चितवन । देशकै चर्चाकाे शिखरमा रहेकाे भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी रहेको छ ।
मतपरिणाम अनुसार नेकपा माअोवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको अझ तिब्रता बढेको छ भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदी धेरै मतान्तरको दुरीले पछि पर्न थालिसकेका छन् ।
पछिल्लो प्राप्त जानकारी अनुसार अहिलेसम्मको ५, हजार ७ सय ३३ मतले रेणुले अग्रता लिइरहेकी छन् ।
भरतपुर महानगरपालिकाको ७६ हजार ९५ गणना गर्दा रेणुले २९ हजार ४ सय ७८ मत प्राप्त गरेकी छन् भने सुवेदीले २३ हजार ७ सय ४५ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेलले १० हजार ३ सय ३४ मत पाएका छन् भने उप मेयर पदमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै रहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ १५:५१