Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • इतिहास झल्काउने ‘होलैसुङ र हलेसीगढी’ पुस्तक सार्वजनिक
इतिहास झल्काउने ‘होलैसुङ र हलेसीगढी’ पुस्तक सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २०, २०७९
Holaisung and Haleshigadhi

खाेटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको किराँत ऐतिहासिकस्थल हलेसीगढीको ऐतिहासिक विषयवस्तु समेटेर तयार पारिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा तयार पारिएको हलेसीगढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसीगढी’ तथा ‘हलेसीगढी वृत्तचित्र’ आइतबार सार्वजनिक गरिएको हो ।

हलेसीगढीको इतिहासलाई अभिलेखीकरण एवं संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले इतिहास खोतलेर पुस्तक र भिडियो वृत्तचित्रमा सङ्ग्रहित गरिएको हलेसीगढी संरक्षण कार्यदलका संयोजक भूपेन्द्रकुमार राईले बताए। ती  पुस्तक तथा वृत्तचित्र नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले सार्वजनिक गरेको हो।

पुस्तक नेपाली, चाम्लिङ र अङ्ग्रेजी भाषामा लेखिएको छ । मुन्दुम अध्ययन–अनुसन्धाता भोगीराज चाम्लिङले इतिहासकार, विज्ञ, लेखक, संस्कृतिविद् र गढीका इतिहास जानकार स्थानीयसँगको अध्ययन र कुराकानीका आधारमा ‘होलैसुङ र हलेसीगढी’को दस्ताबेजीकरण गरेको हो ।

पुस्तकमा होलैसुङ र हलेसीको नाम, होलैसुङ वङ्शावली, हलेसीगढी र ऐतिहासिकस्थल, सेन-मकवान युद्धमा होलैसुङ, च्यास्मी र खाम्तेलगढीसँग खटपट, पृथ्वीनारायण शाहका सेनाविरुद्ध भ्वाँरमको लडाइँलगायतका ऐतिहासिक पक्ष केलाइएको छ । भिडियो वृत्तचित्र भने पत्रकार दीपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार पारिएको हो।

इतिहासमा भेटिएअनुसार हलेसीगढीमा करिब ४०० वर्ष पहिले किराँती राजा होलेसुङले राज्यसत्ता सञ्चालन गरेका थिए। हलेसीथुमका तिनै प्रथम कविला होलेसुङकै नामबाट त्यस ठाउँको नाम नै हलेसी रहन गएको इतिहास छ।

किराँती राजा होलेसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा विसं १८३० भदौमा पृथ्वीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको अध्येता चाम्चिङले बताए।

हलेसीगढीको ऐतिहासिक पुस्तक तथा वृत्तचित्रले भविष्यमा गढीको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।हलेसीगढीको संरक्षण र संवर्द्धनका लागि नगरपालिकाकै पहलमा विसं. २०७८ असार-२१ गते पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कवि तथा गीतकार भूपाल राई, किराँत राई यायोक्खाका पूर्वअध्यक्ष एवं संस्कृतिकर्मी चतुरभक्त राई, डा धनप्रसाद सुवेदी, डा भक्त राई, लेखक चन्द्रकुमार राई ‘हतुवाली’, संस्कृतिकर्मी शालिक सताशक, राजनीतिक दलका नेता, वडाध्यक्षलगायतको उपस्थितिमा ‘होलैसुङ र हलेसीगढी’ एवं ‘हलेसीगढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो।

मध्यपहाडी लोकमार्गको जयराम-हलेसी सडकखण्ड अन्तरगत दुर्छिमको छापडाँडाभन्दा केही माथि र रावाचुङगढी नजिकै रहेको हलेसीगढी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य एवं ऐतिहासिक अध्ययनको केन्द्र बन्दै गएको छ।

यसअघिसम्म ओझेलमा रहेको हलेसीगढीमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले आफ्नो सेनालाई तलब वितरण गरेको इतिहाससमेत भेटिएको छ ।

हलेसीको नामाकरण होलैसुङ राजाको नामबाट रहेको आधार भेटिए पनि किराँती मुन्दुममा बुइँदली र चाम्रोपाले उक्त क्षेत्रमा किराँत बस्ती बसालेको जनाइन्छ । होलैसुङ बुइँदली र चाम्रोपाका नाती होमैखुङका छोरा रहेको इतिहासमा उल्लेख छ।

तिनै किराँती पुर्खाहरु खोक्चिलिपा, तायामा र खियामा रहेको दुर्छिमका स्थानीय रोमबहादुर राईले जानकारी दिएको छ। खोक्चिलिपा, तायामा र खियामा हलेसी गुफामा बस्ने र तुवाचुङमा गएर तान बुन्ने गरेको हलेसी क्षेत्रका किराँतीको दाबी छ।

अहिले पनि किराँती राजाहरुले प्रयोग गरेको बैथर भनिने ढुङ्गाको हतियार हलेसी क्षेत्रका किराँत बस्तीमा पाइन्छ। किराँत बस्तीमा पाइने उक्त ढुङ्गे हतियार चार हजार वर्ष पहिले बनेको किराँतीहरुले अनुमान गरेका छन्।

लामो समय राज्यसत्ता सञ्चालन गरेको होलेसुङगढी अग्लो डाँडामा रहेकाले उक्त ठाउँबाट हलेसी गुफा, तुवाचुङ-जायजुम, उत्तरी क्षेत्रमा पर्ने हिमालय श्रृंखला, तराईका समथर भू-भागसमेतको दृश्यावलोकन गर्न सकिन्छ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थलका रुपमा रहेको होलेसुङगढी क्षेत्र रमणीय ठाउँ भएकाले पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको स्थानीयवासी बताउँछन् ।

होलेसुङगढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारकोजस्तै ऐतिहासिक महत्व बोके पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। किराँती सभ्यता बोकेको होलेसुङगढीको अस्तित्व पछिल्लो समय क्रमशः मेटिँदै गएकाले नगर र स्थानीयवासीले गढीको संरक्षणमा चासो देखाएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमको छापडाँडाभन्दा केही माथिल्लो भागमा रहेको होलेसुङगढीमा राजा र सेनापति बस्ने छुट्टाछुट्टै गढीको जग अहिले पनि यथावत रहेको छ ।

सैनिक परेड खेल्ने मैदान, गढी वरिपरी हिँड्ने रिङ रोड, सुरुङमार्गलगायतका संरचना अहिले पनि देख्न सकिन्छ।

पर्यटकीयस्थल हलेसीगढीमा होलैसुङको दश भाइ छोराको सामूहिक चौतारासमेत निर्माण गरिएको छ। होलेसुङगढी जाने पदमार्गमा होलेसुङ समूहले सङ्कलन गरेको चन्दाबाट सामूहिक चौतारा निर्माण गरिएको हो।

चौतारामा होलैसुङ राजाका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, जन्तरे मुङ्लोहोँछा, मन्तरे नाम्राहोँछा, लखन्तरे सैंदाहोँछो र कान्छा तातेसुङहोँछाको छुट्टाछुट्टै नाम लेखिएको शिलालेख राखिएको छ।

होलेसुङगढी जाने पदमार्गमा निर्माण गरिएको सामूहिक चौतारामा पछिल्लो समय किराँती सभ्यता अध्ययन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन्।


 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०७:३१
##holaisung
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्