ललितपुर। ललितपुर महानगरपालिका वडा-५ का अत्यन्त लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका छन्। शुक्रवार लगनखेलस्थित वडा कार्यालयमा गएर श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका हुन्।
जहाँ विकासमान त्यहाँ विकासको पाइला नारा वोकेर अघिल्लो पाँच बर्षे कार्यकाललाई स्वर्णिम अक्षरले इतिहास रच्न सफल विकासमान नेतृत्वको वडा सरकारको यो दोश्रो इनिङ हो।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भारी मतले वडावासीको विश्वास जितेर विजयी वडा अध्यक्ष श्रेष्ठ नेतृत्वको टीमले अवको पाँच बर्षमा अझ थप उल्लेखनीय कार्य गरेर वडावासीलाई सुख र समृद्धि दिने कसम नै खाएका छन्।
निर्वाचनको बेला राजनीतिक पार्टीको उम्मेदवार भएर वडावासीको घर–घरमा पुगेतापनि चुनाव जितेपछि आफू कुनै राजनीतिक पार्टीको वडा अध्यक्ष नभइकन सवै जनताको वडा अध्यक्ष भएको कारण पार्टीभन्दा माथि रहेर कार्य गर्ने प्रतिवद्धता पनि वडा अध्यक्ष श्रेष्ठले व्यक्त गरेका छन्।
वडा अध्यक्ष श्रेष्ठको साथमा महिला वडा सदस्य शोभदेवी प्रधान, दलित वडा सदस्य मन्जु रिजाल तथा वडा सदस्यहरु पूनम निरौला र अशोक कुमार श्रेष्ठलाई वडाका कर्मचारी तथा स्थानीयहरुले स्वागत गरेका थिए।
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९ १२:३५