Top Navigation
Main Navigation
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भक्तपुरका संस्कृतिकर्मीहरू गाईजात्राको तयारीमा
भक्तपुरका संस्कृतिकर्मीहरू गाईजात्राको तयारीमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन ६, २०७९
Api Himal

भक्तपुर । यस वर्षको सापारु (गाईजात्रा) पर्वलाई सभ्य र व्यवस्थितरूपले सम्पन्न गर्न भक्तपुर नगरपालिकाले तयारी थालेको छ ।

नगरपालिकाले बिहीबार नगरका दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरुसँग छलफल गर्दै सापारु पर्वको तयारी थालेको हो ।

विगतका वर्षमा कोरोना महामारीका कारण सापारु पर्वलाई औपचारिकतामा सीमित गरेको नगरपालिकाले यस वर्ष भव्य र सभ्यरूपमा सम्पन्न गर्न आवश्यक तयारी र छलफल सुरु गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

उनले सापारुमा प्रदर्शन हुने परम्परागत र आधुनिक सांस्कृतिक गतिविधिहरु बढीभन्दा बढी प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नुपर्ने बताउँदै सापारुमा हाँस्य व्यङ्ग्यमार्फत जनतालाई राजनीतिक र सामाजिकरूपमा सचेत बनाउँदै लानुपर्नेमा जोड दिएका छन् ।

Nepal Oil Corporation

छलफलमा भक्तपुर नगरपालिका–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृति परम्परादेखि चल्दै आएको हाम्रो सभ्यता भएको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा सिङ्गो नगर एकताबद्ध भई अगाडि बढन्पर्ने खाँचो औँल्याएका थिए ।

वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नजिकिँदै गरेको गठामुग चह्रे र सापारुमा आउनसक्ने विकृतिबारे सबैजना सचेत हुनुपर्ने बताएका थिए।

छलफलमा विभिन्न विधाका संस्कृतिकर्मीहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरू प्रशंसनीय रहेको, नयाँ कलाकारहरुलाई परम्परागत नाच सिकाउन सुरु गरिसकेको, भक्तपुर महोत्सव सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको खाँचो रहेको, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाईजात्रा रुटमा केबुल–तारहरुको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका सुझावहरु दिइएको थियो ।

भक्तपुरको गाईजात्रा अन्य सहरमा मनाइने गाईजात्राभन्दा पृथक रहेको छ । यहाँको गाईजात्रामा नाचिने घिन्ताङघिसी नाचले धेरैलाई आकर्षित गर्दछ ।

त्यसैले भक्तपुरको गाईजात्रा हेर्न काठमाडौँ, ललितपुर र उपत्यकाबाहिर बनेपा, धुलिखेल र पनौतीदेखि सर्वसाधारण आउने गर्दछ। यस वर्षको गाईजात्रा यही साउन २७ गते परेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०८:१०
##GaiJatra
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्