ्गलादेशमा ‘बेरिन्ड मल्टिप्रपोज डेभलभमेन्ट’ बाट सिँचाइ व्यवस्थापनका मोडालिटी सम्बन्धमा अवलोकन तथा अध्ययन भ्रमणमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।  

मन्त्रिपरिषद्ले बारा जिल्ला साबिक प्रसौनी गाविस–५ स्थित सरकारका नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट बारालाई लिजमा उपलब्ध गराउन र उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङगोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी मध्यमोदी जलविद्युत आयोजनाको प्रसारणलाईनको लागि मोदी गाउँपालिका-२ देउपुरदेखि मोदी गाउँपालिका–३ कोरुङगासम्मको १ दशमलव ९७२९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

प्रवक्ता कार्कीले दक्षिण कोरियाको सिओलमा हुने प्रन्धौँ ‘वल्ड फरेष्ट्री कङ्ग्रेस’ सम्बन्धी कार्यक्रममा सहभागि हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेललाई स्वीकृति दिने निर्णय भएको जानकारी दिएका हुन् । 

सरकारले ‘द एजुुकेशन वल्र्ड फोरम’ ले बेलायतको लन्डनमा आयोजना गर्ने ‘एजुकेशन वल्र्ड फोरम, २०२२’ मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डललाई मित्रराष्ट्र मलेसियाको भ्रमण गर्न र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

“श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीृकति दिने, नर्वेमा आयोजना हुने मेन्टल हेल्थसम्बन्धी एनुअल प्रोजेक्ट मिटिङमा सहभागी हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललाई स्वीृकति दिने निर्णय गरिएको छ,” प्रवक्ता कार्कीले भने।

मन्त्रिपरिषद्ले साबिक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको सेवानिवृत्त सुविधाको जिल्ला समन्वय समितिमा रहेको साबिकको कल्याणकारी कोषबाट भुक्तानी गर्ने, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश (गठन), २०७८ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १७:३०
##GyanendraBahadurKarki
प्रतिक्रिया दिनुहोस्
थप समाज
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ सोमबार, पुस ७, २०८२
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
  • नंः ३ महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
  • नंः ४ हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्