Top Navigation
Main Navigation
मंगलबार, वैशाख ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, वैशाख ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महानिरीक्षकद्वय सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान
महानिरीक्षकद्वय सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, वैशाख १९, २०७९
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान
Api Himal

काठमाडौ । नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।     

गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिएको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिषद्को यही १८ गतेको निर्णयले उनीहरूलाई महानिरीक्षकमा पदोन्नति गरेको हो। 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अङ्गका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्। 

Nepal Oil Corporation

राज्य र सरकारको अपेक्षा भनेको न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माणका लागि सङ्गठनलाई कसरी अग्रसर गराउने भन्ने रहेको र त्यस विषयमा कार्यकाल सफल होस् भनी शुभकामना व्यक्त गरे। उनले दुवै सङ्गठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो सङ्गठनलाई दृढतापूर्वक डोर्याउने काम हुने अपेक्षा रहेको गृहसचिव पाण्डेले बताए। 

गृहसचिव पाण्डेले नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले भने, “प्रहरी चौकीको र इलाका प्रहरीको स्तरोन्नतिको मागलाई हेर्दा नेपाल प्रहरी न्यूनतम १ लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पुर्याउनुपर्ने आवश्यकता छ।” उनले दुवै सङ्गठनको पुनःसंरचना र जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

परम्परागत प्रहरी ढाँचाबाट आधुनिक प्रहरी ढाँचामा रुपान्तरण गर्नुपर्ने र आधुनिक प्रकृतिका अपराध विकास भइरहेकाले त्यसको नियन्त्रण र चुनौतीको सामना गर्न सक्षम प्रहरी सङ्गठन निर्माण, स्वस्थ्य सामाजिक संस्कार र सभ्याताको विकासका लागि प्रहरी सङ्गठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उनले औँल्याउँदै गृहसचिव पाण्डेले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गरे।  

सङ्गठनमा क्षमतावान् प्रतिस्पर्धी जनशक्ति भित्र्याउनका लागि सक्षम जनशक्ति विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै गृहसचिव पाण्डेले सङ्गठनभित्रका आन्तरिक विकृति विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिए।

गृहसचिव पाण्डेले सुरक्षाका लागि विकास र विकासका लागि सुरक्षा आवश्यक हुने भएकाले यी दुई विषय अन्तरसम्बन्धित रहेको र  एकीकृतरुपमा अघि बढाउनुपर्ने सन्दर्भमा सँगसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

गृहसचिव पाण्डेले प्रहरी सङ्गठनमा नेतृत्व गर्नसक्ने व्यक्तिलाई नै जिम्मेवारी दिनेगरी सरकारले व्यक्ति रोजेको जानकारी दिए। “परिपक्वताका हिसाबले सरकाले छनोट गरेको ज्येष्ठताको विषय हो, कार्य क्षमता र कार्यकुशलताको विषय नियमावलीमा बोलेको छ, सरकारलाई नवनियुक्त महानिरीक्षकमा कार्यकुशलता र क्षमता तुलनात्मकरुपमा राम्रो लाग्यो”, गृहसचिव पाण्डेले भने, “उत्तरदायित्व बहन गर्नसक्ने क्षमता र नेतृत्व प्रदान गर्नसक्ने कुशलता, प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्य उहाँहरुमा छ, यसलाई उहाँहरुले कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।”

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने विश्वास दिलाउँदै उनले राज्यले सुम्पिएको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्ने र कर्मचारीको वृत्तिविकास, साङ्गठनिक सुदृढीकरणमा जोड, थपिएका सुरक्षा चुनौतीको सामना गर्न तथा अपराधी नियन्त्रणमा गम्भीरतापूर्वक लाग्दै आम नागरिकमाथि नेपाल प्रहरीप्रतिको विश्वास अभिवृद्धितर्फ आगामी रणनीति केन्द्रित रहने जानकारी दिए। 

उनले हरेक साङ्गठिनक क्रियाकलापलाई पारदर्शीतापूर्ण गरी भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम राख्दै आपराधिक तत्वको क्रियाकलाप निमिट्यान्न पार्ने प्रतिबद्धता जनाउँदै आफ्ना सहकर्मीलाई साथमा लिएर सङ्गठन सुधारमा लाग्ने र निकटमा आएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहति बनाउन प्रहरीको पूर्ण ध्यान केन्द्रित गर्ने बताएका थिए।

समाराहेमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीको कार्यसम्पादनका सूचक र मानकलाई अझै माथि उठाउन मानव संशाधनको विकास, आधुनिक प्रविधिको विकास र नतिजामुखी नवीन कार्यशैलीको कार्य सम्पादनलाई विशेष प्राथमिकता दिने बताएका थिए।

शान्ति, सुशासन, विकास र समृद्धिका जनअपेक्षा पूरा गर्ने मूल उद्देश्यसहित गृहमन्त्रालयबाट अघि बढाइएको गृहप्रशासन सुधार योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाउँदै महानिरीक्षक अर्यालले स्थानीय तह निर्वाचनलाई प्राथमिकतामाथिको प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए।  

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:३८
##IGP
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
विवाह गर्न गएका दुई युवती बिचल्लीमा
विवाह गर्न गएका दुई युवती बिचल्लीमा मंगलबार, वैशाख ३०, २०८२
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्