Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा अर्याललाई बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा अर्याललाई बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख १४, २०७९
Gyanendra Bahadur Karki

काठमाडौ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । 

त्यसैगरी सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘रेजिना डाइलग,२०२२’ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई सहभागि हुन स्वीकृति दिने भएको छ । 

यही वैशाख १३ गते मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खानेपाली क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने बताएको हो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३० हजार १६५ निर्धारण गर्ने, कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दसवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने र सिन्धुलाल्चोक जिल्ला साबिक तातोपानी गाविसअन्तर्गत पर्ने नौ रोपनी सरकारी जग्गा भोटेकोसी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिनेसमेत निर्णय गरेको छ । 

प्रवक्ता कार्कीले भने “सरकारले बङ्गलादेशमा ‘बेरिन्ड मल्टिप्रपोज डेभलभमेन्ट’ बाट सिँचाइ व्यवस्थापनका मोडालिटी सम्बन्धमा अवलोकन तथा अध्ययन भ्रमणमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।  

मन्त्रिपरिषद्ले बारा जिल्ला साबिक प्रसौनी गाविस–५ स्थित सरकारका नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट बारालाई लिजमा उपलब्ध गराउन र उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङगोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी मध्यमोदी जलविद्युत आयोजनाको प्रसारणलाईनको लागि मोदी गाउँपालिका-२ देउपुरदेखि मोदी गाउँपालिका–३ कोरुङगासम्मको १ दशमलव ९७२९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

प्रवक्ता कार्कीले दक्षिण कोरियाको सिओलमा हुने प्रन्धौँ ‘वल्ड फरेष्ट्री कङ्ग्रेस’ सम्बन्धी कार्यक्रममा सहभागि हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेललाई स्वीकृति दिने निर्णय भएको जानकारी दिएका हुन् । 

सरकारले ‘द एजुुकेशन वल्र्ड फोरम’ ले बेलायतको लन्डनमा आयोजना गर्ने ‘एजुकेशन वल्र्ड फोरम, २०२२’ मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डललाई मित्रराष्ट्र मलेसियाको भ्रमण गर्न र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

“श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीृकति दिने, नर्वेमा आयोजना हुने मेन्टल हेल्थसम्बन्धी एनुअल प्रोजेक्ट मिटिङमा सहभागी हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललाई स्वीृकति दिने निर्णय गरिएको छ,” प्रवक्ता कार्कीले भने।

मन्त्रिपरिषद्ले साबिक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको सेवानिवृत्त सुविधाको जिल्ला समन्वय समितिमा रहेको साबिकको कल्याणकारी कोषबाट भुक्तानी गर्ने, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश (गठन), २०७८ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १७:३०
##GyanendraBahadurKarki
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्