Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विर्सना गौलीको विर्सनै नसकिने जीवनका ति पानाहरु 
विर्सना गौलीको विर्सनै नसकिने जीवनका ति पानाहरु 
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, जेठ १५, २०७९
Birsana Gauli

हरेक मानिसको जिवनमा उतार चढाव आउँछन्, संघर्ष पनि प्रसस्त आउँछन् । संघर्ष गर्दैमा सफलता प्राप्त हुन्छ भन्ने पनि छैन। त्यसमा सकारात्मक सोचको पनि आवश्यकता पर्छ । नकारात्मक कुरालाई सकारात्मक सोच्न सक्नु भनेकै सफलताको पहिलो खुड्किलो उक्लनु हो।

जिवन सहज र सोचे जस्तै गतिमा अगाडि बढाउँदै गयो भने जिवन जिउनुको मजा आउँदैन। फूलै फूलको बाटो जो कोही पनि हिड्न सक्छ। काँडाको बाटोमा हिड्न कठिन हुन्छ, त्यही कठिन बाटोले नै जिवन जिउन सिकाउँछ। चुनौती विनाको जिवन जिवन होइन। संघर्षले मानिसलाई परिपक्व बनाउँछ। सहनशिल बनाउँछ, सकारात्मक सोचको विकास गराउँछ।

चितवनमा जन्मिएकी लिलामाया गौली अर्थात् विर्सना गौलीलाई शुरुमा आफ्नो नाम भन्न पनि डर लाग्ने, लाज लाग्ने गर्थ्यो। बुद्ध शान्ति माध्यमिक बिद्यालयबाट एसएलसी पास गरेकी गौलीको विवाह २०५२ सालमा विवाह भएपछि तनहुँको आबु खैरेनीमा भयो । काम गर्न घरबाट कहिले पनि रोकतोक नभएको बताउँछिन् उनी। त्यतिखेर एउटा महिला जागृति कार्यक्रम भन्ने थियो, त्यही समूहहरु बनाउने र  काम गरेको बताउँछिन्। तालिमहरु  पनि लिएको स्मरण गर्छिन्।

Lila Maya Gauli1653792816.jpg

तालिमहरु लिने क्रममा तनहुँ जिल्लामा ४५–५० जना महिला दिदी बहिनीहरु हुन्थे, आफूभित्र रहेको डरको कारण उनी जहिले पनि पछाडिको सिटमा बस्ने गरेको बताउँछिन् । विभिन्न किसिमका तालिमहरु लिने दिने क्रममा केही वर्षहरु पनि बिते । त्यही अवधिमा बच्चा पनि जन्मियो । जिम्मेवारी थपिएको पनि अनुभूति भएको बताउँछिन् । आफूभित्र भएको डरको कारण हो वा अरु केही कारण दुई जनामा एक जनाको मात्र छनौट हुने क्रममा आफू छनौट नहँुदा पिडा थपिएको अनुभव स्मरण गर्छिन्।

तर एउटा विश्वास थियो असफलता हुनु भनेको सफलताको पहिलो खड्किलो उक्लिनु सरह हो ।  महिला समूहहरुमा वचत उठाउने काम गरेको हुँदा आफूलाई समूहमा भिज्न पनि सजिलो भएको बताउँछिन् । आफूलाई दिएको जिम्मेवारी इमानदारिताको साथ निभाउँछिन् उनी । सोही क्रममा एउटा संस्थाको नेतृत्व गर्न आफूलाई जिम्मा दिइएको बताउँछिन्।

सोही संस्थाले तालिमको लागि महिला दिदी बहिनीलाई  एक हप्ता गोर्खाको छोप्राक लगेको र तालिम पनि गाउँमा पुनः फर्किएर समूहमा तालिमहरु प्रदान गरेको पनि जानकारी दिइन् । करिब तीन महिना विकास शिक्षा सम्बन्धि तालिम प्रदान गरेको बताउँछिन् । त्यसो त उनी भन्छिन् आफूलाई कविता लेख्न र पढ्न पनि खुब रमाइलो लाग्ने गरेको बताउछिन्।

