Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आफू सही बाटोमा हिडे कुरा काटनेहरु थाक्नेछन् : कुसुम दुलाल
आफू सही बाटोमा हिडे कुरा काटनेहरु थाक्नेछन् : कुसुम दुलाल
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, साउन ८, २०७९

लक्ष्मण दुलाल ती पात्र हुन्, जसले कुसुम दुलालको जीवनमा आएका हरेक अप्ठ्यारो अवस्थामा साथ, सहयोग र सम्मान गरे । राम र सीताको जस्तो यी जोडी हरेक काम गर्दा एक अर्कामा सल्लाह र सुझाव दिदैं अघि बढ्छन् । एक अर्काको सफलताको प्रतिकको रुपमा दुवैले लिएका छन्।

हाम्रो जस्तो मुलुकमा अझै पनि नारीलाई घर बाहिर काम गर्न त्यति सजिलो छैन । धेरै नै संघर्ष गर्नु पर्ने, अझ बुहारीलाई त घरभित्र र घर बाहिरको व्यवस्थापन गर्न निकै कठिन छ, उदाहरणको लागि आफैलाई लिन सक्ने बताउँछिन्  काभ्रे पाँचखाल नगरपालिका-६ निवासी कुसुम दुलाल ।

Kushum Dulal 21658668949.jpgसंघर्ष विनाको जीवन त जीवन होइन, तर संघर्ष पनि कुन हदसम्मको हो भन्ने कुरामा भर पर्छ, उनी भन्छिन् यदि संघर्ष र असफलतादेखि डराउने हो भने आज कुसुम दुलाल घरको चौघेरामा सिमित हुन्थिन् होलिन् ।

हिजोसम्म दुई जना मानिसमा परिचित कुसुम आज पाँचखालका धेरै दिदी बहिनीहरुको प्रेरणाको श्रोत बनेकी छिन् । आफू सही बाटोमा हिड्न सके कुरा काटनेहरु एक दिन थाक्नेछन् भन्नेमा विश्वास गर्छिन् उनी ।

विसं. २०६९ सालसम्म उनलाई बाहिरी वातावरणको बारेमा केही पनि थाहा थिएन । मनमा धेरै ईच्छा र चाहनाहरु थिए । समाजमा केही काम गर्छु ताकि समाजले पनि आफूलाई चिनोस् भन्ने चाहना सधैै हुन्थ्यो । आफ्नो कामले अरुलाई प्रेरणा मिलोस् भन्ने सोच् राख्ने गर्थिन् । सकारात्मक सोचले मानिसलाई सधै अगाडि बढ्न मदत गर्छ ।

२०६८ सालमा पाँचखालमा कार्य क्षेत्र बनाएर काम गरिरहेको महिला शक्ति विकास केन्द्र नेपालले नेतृत्व सिप विकास तालिम दिएको थियो। त्यही बेला आफूले पनि तालिममा सहभागी हुन पाएको बताउँछिन् । त्यही क्रममा एक महिनाको बीचमा सकारात्मक सोच सम्बन्धि पनि तालिम लिएको स्मरण गर्छिन् ।

तालिम पछि महिलाहरु पनि क्षमतावान हुन सक्छन्, सिपले आत्मनिर्भर बन्न सक्छन् भन्ने कुराको जानकारी पाएको बताउँछिन् । महिलाका अधिकार धेरै छन् यसको अर्थ यो होइन कि अधिकारको प्रयोग जहाँ पायो त्यही गर्नु । आफ्नो परिवार र कामको समायोजन गर्न सके हरेक काममा सफलता पाउन सकिन्छ ।

सफलता आफ्नै मुठ्ठीमा हुन्छ । संस्थाले दिएको  तालिममा लक्ष्य निर्धारण गरेर प्रतिबद्धता जाहेर गर्नुपर्ने थियो । त्यो विषयले आफ्नो मन छोएको बताउँने कुसुमले २०६९ देखि २०७२ सालसम्ममा समाजको थोरै भए पनि नेतृत्व गरेको हुनेछु भनेको कुरा स्मरण गर्छिन् ।

शुरुको अवस्थामा घर बाहिर निस्किन केही असजिलो भए पनि घर परिवार त्यसमा पनि श्रीमानको धेरै साथ र सहयोग भएको बताउँछिन् । हामी महिला त्यसमा पनि हाम्रो जस्तो समाजमा बुहारी मान्छेलाई बाहिर निस्किन त्यति सजिलो थिएन।

तर, तालिममा सहभागी हुन बिहान छिटो उठेर घरको सम्पूर्ण काम सकेर १० बजे तालिममा सहभागि हुने गरेको बताउँछिन्। जब मानिसमा ईच्छा शक्ति हुन्छ, तब जस्तो कठिन परिस्थिति पनि सहज बनिदिन्छ । संघर्षको अवस्थामा मानिस एक्लै हुन्छ, सफलतामा सारा दुनियाँ साथमा हुन्छन् । 

त्यसो त सामाजिक सेवा गर्ने थुप्रै बाटाहरु छन्, त्यसमा राजनीति पनि एक हो । राजनीति पेशा होइन, विशुद्ध सामाजिक सेवा हो।

यदि महिला पनि निर्णायक तहमा पुग्न सके ग्रामीण भेगका महिलाले पनि आफ्नो समस्या ढुक्कसँग राख्न सक्छन्। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा आफू पनि वडा सदस्यमा टिकट पाएको तर झिनो मतले पराजित भएको बताउँछिन्।

आफू पराजित भएकोमा उल्टै खुशी व्यक्त गर्छिन् । यही पराजितले समाजमा अझ अरु मानिसहरुले आफूलाई चिन्ने मौका पाएको बताइन्। उनीहरुको साथ र सहयोगको सधै सम्मान गर्ने बताउँछिन् ।

नामी साप्ताहिक ई-पेपर

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:५७
##kushumdulal
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्