Top Navigation
Main Navigation
शुक्रबार, चैत २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, चैत २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सातु र सर्वत दान एवं सेवन गरिने दिन अक्षय तृतीया पर्व
सातु र सर्वत दान एवं सेवन गरिने दिन अक्षय तृतीया पर्व
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख २०, २०७९
वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व

काठमाडौ । आज अक्षय तृतीया पर्व ।  प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।    

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । 

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो। 

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउँछन्।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम पूर्णरूपमा अन्त्य नभइसकेकाले सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरेपनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उनले भने । 

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । 

त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०७:४३
##AkshayaTritiya
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
  • नंः २ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः ३ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
  • नंः ४ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः ५ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्