जिवनको यो काल खण्डसम्म आइपुग्दा विभिन्न किसिमका उतार चढावहरु आएको बताउँछिन्। तर त्यसलाई जहिले पनि सकारात्मक रुपमा लिएको र त्यही सकारात्मकताले गर्दा आफूमा नयाँ उर्जा आएको पनि बताउँछिन्।  

यत्तिको जोश जाँगर आउनुमा महिला शक्ति विकास केन्द्र नेपालको मुख्य भूमिका रहेको बताउँछिन्।  हुन त अवसर भन्ने कुरा बारम्बार आउँदैन। एक पटक आउँछ त्यसलाई समात्न सक्नुपर्छ । अवसर पाउन पनि माध्यम चाहिन्छ।

त्यही माध्यम बन्यो कोर लिडर श्रीमाया खनाल जसले महिला शक्ति विकास केन्द्र नेपालसम्म पुग्नको लागि महत्वपूर्ण भूमिका खेल्निुभयो । उनले छोडेपछि आफूले अवसर पाएको बताउँछिन् । त्यसपछि आफ्नो क्षमतामा दिन दुई गुणा रात चौगुणा बढेको बताउँछिन् ।  कोर लिडरको करिब ८–९ वर्ष काम गरेको र हाल जिल्ला संयोजक भएर काम गरिरहेको बताउँछिन् ।

शुरुमा आफूमा आत्मविश्वासमा कमी भएको सक्दिन की भन्ने थियो । तर साथीहरुको साथ र सहयोग अनि हौसलाले गर्दा आज महिला दिदी बहिनीहरुको माँझमा आफूलाई उभ्याउन पाउँदा खुशी लागेको पनि बताउँछिन्।

कम्प्यूटर सम्बन्धि आफूलाई कुनै पनि ज्ञान नहुँदा कृषु गौचन म्याडमको सहयोगले आफूले सिक्न र बुझ्न पाएको कुरा भन्न पनि पछि पर्दिनन्। यसको श्रेय पनि यही संस्थालाई दिन चाहेको बताउँछिन्।  बस इच्छाशक्ति हुनु पर्छ जस्तै कठिन काम पनि सहज हुने कुरालाई नकार्न सकिदैन । महिला शक्ति विकास केन्द्र नेपालले दिएको सकारात्मक सोचको तालिम पाएपछि आफुमा सकारात्मक सोचको विकास तिब्र रुपमा विकास भएको बताउँछिन् ।

सही काम गरेको छ भने जसले जे भने पनि केही फरक नपर्ने बताउँछिन् । त्यसो त काम गर्नको लागि घर परिवारको पनि उतिकै साथ र सहयोग पाएको बताउँछिन्। एउटा महिला भएपछि घरको काम र बाहिरको कामको सन्तुलन मिलाउन जरुरी छ।

त्यसमा पनि हाम्रो जस्तो देश जहाँ महिलालाई दोश्रो दर्जाको रुपमा लिइने गरिन्छ । त्यसमा पनि बुहारी भइसकेपछि घरको काम र बाहिरको कामको सन्तुलन मिलाउनु जरुरी छ । आफूले घर र बाहिरको काममा जहिले पनि राम्रो व्यवस्थापन गरेको बताउँछिन् ।

महिला शक्ति विकास केन्द्र नेपालको अलावा फुर्सदमा कृषि पेशामा पनि आबद्ध रहेको बताउँछिन्। वर्षमा कम्तिमा पनि ४० देखि ५० हजारसम्म नाफा हुने गरेको जानकारी दिइन् । कामले सधै काम सिकाउँछ भन्ने कुराको सशक्त र ज्वलन्त उदाहरण हुन् लिला माया गौली। 

- नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ०८:३९
##BirsanaGauli
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्